मंसिर २७, २०८०
निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...
काठमाडौं, २८ माघ — अक्षय कुमारको फिल्म प्याडम्यान दर्शकहरूले खुबै रुचाइरहेका छन् । गत शुक्रवार रिलिज भएको फिल्मले दुई दिनमा २४ करोड भारु कमाइसकेको छ ।
शुक्रवार १०.२६ करोड भारु कमाएको प्याडम्यानले दोस्रो दिन ३५ प्रतिशत बढी कमाइ गर्दै शनिवार १३.६८ करोड भारु कमायो । यसरी फिल्मले २३.९४ करोड भारु कमाइसकेको छ ।
फिल्मले आइतवार झन् राम्रो कमाइ गर्ने सम्भावना रहेको व्यापार विश्लेषकहरू बताउँछन् ।
सोलो रिलिज भएकाले प्याडम्यानको भाग्य बक्स अफिसमा चम्किने लक्षण देखिँदैछ । फिल्मलाई सोलो रिलिजले पक्कै फाइदा गर्नेछ । यसअघि प्याडम्यान अय्यारीसँग जुध्ने स्थितिमा रहेको भएपनि अय्यारी अब आउने शुक्रवार मात्र
रिलिज हुने भएको छ ।
फिल्मले सामाजिक सञ्जालमा राम्रो प्रचार पायो । ह्याशट्याग प्याडम्यानच्यालेन्ज सामाजिक सञ्जालमा खुबै ट्रेन्ड भयो जसमा मनोरञ्जन, खेल र अन्य क्षेत्रका हस्तीहरू सहभागी भए ।
विशेषगरी महिलाहरुले फिल्म खुबै रचाएको बताइँदैछ ।
दर्शकहरूलाई मनोरञ्जन दिइरहेको यो फिल्म कानस्नी झमेलामा चाहिँ फसेको छ । लेखक रिपुदमन जायसवालले अक्षय कुमारमाथि आफ्नो स्क्रिप्ट चोरेको आरोप लगाउँदै एफआईआर दर्ता गराएका छन् । खबरअनुसार, उनले
फिल्मको स्क्रिप्ट धर्मा प्रोडक्सनलाई दिएका थिए अनि उनकै स्क्रिप्टमा दृश्यहरू चोरेर फिल्मा हालिएको आरोप उनले लगाएका छन् ।
एजेन्सी
निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...
अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् । यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...
दरबारको कथा समेटेर नेपाली चलचित्र ‘राजमहल’ निर्माण गरिने घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाविच चलचित्रमा अभिनय रहने मुख्य कलाकारहरूको जानकारी दिँदै औपचारिक निर्माण घोषणा...
बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ । हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...
‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ । तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...
अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो । गतवर्ष प्रदर्शनमा...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...