बयानका क्रममा इजलासमै डा.केसीको अाक्रोश :' प्रधानन्यायाधीश पराजुली माफिया र भ्रष्टाचारी नै हुन् '

अदालतको अवहेलना सम्बन्धी डा. गोविन्द केसीविरुद्धको मुद्दामा बहस जारी छ । 

जारी बहसमा आफ्नो बयान राख्दै डा. गोविन्द केसीले सर्वोच्चका प्रधानन्यायाधीश गोपाल पराजुली माफिया र भ्रष्टाचारी भएको आरोप लगाएका छन् । 

केसीले यस अघि पराजुलीले गरेको मेडिकल सम्बन्धीको मुद्दाको फैसलालाई तीन करोड जनताको स्वस्थपूर्वक जिउन पाउने अधिकारको हनन भएको आरोप लगाए । 

उनले प्रधानन्यायाधीशमाथि बयानकै क्रममा यस्तो अरोप लगाएपछि अधिवक्तहरुले आपत्ति जनाएका छन् । 

तर केसीले भने आफ्ना कुरा अदालतमा राख्न पाउनुपर्ने बताएका छन्  । 'मलाई बोल्न दिनु प¥यो, बोल्न पाउनु मेरो संवैधानिक अधिकारको कुरा हो' केसीले बयानका क्रममा भने । 
उनले आफूले गल्ती गरेको भए पाँच वर्ष जेल बस्न तयार रहेको बताए । 


न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको इजलासमा बहस जारी छ ।  
 

पुस २६, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार