असोज २४, २०८०
बुधबार गोलभेँडा ठुलो (भारतीय) को अधिकतम थोक मूल्य प्रतिकिलो ४० रुपैयाँ रहेको छ । यस्तै गोलभेँडा सानो (लोकल) को ४५ रुपैयाँ रहेको छ । यसैगरी आलु रातोको ६५, प्याज सुकेको (भारतीय) को ७५, काउली स्थानी...
काठमाडाैं | बैशाख १४, २०८१
के तपाईंले उडान ढिलो भएर एयरपोर्टभित्रै दिक्क मानेर बसिरहनुभएको छ ? जो कोहीलाई पनि आफ्नो फ्लाइट ढिलो भएको पटक्कै मन पर्दैन ।
यस्तोबेला प्रत्येक मिनेट यात्रुलाई एक घण्टा बराबर लाग्न सक्छ र प्रत्येक घण्टा दिनबराबर लाग्न सक्छ । गर्मी मौसम आएसँगै आन्तरिक विमानहरू डिले हुन थालेका छन् । यसका धेरै कारणहरू छन् ।
जहाज डिले हुने समस्या यात्रुले मात्र भोगिरहेका छैनन्, स्वयं वायुसेवा कम्पनीहरू पनि यसबाट प्रताडित छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले पछिल्लो समय बढी फ्लाइट डिलेका घटनाहरू सामना गरिरहेको छ । फ्लाइट डिले हुनुको प्रमुख कारण मानवीय त्रुटी भने होइन । यात्रुलाई घन्टौं कुराउँदा न त वायुसेवा कम्पनीहरूलाई कुनै फाइदा नै हुन्छ ।
बुद्ध एयरका कार्यकारी अध्यक्ष विरेन्द्र बस्नेतले जहाजहरू डिले हुनुका पछि पाँच वाट मुख्य कारण औंल्याएका छन् ।
एक अन्तर्वार्ताका क्रममा उनले भनेका छन्, 'पहिलो, हिउँदका पाँच महिना काठमाडौंमा बिहान हुस्सु लाग्छ । बिहान साढे ६ बजे उड्ने जहाज २ घण्टा पर सर्नेबित्तिकै बेलुकासम्म ढिला हुन्छ । सबै डिले हुन्छ ।'
उनका अनुसार दोस्रो कारण, विमानस्थलको पूर्वाधार हो ।
'आजभन्दा ६६ वर्षपहिले निश्चित उडानका लागि बनेको त्रिभुवन विमानस्थल साँघुरो भएको छ । अवस्था विकराल छ । जहाज र उडान संख्या थपिएका छन् । तर यो संख्या घटाउनुपर्छ भन्ने मत म राख्दिनँ । किनभने यसबाट सबैले लाभ लिएका छन् । डिले भए पनि यात्रुले उड्न पनि पाएका छन् । अर्थतन्त्रमा पनि यसको प्रभाव खर्बौंको छ। सुरक्षित उडानको ग्यारेन्टी गरेर अहिलेको उडान संख्या कटाउन हुँदैन,' बस्नेतले भने ।
उनका अनुसार तेस्रोकारण भनेको एयरपोर्टका बेलाबेलामा मर्मत तथा निर्माणका काम हुनु हो । 'जस्तो अहिले नै दुइटा अन्तर्राष्ट्रिय पार्किङ वे बनिरहेका छन् । त्यसको अगाडि ट्याक्सी वेबाट रनवेमा जहाज जाँदैन । यसले हरेक उडान ४/५ मिनेट ढिला भइरहेको छ,' उनले भने ।
बस्नेतले जहाज ढिलो हुनुको चौथो कारणका रूपमा भिभिआइपीहरूको यात्रा रहेको बताएका छन् । 'भीभीआइपीको उडानमा नोटम(नोटिस टु एयरम्यान) किन गरिन्छ,' उनले भने, 'जसले उडान प्रभावित गर्छ । कहिलेकाहीं उडान ढिलामात्र होइन रद्द पनि हुन्छ ।'
'पाँचौं कारण भनेको जहाजमा आउने प्राविधिक समस्या हो,' उनले थपे, 'जहाज मेसिनरी कुरा हो । कहिलेकाहीँ सामान बिग्रिन्छ, बनाउनुपर्छ । त्यस्तोमा स्वभाविक रूपमा उडान ढिला हुनसक्छ । बिग्रिएको जहाज त उडान मिलेन नि !'
