राष्ट्रिय महिला तथा पुरुष ह्यान्डबलको फाइनल आज

पुस २२, २०७४

पोखरा, २२ पुस– राष्ट्रिय महिला तथा पुरुष ह्यान्डबल प्रतियोगिताको फाइनल खेल शनिबार हुने भएको छ । प्रतियोगितामा महिलातर्फ सशस्त्र प्रहरी बलको एपीएफ र नेपाल आर्मी फाइनलमा पुगेका छन् । यस्तै पुरुषतर्फ पश्चिमाञ्चल र आर्मीबीच उपाधि भिडन्त हुनेछ । 

शुक्रबार भएको महिला पहिलो सेमिफाइनलमा एपीएफले पूर्वाञ्चललाई ३२–५ गोलले हराउँदै उपाधि नजिक पुगेको हो । 
पुरुषको खेलमा विभागीय टोली आर्मीले एपीएफलाई २३–२२ को गोलले हराउँदै फाइनल यात्रा तय गरेको हो । 
 

पुस २२, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार