यसकारण जगजीत सिंहले छोडिदिएका थिए फिल्मी क्षेत्र

माघ २५, २०७४

काठमाडौं, २४ माघ — प्रसिद्ध गजलगायक जगजीत सिंह सुमधुर स्वरका मालिक थिए । उनको मर्मस्पर्शी आवाजका असंख्य प्रशंसक छन् । 

अनेकौं भाषामा गीत तथा गजल गाएका जगजीत आजैको दिन अर्थात् फेब्रुअरी ८, १९४१ मा जन्मेका थिए । सन् २०११ को अक्टोबर १० मा उनको निधन भएको थियो । उनका एक से एक गजलहरू मानिसको मनमस्तिष्कमा बसेका छन् । 

शुरूमा त उनको नाम जगमोहन राखिएको थियो तर पछि पारिवारिक ज्योतिषको सल्लाहमा जगजीत नाम राखियो । 

सन् १९६५ मा उनी मुम्बई आए । सन् १९६७ मा उनले गजल गायिका चित्रालाई भेटे र दुई वर्षपछि सन् १९६९ मा दुवैजनाको विवाह भयो । 

अनेकौं सुमधुर गीतगजल गाएका जगजीतलाई सन् २००३ मा भारतको सर्वोच्च नागरिक सम्मान पद्मभूषण दिइएको थियो । 

करीयरको आरम्भमा फिल्ममा संगीत दिएका जगजीतले फिल्मी संसारबाट छिट्टै बिदा लिए । फिल्मका निर्माताले पैसा लगाएको हुनाले उनलाई खुशी बनाउनुपर्ने अनि फिल्मको सिचुएसनअनुसार संगीत दिनुपर्ने भएकाले फिल्म संगीतमा आफ्नो रुचि नरहेको उनले बताएका थिए । 

फिल्म संगीतमा कुनै स्वतन्त्रता नरहेको र फिल्म टोलीलाई सन्तुष्ट गराउनु चुनौतीपूर्ण रहेको उनको भनाइ थियो । आफ्नो एल्बम गर्दा खुशी लाग्ने अनि आफू खुशी हुँदा अरूलाई पनि खुशी बनाउन सकिने उनी बताउँथे । 

जगजीत सिंहलाई घोडा दौडाउनमा रुचि थियो भन्ने कुरा धेरै कमलाई थाहा छ । 

एजेन्सी
 

माघ २५, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस