‘सहकारीमा कालो धन छैन’

माघ २५, २०७४

काठमाडौँ, २५ माघ - राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशवप्रसाद बडालले नेपाली सहकारी क्षेत्रमा कुनै पनि प्रकारको कालो (अवैध) धन नभएको बताउनुभएको छ । 

नेपाल सहकारी पत्रकार समाज (सिजेएन) को आयोजनामा आज भएको ‘सहकारीमा सम्पत्ति शुद्धीकरण’ विषयको अन्तरक्र्रियामा उहाँले कालो धन खुट्टामा जञ्जीर लगाएजस्तै हुने भएकाले सहकारी क्षेत्रमा भ्रष्टाचार, आतंकवाद र हतियारधारीको पैसा नभएको जिकिर गर्नुभयो । “सहकारीमा ९९ प्रतिशत स्वच्छ कारोवार हुने गरेको छ”, नेकपा (एमाले) का नेतासमेत रहनुभएका अध्यक्ष बडालले भन्नुभयो । 


ADVERTISEMENT

कार्यक्रममा नेपाल राष्ट्र बैंकका उपनिर्देशक हरि नेपालले सहकारीकर्मी शुद्धीकरणबाट सशकित नभई थप व्यवस्थित हुन लाग्नुपर्ने बताउनुभयो । सहकारी विभागका उपरजिष्ट्रार नारायणप्रसाद ज्ञवालीलेसम्पत्ति शुद्धीकरण निर्देशिका जारी भएपछि आतंकित हुनुभन्दा पनि व्यवस्थित रुपमा कारोवार गर्न सहकारीकर्मीलाई आग्रह गर्नुभयो । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका अध्यक्ष डिबी बस्नेतले काठमाडौँका सहकारीमा तुलनात्मक रुपमा बढी विकृति देखिएको जनाउनुभयो । रासस 

माघ २५, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस