मंसिर १६, २०८०
कोरियोग्राफर रामजी लामिछाने एकसमय दिनैपिच्छे म्युजिक भिडियोको सुटिङमा व्यस्त हुन्थे । चल्तापुर्जा कोरियोग्राफर उनी महिनामा २२ वटासम्म म्युजिक भिडियोमा काम गर्थे । पछिल्ला महिना भने म्युजिक भिडियोमा उनको...
लोक गायक अर्जुन सापकोटाका अफिसियल प्रायः गीतले स्रोता–दर्शकको माया पाउने गरेका छन् ।
उनले तीन साताअघि शान्तिश्री परियारसँगको स्वरमा सार्वजनिक गरेको ‘न सोध पिर के को ?’ले युट्युबमा १० लाख बढी भ्युज पाइसकेको छ ।
यसअघि अर्जुन र शान्तिश्रीको स्वर रहेको ‘डाँडैको टुनी’लाई पनि स्रोता–दर्शकहरुले रुचाएका थिए । उक्त गीतले युट्युबमा अहिलेसम्म ७५ लाखभन्दा बढी भ्युज पाएको छ ।
‘न सोध पिर के को ?’ गीतका शब्द रविन लामिछानेका हुन् । अर्जुनकै संगीत रहेको गीतमा कृष्ण बि.क ‘भान्जा’को संगीत संयोजन छ ।
भिडियोमा अर्जुन स्वयंमले अभिनय गरेका छन् । उनको जोडीका रुपमा मोडल जुना विश्वकर्माको अभिनय छ ।
भिडियो मंगलवारसम्म युट्युब ट्रेन्डिङमै छ । गीतले छोटो समयमै धेरै स्रोता एवं दर्शक पाएपछि अर्जुन खुशी छन् ।
उनी दर्शकको माया पाएसँगै गीतमा गरिएको सहकार्य सार्थक भएको बताउँछन् । ‘अहिले युट्यु्बमा धेरै गीतलाई भ्युजको खडेरी देखिएको छ । यस्तो अवस्थामा हाम्रो गीतलाई दर्शकले यति धेरै माया गरिदिँदा अत्यन्तै खुशी छु’ – अर्जुनले भने ।
‘न सोध पिर के को ?’ माया प्रेममा आधारित गीत हो । गाउँले परिवेशमा रहेर यसको भिडियो बनाइएको छ । काजिश श्रेष्ठको कोरियोग्राफी एवं निर्देशनमा बनेको भिडियोका छायांकार राम केसी र सम्पादक मिलन विश्वकर्मा हुन् ।
अर्जुन सापकोटाको अफिसियल युट्युब च्यानलमा भिडियो हेर्न सकिन्छ ।
कोरियोग्राफर रामजी लामिछाने एकसमय दिनैपिच्छे म्युजिक भिडियोको सुटिङमा व्यस्त हुन्थे । चल्तापुर्जा कोरियोग्राफर उनी महिनामा २२ वटासम्म म्युजिक भिडियोमा काम गर्थे । पछिल्ला महिना भने म्युजिक भिडियोमा उनको...
गायक श्रीधर अधिकारीको नयाँ लोकदोहोरी गीत सार्वजनिक भएको छ । तिहारको अवसर पारेर सार्वजनिक ‘बाडुल्की ला होला...’बोलको गीतमा उनलाई शान्तिश्री परियारले गायनमा साथ दिएकी छन् । बा...
हाँस्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेले वैवाहिक वर्षगाँठको अवसर पारेर ‘भगवान कसम’ बोलको गीत सार्वजनिक गरेका छन । १५ औं वैवाहिक वर्षगाँठको अवसर पारेर ‘धुर्मुस–सुन्तली&rsqu...
लोकदोहोरी र आधुनिक गीतमा रुचाइएका गीतकार एवं संगीतकार राजकुमार बगरको स्वरमा ‘आँखैमा थियौ सानु’ बोलको गीत सार्वजनिक गरिएको छ । बगरकै शब्द एवं संगीत रहेको गीतमा उनीसँगै चर्चित गायिका...
प्रकाश सपूत र सनिशा भट्टराईको अभिनयमा ‘फूलमाया कान्छी’ बोलको गीत सार्वजनिक भएको छ । सोमवार सार्वजनिक यो माया प्रेममा आधारित गीत हो । गीतमा योगेश काजी शाह र शान्तिश्री परियारको स्वर छ । यसमा कृष्ण...
ओमनको साङ्गीतिक कार्यक्रम सकेर फर्किएकी गायिका रचना रिमाल देशभित्रका मेला–महोत्सवमा व्यस्त हुन थालेकी छिन् । विदेशको कार्यक्रम सकेर फर्किएसँगै केही गीत रेकर्ड गराएकी उनी फेरि महोत्सवमा पुग्न थालेकी...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...