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका कर्मचारी पनि फ्लाइट डिले हुनुमा वायुसेवा कम्पनीको कुनै दोष नरहेको बताउँछन् ।
'वायुसेवा कम्पनीले के चाहन्छ भने मेरो यात्रु तोकिएकै समयमा उडोस्, जसले गर्दा कम्पनीको प्रतिष्ठा बढोस् । मेरै जहाजबाट बढिभन्दा बढी यात्रुले उडान गरुन्,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका एक अधिकारीले भने, 'ऊ कहिल्यै चाहँदैन कि आफ्नो जहाज डिले होस् । त्यसैले फ्लाइट डिले हुनुमा वायुसेवा कम्पनीको कुनै दोष छैन ।’
उनका अनुसार फ्लाइट डिले हुनुमा व्यस्त पर्यटन मौसम, प्रतिकुल मौसम, त्रिभुवन विमानस्थलमा रहेको एकमात्र धावनमार्ग र यसको ‘वान वे एप्रोच’ जस्ता विभिन्न प्राविधिक कारण छन् ।
देशको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल भएका कारण त्रिभुवन विमानस्थल बिहान सबेरैदेखि आधा रातसम्म व्यस्त हुने गर्छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १८ घण्टा भन्दा बढी सञ्चालनमा आउँछ । यो सँगसँगै अन्य मर्मतसम्भारका काम र जहाज पार्किङका काम लगायत दिनहुँका गतिविधि विमानस्थलमा निरन्तर सञ्चालन भइरहन्छन् । यात्रुले यस्ता गतिविधि नदेखे पनि यी यस्ता काम हुनु जसले विमानस्थललाई निरन्तर सञ्चालन गरिरहन महत्वपूर्ण योगदान गरिरहेका हुन्छन् ।
त्यसबाहेक विमानस्थलमा यात्रु, वायुसेवा कम्पनी र ग्राउन्ड हृयान्डलिङका कामदारलाई सबैभन्दा बढी समस्या पारिरहेको चुनौतीको अवस्था भनेको प्रतिकुल मौसमका कारण हुने डिले नै हो र यसमा कुहिरो प्रमुख प्रमुख कारण हो ।
बिहान सबेरैको प्रतिकूल मौसमले पूरै दिनभरिको उडान तालिका प्रभावित पार्ने गर्छ । यसले गर्दा कुनै पनि जहाज (भिजुअल फ्लाइट रुल -भिएफआर) ले मौसम सुधारको अनुमति नदिएसम्म उडान गर्न पाउँदैनन् ।
यद्यपि, अधिकांश वायुसेवा कम्पनीले प्रतिकुल मौसमका बेला ‘इन्स्त्रुमेन्टल फ्लाइट रुल’ (आइएफआर) को भरमा उडान-अवतरण गर्नुपर्छ ।
मौसम सफा भएका बेला पाइलटले पनि भिएफआर प्रविधिको सहयोगमा उडान-अवतरण गर्नुपर्न हुनसक्छ । प्रतिकुल मौसमका बेला भने पाइलटले आइएफआर प्रविधिको सहयोगबाट उडान-अवतरण गर्नुपर्छ जसमा केही दुरीसम्म सफा र उपयुक्त मौसम हुनुपर्छ । आन्तरिक उडानका लागि पनि यही नियम पालना गर्नुपर्छ ।
‘फ्लाइट डिलेको प्रमुख कारण के हो भने हाम्रो विमानस्थलमा एउटामात्र धावनमार्ग र एकमात्र एप्रोच छ,' यति एयरलाइन्सका एक प्रतिनिधिले भने, 'हामीसँग टु जिरो र जिरो टु गरी दुईतर्फी धावनमार्गको सुविधा भए पनि जिरो टु -कोटेश्वर क्षेत्र) बाट एकतर्फी उडान र एकतर्फी अवतरणको एप्रोच छ ।
उनले काठमाडौं उपत्यका कचौरा जस्तो आकारको भएको र यसको आकाश सानो भएकाले जहाज होल्ड गर्नुपर्ने बाध्यता रहेको सुनाए ।
