×

NMB BANK
NIC ASIA

मधेस राजनीतिको अन्तर्य–वाम गठबन्धनसँग ‘लभ’ र कांग्रेससँग ‘ब्रेकअप’

फागुन ११, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

जनकपुरधाम, ११ फागुन– प्रदेश नम्बर दुई का मुख्यमन्त्री लालबाबु राउत गद्दीले प्रदेश सभामा विश्वासको मत मागिरहँदा नेकपा एमालेका संसदीय दलका नेता सत्यनारायण मण्डलले आफ्नो पार्टीको समर्थन राउतलाई रहने बताइरहेका थिए त्यसै बेला सदनमा नेपाली कांग्रेसका संसदीय दलका नेता रामसरोज यादव झसँग भए । 

Muktinath Bank

किनकी एमाले संसदीय दलका नेता मण्डलले राउत नेतृत्वको मधेसी गठबन्धनको सरकारलाई बाहिरबाट समर्थन गर्दै प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताइरहेका थिए ।  जब कांग्रेस नेता यादवले सदनमा आफ्नो धारणा राखे , भने यो कसरी हुन् सक्छ, सदनमा की त सत्तापक्ष हुनु पर्यो वा प्रतिपक्ष बस्नु पर्यो ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

१० फागुनमा सदनमा सरकारले बिश्वासको मत प्राप्त गर्न सभामुख सरोज कुमार यादवले बोलाएको संसद्को बैठकमा कांग्रेस नेता यादवले आफ्नो मन्तव्य राख्ने क्रममा भनेका थिए, ‘हिजो मलाई मुख्यमन्त्रीजीले आफ्नो कार्यक्षमा बोलाएर एउटा प्रेम पत्र थमाउनुभयो । भोलि सदनमा सरकारको पक्षमा मतदान गर्न भन्नुभयो । तर, आज सरकारले वामपन्थी दलहरूसँगको गठबन्धनबाट के प्रष्ट भएको छ भने अहिलेसम्म हामीहरूले एकहोरो, एकतर्फी प्रेम पो गर्दै आएका रहेछौं ।’ हिजो प्रतिनिधि सभाको चुनावका क्रममा राजपाका संयोजक महन्थ ठाकुर, फोरमका अध्यक्ष उपेन्द्र यादव र सह संयोजक अशोक राईको संसदीय क्षेत्रमा हामीले  (नेपाली कांग्रेसले) आफ्नो उम्मेद्वारी एकतर्फा फिर्ता लिएका थियौं, तर बदलामा हामीले केहि पनि पाएनौं’ यादवले भने, ‘आज फेरि हामीले प्रेममा धोका पाएका छौं । सायद एकतर्फी प्रेमको नतिजा यस्तै हुँदो रहेछ ।’  


Advertisment
Nabil box
Kumari

अब नबन्ने भो लोकतान्त्रिक गठबन्धन

Vianet communication
Laxmi Bank

नेपाली कांग्रेसको नेतृत्वमा मधेस केन्द्रित राष्ट्रिय पार्टीहरू फोरम नेपाल र राजपा नेपाल सम्मिलित लोकतान्त्रिक गठबन्धन बन्ने सम्भावना तत्कालका लागि न्यून भएको छ । केन्द्रमा नेकपा एमाले र माओबादी केन्द्रबीच अब पार्टी नै एकता हुने भए पछि विकल्पमा लोकतान्त्रिक गठबन्धन बन्छ कि भन्ने सम्भावना थियो, तर प्रदेश नम्बर दुई मा जसरी कांग्रेसलाई प्रतिपक्षमा बस्नु परेको छ त्यसले के देखाउंछ भने अब त्यो सम्भावना लगभग समाप्त भएको छ । 

कांग्रेस मधेसवादी दुई तर्फी प्रेम

बिगतमा मधेसी मोर्चा आन्दोलनमा रहेकै बेला पनि फोरम र राजपाले कांग्रेसको सरकारलाई मतदान गरेर कांग्रेससँग सहकार्य गर्दै आएको थियो । सुशील कोइराला नेतृत्वको सरकार बनाउँदा होस् वा प्रचण्ड नेतृत्वको सरकार निर्माणदेखि पछिल्लो समयमा शेरबहादुर देउवा नेतृत्वको सरकार बनाउने बेलासम्म फोरम र राजपाले मतदान गरेको थियो ।

