×

NMB BANK
NIC ASIA

एमालेले तीन वटा प्रदेशको राष्ट्रियसभा उम्मेदवार टुंगो लगायो, कोमल वलीपनि परिन्

माघ ८, २०७४

NTC
Premier Steels

 काठमाडौं, ९ माघ– नेकपा एमालेले चर्चित लोकगायिका तथा  प्रदेश तथा प्रतिनिधिसभा  निर्वाचन अघि राप्रपा छाडेर एमाले प्रवेश गरेकी कोमल वलीसहित १३ जनालाई राष्ट्रियसभाको उम्मेदवार बनाउने निर्णय गरेको छ । 
सोमबार एमाले अध्यक्ष केपी ओली निवास बालकोटमा बसेको स्थायी कमिटी बैठकले   प्रदेश नम्बर ५, ६ र ७ का १३ उम्मेदवारको नाम टुंगो लगाएको हो । 
एमालेले प्रदेश नम्बर ५ बाट ४ जना,  प्रदेश नम्बर ६ बाट ५ जना र प्रदेश नम्बर ४ बाट ४  जनाको नाम टुंगो लगाएको छ । 
जसअनुसार प्रदेश नम्बर ५ बाट कोमल वली (महिला), दाङसहित सहित रामलखन हरिजन (दलित), पश्चिम नवलपरासी,  खिमलाल भट्टराई (खुला), रुपन्देही,  मीना बुढा (महिला), रोल्पा उम्मेदवार बन्ने पक्का भएको छ । 
यस्तै यस्तै प्रदेश नम्बर ६ बाट  कविता बोगटी (महिला), हुम्ला,  नन्दा शर्मा ( महिला), सुर्खेत, . नरपति लोहार (दलित), कालिकोट,  भैरवसुन्दर श्रेष्ठ (खुला), जाजरकोट  र  ठगेन्द्र पुरी (खुला) ,पश्चिम रुकुमलाई उम्मेदवार बनाउने निर्णय गरिएको एमाले सचिव प्रदीपकुमार ज्ञवालीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 
यस्तै प्रदेश नम्बर ७ बाट एमालेले  कमला ओली (महिला), कैलाली,  इन्दु कडेरिया बिष्ट ( महिला), कञ्चनपुर, शेरबहादुर कुँवर (खुला), अछाम र  चक्रप्रसाद स्नेही (दलित), डडेलधुरालाई उम्मेदवार बनाउने निर्णय गरिएको पनि विज्ञप्तिमा उल्लेख छ । 
माओवादी भएको  तालमेल सहमतिअनुसार एमालेको  भागमा २९ सदस्य उम्मेदवार परेको छ । आफ्नो भागमा  परेकोमध्यबाट पहिलो चरणमा एमालेले  १३ राष्ट्रियसभा उम्मेदवारको टुंगो लगाएको हो । 
बाँकी १६ उम्मेदवार पनि क्रमशः छनोट गरेर  १० गते मनोनयन गर्ने बताइएको छ । 

Muktinath Bank

यसैबीच  बैठकमा अध्यक्ष ओलीले एमाले र माओवादीबीचको पार्टी एकताका सन्दर्भमा भइरहेका प्रगतिबारे बैठकलाई जानकारी  समेत गराएका छन् । 
सो क्रममा पार्टी एकीकरण प्रक्रिया सकारात्मक दिशामा अगाडि बढिरहेको कुरामा विश्वस्त हुन आग्रह गर्दै ओलीले सिङ्गो पार्टी पङ्क्तिलाई एकीकरण प्रक्रियालाई बल पु¥याउने गरी काम गर्न निर्देशित दिएको ज्ञवालीले जानकारी दिए । 
बैठकले ललितपुर– क्षेत्र नं १ बाट एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्यका रुपमा निर्वाचित नवराज सिलवालविरुद्ध नेपाल प्रहरीको आग्रहमा इन्टरपोलले ‘डिफ्युजन नोटिस’ जारी गरेको भनी प्रकाशित समाचारप्रति बैठकको गंभीर ध्यानाकर्षण भएको समेत जनाएको छ । इन्टरपोललाई समेत अतिरञ्जित सूचना दिने काम  भइरहेको दाबी गर्दै एमालेले यस्ता क्रियाकलापले जनताको अभिमतलाई अपमानित गरेको ठहर गरेको छ । निर्वाचित जनप्रतिनिधि विरुद्ध भइरहेका गतिविधिहरु पूर्वाग्रह र प्रतिशोधबाट निर्देशित रहेको निष्कर्ष सहित बैठकले सरकारलाई यस्ता गतिविधि बन्द गर्न ध्यानाकर्षण समेत गराएको ज्ञवालीले बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x