कात्तिक २२, २०८०
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
काठमाडौं, २९ पुस– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको बृहत्तर हितका लागि नै एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गर्न लागेको बताएका छन् ।
शनिबार दिउँसो नेपाल देशभक्त गणतान्त्रिक मञ्चले काठमाडौंमा आयोजना गरेको स्रष्टा सम्मान कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले एमाले र माओवादीको एकतापछि देशमा राजनीतिक स्थिरता हुने बताए ।
‘हामीले मिलेर संविधान बनायौं, ठूलठूला जोखिम थिए । तर, मिलेरै संविधान कार्यान्वयन भयो । अब देशको स्थिरता, सुशासन र विकासको बिकल्प छैन । हामीले यत्तिकै पार्टी एकताको कुरा गरेका होइनौं,’ प्रचण्डले भने, ‘देशको राजनीतिक अस्थिरता अन्त्य गर्न, सुशासन र विकासलाई गति दिन नै एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गर्न लागिएको हो । यो नेपालको भविष्य निर्माणका लागि निकै ठूलो कुरा हो ।’
मञ्चले साहित्य, सङ्गीत, नाटक, अभिनय, ललित कला र पत्रकारिताको क्षेत्रमा योगदान गर्ने ४९ जना स्रष्टा र समाजसेवीहरुलाई सम्मान गरेको छ ।
सम्मानित हुनेहरुमा साहित्यतर्फ मदन भण्डारी, इद्रिस सायल खाँ, लक्ष्मी गुरुङ, केवल बिनामी, अनिल श्रेष्ठ, देवी गुरुङ, किशोर मनस्वी, मणि अर्याल, आकाश अधिकारी, नविन लोचन मगर, रणेन्द्र बराइली, सङ्गीततर्फ धनकुमार ग्याङ्मी, चित्रसागर श्रेष्ठ, निर्मला घिसिङ, प्रदिप बम्जन, कमला दोङ, रीना लिम्बु, पूजा सुनुवार, नाटकतर्फ किशोर अनुराग, ईच्छा सिंह, टिकाराम रसाइली, अशोक सिवाकोटी, पुरु लम्साल, मोति बहादुर कार्की (परिवर्तन), चलचित्रतर्फ सुवास गजुरेल, डम्बर बहादुर बुढाथोकी, परशुराम चौधरी, रेणु चौधरी, राजु केसी, पत्रकारितातर्फ ओपेन्द्र शर्मा, मनुकुमारी पुलामी, निर्मल ज्ञवाली, दयानिधि भट्ट, ध्रुवराज अधिकारी, सन्तोष पौडेल, गोमा घिमिरे, शैलेन्द्र घिमिरे, ललित कलातर्फ जुनी लामा, रामकृष्ण भण्डारी, नरेन्द्र प्रसाद भण्डारी, केशवराज खनाल, देवेन्द्र थुम्केली, सामाजिक क्षेत्रतर्फ प्रकाश लक्ष्मी तुलाधर, रामप्रसाद गौतम, दुर्गा प्रसाई, बिमललाल श्रेष्ठ, स्वस्थानी आले मगर लगायत रहेका छन् ।
स्रष्टाहरुलाई माओवादी अध्यक्ष प्रचण्ड, राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसी लगायतले बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...