पछिल्लो प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्बाचनका क्रममा पनि कांग्रेसले मधेशबादीहरूसँग सम्भव भए लोकतान्त्रिक गठबन्धन नभए कम से कम चुनाबी तालमेलको प्रयास गरे पनि अन्तिम समयमा आएर त्यसले सफलता पाउन सकेन । सीट बाँडफाँटको कुरा नमिले पछि न त गठबन्धन बन्यो न त तालमेल नै भयो । फोरम र राजपाले चुनाबी तालमेल गरेर चुनाव लडे भने कांग्रेस एक्लै चुनाबी मैदानमा ओर्लिन बाध्य भयो । त्यस पछि राष्ट्रिय सभाको निर्बाचनका लागि मधेशबादीहरूले सुरुमा एमाले संग तालमेल गर्न खोज्दा संबिधान संशोधनको मुद्दामा एमाले गम्भीर नभएको भन्दै एमाले संग तालमेल नगरी प्रदेश नम्बर २ मा मधेशबादीहरूले कांग्रस संग तालमेल गरि चुनावमा भाग लिएका थिए । 

वाम गठवन्धनसँगको प्रेम

प्रदेश नम्बर २ मा चमत्कारिक रूपमा बामपन्थी दलहरूले फोरम –राजपा गठबन्धनको सरकारलाई समर्थन गरे पछि एउटा नया प्रयोग शुरु भएको छ ।  अचम्म नै मान्नु पर्छ कि मधेसमा एमाले र मधेसबादीहरू एकै ठाउँ आउन सफल भएका छन् । किन भने पछिल्लो समय संविधान बनाउने र जारि गर्ने क्रममा भएको मधेस आन्दोलनको क्रममा मधेसवादी दल र मधेस का जनता ले नेकपा एमालेका अध्यक्ष खडग प्रसाद शर्मा ओलीलाई नै सबै भन्दा ठुलो खलपात्रका रूपमा चित्रित गरेका थिए ।

संघीय समाजबादी फोरम नेपालका प्रदेश सांसद कौशल कुमार यादव भन्छन्, ‘एमालेले हाम्रो सरकारलाई बाहिरबाट समर्थन गरि सरकारको पक्षमा मतदान गर्नु भनेको मधेसको राजनीतिमा एउटा नया प्रयोगको सुरुवात हो ।’  बिगतमा संविधान संशोधन गराइदिन्छन् कि भनेर हामीले कांग्रेसलाई सरकार बनाउन समर्थन गरेकै हो तर, उसले सकेन यादवले लोकान्तर संग भने । उनी भन्छन, ‘एमाले सँग धेरै दुश्मनी गर्यौं, अब हेरी सक्यौं झगडा गरेर पनि आखिर समाधान त निस्केन. त्यसैले अब दोस्ती गरेर हेरौं, समाधान निस्की हाल्छ कि ।’

राजपा नेपालका सांसद मनिष सुमन पनि भन्छन्, ‘हामीले कांग्रेसलाई सरकार बनाउनदेखि लिएर बिभिन्न चरणमा सहयोग गर्दै आयौं तर, कांग्रेसले हामीलाई सधैं प्रयोग मात्र गर्यो. कांग्रेसले होइन कि हामीले उहाँहरूलाई एकतर्फी प्रेम गरेका थियौं. ढोका त उहाँहरूले हामीलाई दिनुभएको छ ।’ हरेक पटक तमसुक बनाउने तर कार्यान्वयन  नगर्ने काम कांग्रेसले गर्दै आएको छ. हामी त एकतर्फी प्रेम गर्यौं, अलि बढी नै माया पिरती गास्यौं , आखिर एक तर्फा प्रेमको अन्त्य त हुनु नै थियो, सुमन बताउछन् ।

मुख्यमन्त्री लालबाबु राउत गद्दी भन्छन्, ‘हो, मैले कांग्रेस नेता रामसरोजजीलाई विश्वासको मत माग्न पत्र दिएकै हो, उहाँकै भनाइ अनुसार यदि त्यो प्रेम पत्र नै हो भने म फेरी पनि उहाँलाई ब्रेक अप नगर्न सुझाब दिन्छु । ’ मुख्यमन्त्री राउतले थपे, ‘ हामी त अझै पनि उहाँहरूसंगको प्रेमलाई यथावत राख्न चाहन्छौं, किन भने यो प्रदेशमा कोइ पनि प्रतिपक्षमा नबसेर  संघीयता कार्यन्वयन संगै प्रदेशको विकास तथा सम्वृद्धिकालागि सबै एक साथ् मिलेर अगाडी बढौं तर, उहाँहरूले त्यसो गर्नु भएन ।’

