माघ १८, २०८०
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजनको 'कनेक्सन' नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालको पछिल्लो सक्रियतासँग रहेको पाइएको छ ।
नेपालले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई समेत साथमा लिएर वैकल्पिक गठबन्धनका लागि प्रयास गरिरहेका बेला जसपा विभाजन भएको हो ।
उपप्रधान तथा स्वास्थ्यमन्त्री समेत रहेका यादव अमेरिका उड्नुअघि नेपालले उनीसँग गोप्य छलफल गरेका थिए ।
'माधव नेपाल र उपेन्द्र यादव मिलेर एक-एक वर्ष प्रधानमन्त्री बन्ने र यो गठबन्धन ढाल्ने खेल भइरहेको थियो, त्यसैविपरीत जसपा विभाजन भएको हो,' विश्वस्त स्रोतले लोकान्तरसँग भन्यो ।
उपेन्द्रले यसबीचमा कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि गोप्य छलफल गरेका थिए ।
प्रस्तावित नयाँ दलका कार्यकारिणी समिति अध्यक्ष अशोक राई 'कम्युनिस्ट' पृष्ठभूमिका हुन् । उनले सुनसरीबाट एमालेको समर्थनमा चुनाव जितेका थिए ।
संघीय परिषद् अध्यक्षमा प्रस्ताव गरिएका राजेन्द्र श्रेष्ठ पनि उस्तै पृष्ठभूमिका छन् ।
रञ्जु ठाकुर नेकपा एमालेबाट प्रतिनिधित्व गरिसकेकी पूर्व सभासद (वर्तमान सांसद) समेत हुन् ।
प्रस्तावित जसपाका महासचिव मोहम्मद ईश्तियाक राईले वर्तमान सरकारलाई समर्थन कायम रहने बताएका छन् ।
‘उपेन्द्र यादवको तानाशाही र अधिनायकवादविरुद्ध विद्रोह भएको हो, पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकारलाई दिएको समर्थन कायम रहन्छ’, राईले लोकान्तरसँग भने ।
दल विभाजनको निवेदन लिएर निर्वाचन आयोग पुगेका वन तथा वातावरण मन्त्री नवलकिशोर साह सुडीले उपेन्द्र यादव वर्तमान सरकार ढाल्ने पक्षमा रहेकाले आफूहरूले विद्रोह गरेको बताए ।
के हुँदै थियो खेल ?
पछिल्लो समय नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कांग्रेससहितको वैकल्पिक गठबन्धनका लागि प्रयास गरिरहेका छन् ।
सके माओवादीसहितको पुरानो गठबन्धन ब्युँताउने, नसके कांग्रेस, राप्रपा, जसपा, एस, जनमत, लोसपा र नागरिक उन्मुक्ति समेत मिलाएर वैकल्पिक गठबन्धन बनाउने उनको प्रयास थियो ।
सोही खेल बिगार्न अहिले जसपा विभाजन भएको स्रोतको दाबी छ ।
प्रतिनिधिसभामा १२ सीट रहेको जसपाका ७ सांसदले नयाँ दल दर्ताका लागि आइतबार निवेदन दिएपछि अब उपेन्द्रसँग ५ सांसद मात्र बाँकी छन् ।
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...
एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...
आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...