पछिल्लो पटक नेपाल भ्रमणका लागि आउने पर्यटक संख्या विस्तारै बढ्दै गएका कारण धेरै अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले काठमाडौं गन्तव्यको उडान संख्या वृद्धि गरेका छन् ।
पछिल्लो तथ्यांकअनुसार त्रिभुवन विमानस्थलमा हाल दुई दर्जन भन्दा बढी अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले उडान गरिरहेका छन् । तिनले काठमाडौंका लागि दिनको झन्डै १ सय उडान-अवतरण गरिरहेका छन् भने आन्तरिकतर्फ दिनको साढे ३ सयभन्दा बढी उडान-अवतरण भइरहेका छन् ।
प्राकृति रूपमा व्यस्त पर्यटन यामका बेला त्रिभुवन विमानस्थलमा अन्तर्राष्ट्रिय उडान संख्या पनि उल्लेख्य हिसाबले वृद्धि भइरहेको छ । यसबाट असाध्यै राम्रो आम्दानी हुने देखिए पनि नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा एउटामात्र धावनमार्ग रहेको छ र यसले धावनमार्गमा पर्ने चाप तथा त्यसको कारण फ्लाइट डिले हुने गरेको छ ।
त्यसैगरी जब धावनमार्ग खालि भएको अवस्था हुन्छ, तब जहाज ट्याक्सीवे र पार्किङ क्षेत्रमा भीड हुने गर्छ । यसको अर्थ जब कुनै जहाज उडान गर्न तयार हुन्छ तब अवतरण गर्न आइरहेको अर्को जहाज थप केही समय होल्ड गर्नुपर्ने अवस्था उत्पन्न हुने गर्छ ।
यसबाट उड्न ठिक परेको जहाज थप केही समय रोकिनुपर्छ जसले गर्दा हवाई ट्राफिक चाप बढाउन मद्दत पुगिरहेको हुन्छ ।
त्यसबाहेक त्रिभुवन विमानस्थलमा हाल सञ्चालन भइरहेका विभिन्न पूर्वाधार निर्माणका गतिविधिले ट्याक्सीवेलाई थप सीमित गरिदिएको छ ।
यसले गर्दा अन्तर्राष्ट्रिय जहाजका उडान-अवतरणलाई बढी प्राथमिकता दिने गरिएको छ । जसका कारण आन्तरिक उडानमा सम्झौता हुने गरेको छ ।
बुधबार गोलभेँडा ठुलो (भारतीय) को अधिकतम थोक मूल्य प्रतिकिलो ४० रुपैयाँ रहेको छ । यस्तै गोलभेँडा सानो (लोकल) को ४५ रुपैयाँ रहेको छ । यसैगरी आलु रातोको ६५, प्याज सुकेको (भारतीय) को ७५, काउली स्थानी...
काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली) को अधिकतम थोक मूल्य प्रतिकिलो ७० रुपैयाँ रहेको छ । ...
नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेको छ । निगमले ग्यासको मूल्य प्रतिसिलिन्डर १५ रुपैयाँ बढाएको हो । यससँगै बिहीबारदेखि ग्यासको मूल्य प्रतिसिलिन्डर १९१० रुपैयाँ पर्ने भएको छ । ...
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा सानो (टनेल)को अधिकतम थोक मूल्य प्रतिकिलो ३० रुपैयाँ रहेको छ भने गोलभेँडा सानो (भारती...
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुला नेपालीको अधिकतम थोक मूल्य प्रतिकिलो ७० तथा भारतीयको ५० रुपैयाँ कायम रहेक...
काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तोकेको ...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...