
काठमाडौं, १४ माघ– पार्टी एकताका विषयमा छलफल गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रचण्ड निवास पुगेका छन् ।
दुई पार्टी बीचको एकीकरण, वाम सरकार गठन लागायतका विषयमा छलफल गर्न ओली प्रचण्ड निवास खुमलटार पुगेका हुन् । ओली प्रचण्डबीच पार्टी एकता, सरकार गठन लगायतका विषयमा कुराकानी भएको छ ।
वाम एकताकालागि बनेको कार्यदलमा मुख्यमन्त्री लगायका विषयमा कुरा मिल्न नसकेपछि दुई पार्टीका अध्यक्ष भेटघाटमा जुटेका हुन् ।
आजै वाम कार्यदलको बैठक पनि बस्दैछ । कार्यदलले मुख्यमन्त्री, सभामुख र मन्त्रालयको बाँडफाँटका विषयमा सहमतिमा पुग्ने दाबी गरेको छ ।