महत्वपूर्ण कुरा के हो भने केहि दिन अघि मात्र मुख्यमन्त्री राउत आफ्नो सरकारलाई समर्थन गर्न भनि नेपाली कांग्रसका नेता तथा पूर्व उपप्रधानमन्त्री एबम गृहमन्त्री बिमलेन्द्र निधिको जनकपुरस्थित डेरामै पुगेका थिए । त्यहाँ भेटको क्रममा निधिले मुख्यमन्त्री राउतलाई स्वागत गर्दै आउने दिनमा संघियता संस्थागत गर्नका लागि पनि सरकारलाई  निसर्त सहयोग तथा समर्थन रहने कुराको आश्वासन दिएका थिए । त्यसो हो भने के भयो र कांग्रेसलाई प्रतिपक्षमा बस्नु पर्यो भन्ने सवालमा कांग्रस संसदीय दलका नेता रामसरोज यादव भन्छन्, ‘ मुख्यमन्त्रीजी ले सरकारलाई समर्थन गर्न त भन्नुभो तर के आधारमा र कसरी भन्ने कुनै कुरा नै गर्नु भएन  । यसको अर्थ के हो भने उहाँहरू माथि केन्द्रमा सरकारमा जानको लागि बामपन्थीहरूसंग सहकार्य गर्नुभो ।’ प्रदेशमा मधेसवादी र वामपन्थी गठबन्धन बन्नुले पनि के प्रस्ट्याएको छ भने फोरम र राजपा अब संघीय सरकारमा पनि सहभागी हुनेछन । फोरम नेपालका प्रदेश सांसद योगेन्द्र राय यादवका अनुसार, संबिधान संसोधनका मामिलामा सरकार सकारात्मक हुने संकेत दिएका कारण फोरम केन्द्रमा सरकारमा जानु अस्वाभाविक पनि होइन । 

प्रदेशमा गठबन्धनको स्क्रिप्ट काठमान्डौंमा लेखियो 

नेकपा एमालेका प्रदेश सभा सांसद शत्रुघन महतो भन्छन्, ‘प्रदेशमा गठबन्धन बन्ने कुराको स्क्रिप्ट नेताहरूले काठमान्डौंमै लेखेको भए पनि प्रदेश को समेत सहमति थियो ।’ हामीले त सधैं भन्दै आएका छौं की संविधान संशोधन आबस्यकता र औचित्यको आधारमा हुने कुरा हो, त्यसैले माथि केन्द्रमा पनि उहाँहरू सहभागी हुने कुरा चलेकाले यो गठबन्धन हुन सकेको हो महतो बताउँछन्  । महतो भन्छन्, ‘एमाले र माओबादी मिलेपछि अर्थात पार्टी एकता भएपछि यो प्रदेशमा हामी नै सबै भन्दा ठूलो दल को रूपमा आगामी दिनमा आफ्नै नेतृत्वमा सरकार समेत बनाउन सक्छौं र, हुन सक्छ राजपा प्रतिपक्षमा बस्न सक्छ ।’

प्रदेशमा दुई तिहाइको सरकार 

प्रदेश नम्बर २ मा अहिले सबै भन्दा ठूलो दल को रूपमा फोरम नेपालको कुल २९ सीट छ । राजपाको २५, एमालेको २१, कांग्रेसको १९ र  माओबादीको ११ सीट छ । नेपाल संघिय समाजबादी पार्टी बाट एक जना सावित्री देवी साह र स्वतन्त्र सांसद एक जना रौतहट बाट मोहम्मद सेख अब्दुल कलाम आजाद रहेका छन् ।

१० गते बिस्वासको मतका लागि सदनमा मतदान हुँदा कुल १ सय जना सांसदहरू उपस्थित थिए जसमध्ये कांग्रेश बाहेक सबै दलका उपस्थित कुल ८२ जना सांसदहरूले सरकारको पक्षमा मतदान गरेका थिए भने १९ जना संदाद रहेको कांग्रेसका एक जना सांसद ओम प्रकाश शर्मा अनुपस्थित रहेका कारण कुल १८ जना सांसदहरूले सरकारको बिपक्षमा मतदान गरेका थिए । यो गणितका आधारमा मधेश प्रदेशमा राउत नेतृत्वको सरकारले स्पस्ट बहुमत मात्र होइन कि दुई तिहाइको बहुमत प्राप्त गरेका छन् । माओबादी सांसद भारत साह भन्छन्, ‘यो प्रदेशमा राजनीतिक स्थिरता होस्, एउटा बलियो सरकार बनोस र जनताका आकांक्षाहरू पुरा गर्न सकियोस भन्ने ध्येयले सरकारलाई बाहिरबाट समर्थन गरेको हो ।’  

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

मंसिर १९, २०८०

कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x