×

NMB BANK
NIC ASIA

चीनमा बच्चाहरूको पाइन्टको पछिल्लो भाग किन च्यातिएको ?

पुस २५, २०७४

NTC
Premier Steels

काठमाडौं, २५ पुस — तपाईंले कुनै बच्चालाई गल्ली, पार्क वा शपिङ सेन्टरमा टुक्रुक्क बसेर शौच गरेको देख्नुभयो भने के सोच्नुहुन्छ ? चीनमा यस्तो दृश्य सामान्य हो । 

बच्चाहरूलाई हिँड्न डुल्न अप्ठ्यारो नहोस् भनेर चीनका मानिस पारम्परिक कपडा लगाइदिन्छन् । यसलाई कई डाङ कू भनिन्छ । 

यो विशेष किसिमको प्यान्ट हो जसको पछिल्लो भागमा ठूलो प्वाल हुन्छ । आजकल यसको प्रयोग कमै हुन्छ तर यो चलनको अन्त्य भएको छैन ।

विदेशीहरूले यस्तो प्यान्टको अर्थ थाहा पाउँदैनन् । बाहिरबाट आएका मानिसलाई त यो राम्रो बानी लाग्दैन र बच्चाहरूलाई यसले गर्दा समस्या हुन्छ । 

ब्राजिलबाट चीनको बेइजिङ आएका एक वकिलले बीबीसीलाई बताए, ‘गत साता म बेइजिङको एक महंगो शपिङ सेन्टर गएको थिएँ । मैले त्यहाँ एउटा बच्चा टुक्रुक्क बसेर दिसा गरिरहेको देखें । अनि उसकी आमाले दिसा उठाइरहेको देखें । मलाई अचम्म लाग्यो ।’

हेर्दाखेरी यो फोहोरी क्रियाकलाप लागेपनि यसको नोक्सानी मात्र छैन । यसका केही फाइदा पनि छन् । 

चीनमा मानिसहरू यस्तो प्यान्ट लगाउने बच्चाहरू छिट्टै शौचालय जान सिक्ने मान्यता राख्छन् । डाइपर लगाउने बच्चाहरूमा चाहिँ शौचालय जाने बानी ढिलो लाग्छ । 

बच्चाले गलत ठाउँमा दिसा गर्नका लागि बस्दा ठूलाहरूले उनलाई रोक्छन् । चीनमा तीनचार महिनाको उमेरदेखि नै बच्चालाई बाथरूम जान सिकाइन्छ । पश्चिमी देशमा एक डेढ वर्षको उमेरदेखि शौचालय जान सिकाइन्छ ।

चिनियाँ बच्चाहरूको यो कपडा मानिसहरूको ध्यान आफूतिर खिचिरहेको छ । इन्टरनेटमा यसबारेमा कुरा गनएका लागि फोरम बनाइएका छन् । 

कई डाङ कूको लोकप्रियता यति धेरै छ कि चीनका धेरै बजारमा कपडाको पसलमा प्वाल नभएको प्यान्ट पाउन मुश्किल छ । 

प्यान्टको नोक्सानी यो हो : ठाउँठाउँमा घरबाहिरै दिसा गरिरहेको देख्न पाइन्छ । सार्वजनिक स्थानमा फोहोर र गन्ध फैलिएर रोगलाई जन्म दिन्छ । यस मामिलामा शहरभन्दा गाउँको स्थिति खराब छ । 

तर यस्तो प्यान्टको प्रयोगले अनेकौं टन फोहोरको खतरा कम भएको छ । अहिले त युरोपेली मुलुकहरूमा पनि बच्चाहरूलाई कपडाको डाइपर लगाउने सल्लाह दिइँदैछ । 

चिनियाँ चिकित्सकहरू पनि डिस्पोजेबल डाइपरको प्रयोग गर्नु ठीक हुने बताइरहेका छन् । डाइपर छिटो नबदलिएमा रोगको खतरा हुन्छ । 

यसबाहेक डाइपरको प्रयोगलाई स्टेटस सिम्बोलका रूपमा पनि भइरहेको छ । 

बीबीसीबाट
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x