×

NMB BANK
NIC ASIA

चितवन : प्रदेश राजधानी नभए पनि कुनै विस्मात छैन, यसरी बन्दैछ आर्थिक विकासको 'हब'

माघ ८, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

चितवन, ८ माघ-‘चितवन आर्थिक गतिविधिको राजधानी हुने कुरामा भने कसैले रोक्न सक्दैन ।’ गएको पुस २१ गते भरतपुरमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं चितवन क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य पुष्पकमल दाहाल, ‘प्रचण्ड’ले यस्तो अभिव्यक्ति दिनुभएको थियो । 

आर्थिक राजधानी भएपछि अरु सबै राजधानी चितवनको तुलनामा पछि पर्ने दाहालको टिप्पणी थियो । केरुङ मार्ग, रेल मार्ग तथा विभिन्न महत्वपूर्ण विकासका योजनाहरु चितवन छोएरै जाने भएकाले पनि चितवन महत्वपूर्ण जिल्लामा दरिने विश्वास उहाँको थियो । दाहालको थप कथन थियो, ‘चितवन आर्थिक विकासको हब बन्नेवाला छ ।’ 

अहिले चितवन प्रदेश मुकाम तोकिएन । प्रदेश मुकाम नभएपनि चितवनलाई कुनै विस्मात छैन । चितवनका राजनीतिक दल, उद्योगी व्यवसायी तथा सर्वसधारण समेत यसमा सचेत छन् । 

जहाँ राजधानी भएपनि जनताको सेवा सर्वसुलभ हुनुपर्छ त्यही भए पुग्छ भन्ने चितवनवासीको धारणा छ । सिंहदरबारको अधिकार स्थानीय तहबाटै प्राप्त हुन्छ । त्यसका लागि मुकामको बाटो ताक्नु पर्दैन । चितवन क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्य तथा अधिवक्ता कृष्णभक्त पोखरेल चितवन प्रदेश राजधानी हुने अथाह सम्भावना भएको जिल्ला हो भन्नुहुन्छ । 

मुकाम बन्दैमा विकास हुन्छ भन्नु भ्रम हो । पोखरेल भन्नुहुन्छ, “अब चितवनलाई आर्थिक विकासको शहर भने बनाउन सकिन्छ, बनाइन्छ ।” विभिन्न जिल्लामा अहिले प्रदेश मुकाम नबनाइएको आक्रोशमा आन्दोलन चलिरहेको छ । कतिपय मुकाम भौगोलिक हिसाबले अमिल्दो पनि भएको होला । तर अहिलेको केन्द्र भने अस्थायी हो । स्थायी बनाउँदा फेरि मिलाउन सकिने आधार रहेको विज्ञहरु बताउँछन् । 

तर स्थायी तोक्दा हेटौँडाबाट सरेर भक्तपुर जाने पो हो कि भन्ने थप चिन्ता छ काँग्रेस चितवनका सचिव उत्तम जोशीको । त्यसैले कि चितवन सार्ने नभए हेटौँडा नै कायम गर्न पहल गर्नुपर्नेमा जोड दिंदै जोशी भन्नुहुन्छ, “चितवनलाई कृषि, औद्योगिक क्षेत्र र मेडिकल सिटीका रुपमा विकास गर्नुपर्छ ।” 

मुकामको विषयमा अन्य जिल्ला आन्दोलित रहँदा अहिले चितवन भने शान्त छ । चितवनलाई लिएर विगतमा केन्द्रीय राजधानीको चर्चा पनि नचलेको होइन । प्रान्तीय राजधानी बन्न पूर्वाधार समेत चितवनमा पर्याप्त रहेको कतिपयको दाबी छ । भौगोलिक अवस्था पनि खोट लगाउन सकिने खालको छैन । 

सरकारले प्रदेश नं ३ को अस्थायी मुकाम मकवानपुरको हेटौँडा कायम गरेको छ । झिनो आलोचना सुनिए पनि अब चितवनलाई आर्थिक राजधानी बनाउनुपर्नेमा अधिकाँशको मतैक्यता छ । 

उद्योग वाणिज्य संघ चितवनका नवनिवार्चित अध्यक्ष सहनलाल प्रधान भौगोलिक हिसाबले अमिल्दो भएको भए पनि हेटौँडा मुकामलाई विरोध जनाउनुभन्दा त्यसैबाट सेवा लिँदै चितवनलाई आर्थिक केन्द्रका रुपमा विकास गर्नुपर्नेमा जोड दिनुहुन्छ । 

हुन त यहाँ आर्थिक गतिविधिले तीव्रता पाउन थालेको लामो समय भैसकेको छ । यहाँ अन्तर्रा्ष्ट्रिय स्तरको प्रदर्शनी केन्द्र निर्माण तीव्र छ । शक्तिखोर औद्योगिक क्षेत्र बन्ने क्रममा छ । 

नेपालको एक मात्रै आत्मनिर्भर व्यवसाय कुखुराको राजधानी चितवन नै भैसकेको छ । दूध, माछा, केरा, खाद्यान्न र पर्यटनका हिसाबले पनि अब्बल छ चितवन । चितवनमा उत्पादित खाद्यान्न तथा कृषिजन्य उत्पादन अधिक भएर अन्य जिल्लामा खपतका लागि पठाउनु परिरहेको छ । 

मेडिकल सिटीको रुपमा विकास भैरहेको चितवन राजधानीपछि कै महत्वपूर्ण मेडिकल सेवा दिनेमा पर्छ । नेपालको मध्यभागमा पर्ने भएकाले पनि चितवनको छुट्टै विशेषता छ । नेपालकै तेस्रो पर्यटकीय गन्तव्य चितवनका हरेक क्षेत्र पर्यटकीय सम्भावनायुक्त भएकाले पर्यटन र कृषिको विकास गरी नमूना शहर बनाउन सकिने क्षेत्रीय होटल संघ चितवनका महासचिव राममणि खनालको प्रतिक्रिया छ । 

चितवनलाई ७८औँ जिल्लाको रुपमा हेरिन्छ । हरेक क्षेत्रका मानिसहरुको यहाँ बसोबास छ । नारायणगढ व्यापारिक केन्द्रको रुपमा परिचित छ । 

शनिवार मात्रै राष्ट्रिय योजना आयोगको सार्वजनिक निजी साझेदारी सम्बन्धी एक गोष्ठीमा आयोगका सदस्य डा सुनिलबाबु श्रेष्ठले चितवनमा आर्थिक विकासको अथाह सम्भावना भएको उल्लेख गर्दै गर्न सके १० वर्षमा यो उत्कृष्ट शहर बन्ने बताउनुभयो । उहाँको जोड विकासका लागि सार्वजनिक निजी साझेदारीमा थियो 

चितवनबाट हेटौँडा पनि धेरै टाढा छैन । विगतका अञ्चल र क्षेत्रीय कार्यालयहरु हेटौँडा मै छन् । चितवनबाट ७५ किलोमिटर दूरीमा रहेकाले जान करिब १ देखि १ः३० घण्टा मात्रै लाग्छ । त्यसैले पनि राजधानीको सेवा लिन चितवनवासीलाई गाह्रो छैन । 

विगतमै चितवन विकासको गुरुयोजनासमेत निर्माण भैसकेकाले पनि यसलाई ध्यान दिएर विकासका खाका तीव्रत्तर रुपमा अघि बढाउनु जरुरी भएको ठान्नुहुन्छ, तत्कालीन गुरुयोजना निर्माण समितिका संयोजक तथा हाल चितवन २ का प्रदेशसभा सदस्य विजय सुवेदी । रासस

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x