×

NMB BANK
NIC ASIA

१६ वर्षमा ६१९ चेलीको उद्धार, बेचबिखनमा महिला दलाल पनि संलग्न

पुस १७, २०७४

NTC
Premier Steels

नेपालगञ्ज, १७ पुस- यहाँस्थित माइती नेपाल क्षेत्रीय कार्यालयमा आफ्ना चेलीबेटी खोजी दिन वर्षेनी सयौँको संख्यामा निवेदन पर्नाले चेलीबेटी बेचबिखनका विषयलाई न्यूनीकरण गर्न राष्ट्रियस्तरको कार्ययोजना बनाउनुपर्नेमा जोड दिइएको छ । 

माइती नेपालका क्षेत्रीय संयोजक केशव कोइरालाका अनुसार विगत १६ वर्षको अवधिमा चार हजार ३१८ जनाले आफ्ना चेलीबेटी खोजी दिन संस्थामा निवेदन दिएका छन् । यो वर्ष मात्र संस्थामा ८३४ वटा उजुरी परेको छ । 

निवेदनका आधारमा खोजतलास गर्ने क्रममा अहिलेसम्म ६१९ जनालाई मात्र फेला पार्न सकिएको छ भने बाँकी हराएकाको अवस्था अज्ञात नै रहेको छ । 

सो संस्थाले यहाँ आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार, हराएका चेलीमध्ये अधिकांशको उद्धार भारतका विभिन्न शहरबाट गरिएको छ । नेपालबाट लगिएका अधिकांश चेली यौन व्यवसायमा संलग्न गराइने संयोजक कोइरालाको भनाइ छ । 

नेपालका विभिन्न शहरबाट दलालले राम्रो रोजगार दिने भनेर नेपाली चेलीलाई भारत र खाडी मुलुक  पुर्‍याउने गरेका छन् । चेलीबेटी बेचबिखनमा महिला दलाल पनि संलग्न रहेको जनाइएको छ । 

माइती नेपाल क्षेत्रीय कार्यालयको तथ्यांकअनुसार, विगत १६ वर्षको अवधिमा उद्धार गरिएका चेलीमध्ये १७२ जनालाई सीपमूलक तालीम दिएर रोजगारमा संलग्न गराइएको छ भने 
“चेलीबेटी बेचबिखनका विषयमा सरकार, यहाँका राजनीतिक दल र नागरिक समाज खासै संवेदनशील नहुँदा यो समस्याले वर्षेनी विकराल रुप लिँदै गएको छ”– संयोजक कोइरालाको भनाइ छ । 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x