दुईवटा प्रश्नमा देउवाको एउटै जवाफ, ‘छिट्टै सहमति हुन्छ !’

धनगढी, २८ पुस -प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश राजधानी, प्रदेश प्रमुखलगायत सबै विषयमा प्रमुख राजनीतिक दलबीच सहमतिको प्रयास जारी रहेको बताएका छन् । कैलालीको गेटा विमान स्थलमा शुक्रबार सञ्चारकर्मीहरु संग कुरा गर्दै देउवाले सहमतिको पहल भइरहेको बताएका हुन् । 

‘प्रदेशको राजधानी कहाँ बनाउने, प्रदेश प्रमुख कसलाई बनाउनेवारे सहमति भैरहेको छ । चाँडै सहमति हुन्छ' सहमति भए मै तोकिदिन्छु’ देउवाले भने । 

प्रदेश नं. ७ को राजधानी कहाँ हुन्छ ? भन्ने सञ्चारकर्मीहरुले दोहो¥याएको अर्को जिज्ञासामा पनि उनले भने–‘सहमति भैरहेको छ ।’

काँग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवाले आफु सरकारको नेतृत्व छोड्न आतुर रहेको बताए । तर कहिले छोड्नेवारे उल्लेख गर्न मानेनन् ।

त्यस्तै उनले सर्वोच्चको अन्तरिम आदेशपछि ठप्प भएको मोहना अत्तरिया ६ लेन सडक निर्माणको कार्य नरोकिने बताए । मापदण्ड बमोजिम नै सडक निर्माण हुने उनको भनाई थियो ।

प्रधानमन्त्री देउवा भोलि महेन्द्रनगरमा हुने सुदूरपश्चिम विश्व बिद्यालयको दिक्षान्त समारोह र पर्सि गोदावरी धार्मिक कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको काँग्रेस कैलालीले जनाएको छ ।

पुस २८, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार