×

NMB BANK
NIC ASIA

यौन समागमको प्रतीक फागु : लिङ्गकाे दर्शनदेखि टाेल परिक्रमासम्म !

फागुन १२, २०७४

NTC
सन्दर्भ तस्वीर
Premier Steels

भक्तपुर, १२ फागुन-  “भीमसेन देया लज खङ्गलो वानला ल्याँसे, 
बिस्युवाने म्वायक सो झायला” ( भीमसेनको लिङ्गले मन लोभियो कि, भाग्नु नपर्ने गरी हेर्न आउनुभयो कि) 
दत्तात्रय मन्दिर अगाडिको भीमसेन मन्दिरको पाटीमा आज बिहान यो गीत गुञ्जिरहँदा भीमसेनको लिङ्ग दर्शन गर्न आउनेको उत्तिकै भीड लागेको थियो । फागु पूर्णिमासम्म हरेक दिन बिहान यसैगरी यो नेवारी भाकाको गीत गुञ्जिने गर्छ । 

फागुपूर्णिमाका अवसरमा तचपालस्थित दत्तात्रय मन्दिर अगाडिको भीमसेन मन्दिरको पाटीमा बसेर भीमसेन गुठीका गायजुहरुले यही गीत गाएर फागुपूर्णेको स्वागत र बिदाइ गर्छन् । पूर्णिमासम्म चल्ने फागु पर्व हेर्न र संगीतमा रमाउन स्थानीयवासीले सधैँ जम्मा भएर यसरी नै परम्परालाई धान्दै आएका छन् । 

फागुन शुक्ल अष्टमीको दिन मन्दिरमा राखिएको तीन हात लामो र ३० इञ्च मोटो काठबाट बनेको लिङ्गलाई दुई जनाले काँधमा बोकेर इनाचो, बाचुटोल, जेँला, जगाती, ब्रह्मायणी, च्यामासिंह हुँदै तचपालस्थित दत्तात्रय मन्दिर वरिपरि रहेको घर र पसलमा घुमाउने परम्परा छ ।

Muktinath Bank

टोलटोलमा ल्याइएपछि भीमसेनको लिङ्गको दर्शन गर्ने परम्परा छ । घर र पसलमा घुमाइएको लिङ्गलाई भक्तजनले स्पर्शगरी ढोग्ने र दान दक्षिणा दिने गर्छन् । यस वर्ष भने लिङ्गलाई काँधमा नबोकी सवारी साधनमा राखेर घुमाइएको छ । यसरी घुमाउँदा वर्षौंदेखिको परम्परा लोप हुने र संस्कृतिमा विकृति पस्ने भक्तपुरका संस्कृतिकर्मी ओम धौभडेल बताउनुहुन्छ । 

यहाँको भीमसेन गुठीले परम्परादेखि नै फागुपूर्णेलाई यौनपर्वका रुपमा लिँदै आएका छन् । गुठीले हरेक वर्षझैँ यस वर्ष पनि फागुन शुक्ल अष्टमीको दिनदेखि फागुपूर्णिमासम्म भीमसेन मन्दिरमा भीमसेनको लिङ्ग र द्रौपदीको योनीको प्रतीकलाई झुण्ड्याएर यौन समागमको प्रतीक चित्रण गर्छ । यसलाई पूजा एवं दर्शन गर्न स्थानीय बासिन्दा सधैँ बिहान आउने गर्छन् । 

धौभडेल भन्नुहुन्छ, “फागुनशुक्ल अष्टमीका दिन बिहान काठको लिङ्गलाई भक्तपुरको टोल छिमेक, घर, पसलैपिच्छे घुमाएर पूजा गरी साँझ मन्दिरको पाटीमा झुण्ड्याइन्छ । चिर स्वायगू अर्थात् लिङ्ग घुमाएपछि यहाँ फागु शुरु हुने परम्परा छ ।” काठको लिङ्गलाई भीमसेनको लिङ्ग र रातो कपडाबाट बनेको प्वाललाई द्रौपदीको योनीका रुपमा लिने गरिएको छ । यी प्रतीकलाई यहाँका बासिन्दाले विकृतिका रुपमा नभई सांस्कृतिक महत्वका रुपमा संरक्षण गर्दै आएको उहाँ बताउनुहुन्छ । 

बजार घुमाइएपछि भीमसेन मन्दिरमा ल्याइएको लिङ्ग र योनीका प्रतीक भीमसेन पाटीमा झुण्ड्याउने परम्परा छ । दक्षिण एशियामा फागुपर्व कतै कृष्णसँग र कतै प्रह्लादसँग सम्बन्धिते भए पनि विशेषतः भक्तपुरमा भीमसेनसँग सम्बन्धित छ । लिङ्ग झुन्ड्याइएपछि यहाँको नेवार समुदाय भीमसेन मन्दिरमा गई गुठी भोज खाने गर्छ । पर्वभरि शनिबार र मंगलबार भीमसेन मन्दिरमा मेला लाग्छ । 

“जीवनमा यौन अनिवार्य आवश्यकता हो, यौन भगवान्को पालामा पनि थियो र मान्छेको पालामा पनि छ । यौनको आवश्यकता कीराफट्यांग्रादेखि पशुपक्षीमा समेत छ । यौनविनाको जीवन अधूरो हुन्छ । भीमसेन मन्दिरमा परापूर्वकालदेखि चल्दै आएको यो परम्पराले यौनको महत्वलाई अझ फराकिलो पारेको छ”, स्थानीयवासी ७१ वर्षीय मोहन प्रजापति बताउनुहुन्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मन्दिरमा झुण्ड्याएर राखिएको लिङ्ग र योनीको अवलोकन गर्न काठमाडौँ उपत्यकाकै व्यापारी र धार्मिक विश्वास राख्ने व्यक्ति आउने भीमसेन गुठीयार बताउँछन् । 

फागुपूर्णिमाको दिन साँझपख दत्तात्रय मन्दिर अगाडिको भीमसेनको मन्दिरबाट लिङ्ग निकाली एक व्यक्तिले बोकेर ब्रह्मायणी मन्दिरस्थित खोलामा लगेर पखाल्ने र पुनःमन्दिरमा राख्ने परम्परा छ । यसरी मन्दिरबाट खोलासम्म लिङ्ग बोकेर लैजाने व्यक्तिको त्यस वर्ष छोरा जन्मन्छ भन्ने जनविश्वास अहिलेसम्म रहेकाले लिङ्ग बोक्न छोरा नहुनेहरुबीच प्रतिष्पर्धा चल्छ ।


Advertisment
Nabil box
Kumari

लिङ्ग पखालेर भीमसेन मन्दिरमा ल्याइएपछि यस वर्षको फागुपर्व समाप्त हुन्छ । भीमसेन मन्दिरको स्थापना १७औँ शताब्दीमा राजा जगत्प्रकाश मल्लले गरेको इतिहासमा उल्लेख छ । ती राजाको समय नेसं ७८१ र ७९२ मा लेखिएका फागुसम्बन्धी गीत पाइएका कारणले यसको थप पुष्टि हुने धौभडेल बताउनुहुन्छ ।

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x