×

NMB BANK
NIC ASIA

'डिभिजन टू' क्रिकेट : केन्याविरुद्ध जितका लागि १७८ रनको लक्ष्य

माघ २९, २०७४

NTC
Premier Steels

काठमाडौं, २९ माघ- सन्दीप लामिछानेले दमदार बलिङ प्रदर्शन गरे पनि नेपालले केन्याविरुद्ध जितका लागि हालसम्मकै ठूलो लक्ष्य पाएको छ ।

Muktinath Bank

टस हारेर पहिले ब्याटिङो निम्तो पाएको केन्याले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर १७७ रन जोडेपछि नेपालले १७८ रनको विजयी लक्ष्य पायो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपालले यसअघिका जितमा पछ्याएका दुवै लक्ष्य १५० भन्दा कम रनका थिए ।


Advertisment
Nabil box
Kumari

केन्यालाई मध्यम स्कोरमा रोक्ने क्रममा सन्दीपले २० रन खर्चिएर ५ विकेट लिए । यसक्रममा उनले ५ ओभरमा कुनै पनि रन दिएनन् ।

Vianet communication

सन्दीप ४ खेलबाट कुल १४ विकेट लिँदै सबैभन्दा बढी विकेट लिने खेलाडीको सूचीमा अग्रस्थानमा छन् ।

सन्दीपका अलावा सोमपाल कामी, शरद भेसवाकर र वसन्त रेग्मीले १-१ विकेट लिए ।

केन्याका लागि विकेटकिपर ब्याट्सम्यान इरफान करिमले सर्वाधिक ४२ र एलेक्स ओबान्डाले ४१ रनको योगदान गरे ।

नेपाल र केन्या दुवै आईसीसी लिग च्याम्पियन्सिपबाट घटुवामा परेका टोली हुन् । सो प्रतियोगितामा नेपालले केन्यासँग घरेलु मैदानमा खेलेको १ खेल जितेको थियो भने अर्को १ नतिजा सुम्पिएको थियो।

प्रतियोगिताको शीर्ष २ मा पर्दै विश्वकप छनोट खेल्न दुवै टोलीलाई यो खेल जित्नै पर्ने दबाब छ ।

३ खेलबाट ४ अंक जोडेको नेपाल अंक तालिकाको दोस्रो स्थानमा छ । २ खेलबाट अंकविहीन केन्या भने पुछारमा छ ।

यसअघिका दुवै खेल हारे पनि केन्या बलियो प्रतिद्वन्द्वी हो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

बैशाख २०, २०८१

नेपालले वेस्ट इन्डिज ‘ए’सँगको टी–२० क्रिकेट श्रृंखला एक खेलअगावै गुमाएको छ । पाँच खेलको श्रृंखलाअन्तर्गत चौथो खेलमा पराजित भएसँगै नेपालले अन्तिम खेल नखेली वेस्ट इन्डिजलाई नतिजा सुम्प...

बैशाख १८, २०८१

भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्समाथि जीत दर्ता गरेको छ ।  सोमबार राति घरेलु मैदान इडेन गार्डेनमा भएको खेलमा उत्कृष्ट फर्ममा रहेको कोलकाताले द...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x