×

NMB BANK
NIC ASIA

मणिपुरमा भारतीय प्रहरीमाथि कुकी समूहको आक्रमण, २ जनाको मृत्यु

काठमाडाैं | बैशाख १५, २०८१

NTC
Premier Steels

भारतको मणिपुरमा सन्दिग्ध कुकी समूहको आक्रमणमा परी दुई प्रहरीको मृत्यु भएको छ ।

Muktinath Bank

शनिवार बिहान मणिपुरको विष्णुपुर जिल्लामा केन्द्रीय रिजर्भ प्रहरी फोर्स (सीआरपीएफ) बसेको शिविरमा आक्रमण भएको हो । उक्त आक्रमणमा थप दुई प्रहरी अधिकारीहरू घाइते भएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आक्रमणकारीले मोइराङ प्रहरी चौकी क्षेत्रको नरसेनामा रहेको सीआरपीएफ शिविरमा आक्रमण गरेको प्रहरी अधिकारीले पुष्टि गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।


Advertisment
Nabil box
Kumari

'आतंकवादीहरूले शिविरलाई लक्षित गर्दै पहाडको माथिल्लो भागबाट अन्धाधुन्ध गोलीबारी गरे,' एक वरिष्ठ प्रहरी अधिकारीको भनाइ उद्धृत गर्दै स्थानीय सञ्चार माध्यम अर्गनाइजरले भनेको छ, 'आक्रमण मध्यरात साढे १२ बजे शुरू भएर सवा २ बजेसम्म चलेको थियो ।'

Vianet communication

उक्त सञ्चार माध्यमले कुकी समूह यो आक्रमणमा संलग्न भएको दाबीसमेत गरेको छ । 

सीआरपीएफका सब इन्स्पेक्टर एन सरकार र हेड कन्स्टेबल अरूप सैनीको मृत्यु भएको वरिष्ठ प्रहरी अधिकारीको भनाइ छ । घाइते हुनेमा इन्स्पेक्टर जादव दास र हवल्दार अफताब दास रहेका छन् ।

'दुई घाइते कर्मचारीहरूलाई इम्फालको क्षेत्रीय चिकित्सा विज्ञान संस्थानमा भर्ना गरिएको छ । तिनीहरू खतरामुक्त छन्,' ती अधिकारीले भने ।

भारतको मणिपुरमा लामो समयदेखि जातीय युद्ध चलिरहेको छ ।

कुकी र मैतेई जातिबीच भएको द्वन्द्वका कारण भर्खरै शुरू भएको भारतको लोकसभा निर्वाचनसमेत प्रभावित बनेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x