×

NMB BANK
NIC ASIA

किन चलेनन् सलमानका यी फिल्म ?

फागुन १२, २०७४

NTC
Premier Steels

सलमान खान अभिनीत पछिल्लो फिल्म टाइगर जिन्दा है ले उत्कृस्ट व्यापार गरेको छ ।

Muktinath Bank

सलमान अभिनीत यसअघिको फिल्म ट्युबलाइट असफल भएको थियो । पछिल्लो दशकमा सलमान अभिनीत लगभग सबै फिल्म सुपरहिट भएका छन् । तर, उनले केही सुपरफ्लप फिल्म पनि दिएका छन् । मैने प्यार किया, साजन, करण अर्जुन, जुडवा, प्यार किया तो डरना क्या, हम दिल दे चुके सनम, नो इन्ट्री, वान्टेड, दबंग, दबंग २, एक था टाइगर, किक, रेडी, सुल्तान सलमानका ब्लकबस्टर फिल्म हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

निश्चय
सलमान खान अभिनीत फ्लप फिल्म हो, निश्चय । सन् १९९२ मा रिलिज भएको सो फिल्मको इमाइल श्राफले निर्देशन गरेका हुन् । फिल्ममा सलमानका साथमा विनोद खन्ना र करिश्मा कपुर मुख्य भूमिकामा थिए । फिल्मले जम्मा ९५ लाख भारु व्यापार गरेको बताइन्छ । जबकि, फिल्मको बजेट साढे तीन करोड भारु बताइन्छ ।


Advertisment
Nabil box
Kumari

मझधार
सलमान अभिनीत अर्काे फ्लप फिल्म हो, मझधार । २९ मार्च १९९६ मा रिलिज भएको यो फिल्मको पनि इमाइल श्राफले निर्देशन गरेका हुन् । सलमानका बाबु सलिम खानले लेखेको फिल्ममा सलमानका साथमा मनीषा कोइराला, राहुल रोयलगायतले अभिनय गरेका छन् । तीन करोडमा बनेको फिल्मले झन्डै एक करोड मात्रै व्यापार गरेको बताइन्छ ।

Vianet communication

सूर्यवंशी
राकेश कुमारको निर्देशनमा बनेको सूर्यवंशी १४ फेब्रुअरी १९९२ मा रिलिज भएको थियो । फिल्ममा सलमानका साथमा अमृता सिंह मुख्य भूमिकामा थिइन् । फिल्मले जम्मा एक करोड पाँच लाख भारु व्यापार गरेको बताइन्छ ।

कुर्वान
सलमानको अर्काे फ्लप फिल्म हो, कुर्वान । ३१ मार्च १९९१ मा रिलिज भएको यो फिल्मले निर्मातालाई चुर्लुम्मै डुबाएको थियो । साढे तीन करोड भारु लागेको फिल्मले एक करोड आठ लाख भारुको मात्र व्यापार गरेको थियो । दीपक बाहरे निर्देशित फिल्ममा सलमानका साथमा आयशा जुल्का, सुनील दत्त, कबिर बेदी, गुल्सन ग्रोभरलगायतले अभिनय गरेका छन् ।

एक लड्का एक लड्की
विजय सदानाको निर्देशनमा बनेको एक लड्का एक लड्की पनि सलमानको फ्लप फिल्म हो । १८ जुन १९९२ मा रिलिज भएको फिल्ममा सलमानका साथमा नीलम, अनुपम खेरलगायतका कलाकार मुख्य भूमिकामा थिए । दुई करोड भारु लगानी लागेको फिल्मले मुस्किलले एक करोड कमाएको थियो ।

दिल तेरा आसिक
लरेन्स डिसुजाले निर्देशन गरेको दिल तेरा आसिक पनि फ्लप भएको थियो । २२ अक्टुवर १९९३ मा रिलिज भएको फिल्ममा सलमानका साथमा माधुरी दीक्षित र अनुपम खेर मुख्य भूमिकामा थिए । चार करोड लगानी लागेको फिल्मले दुई करोड मात्र कमाएको थियो ।

चाँदका टुकडा
सावनकुमार टाकले निर्देशन गरेको चाँदका टुकडा पनि दर्शकले मन पराएनन् । १९ अगस्ट १९९४ मा रिलिज भएको फिल्ममा सलमान र श्रीदेवी मुख्य भूमिकामा थिए । प्रेमकथानक फिल्ममा सलमानभन्दा श्रीदेवीलाई हाइलाइट गरिएको थियो । फिल्मले जम्मा दुई करोड भारु व्यापार गरेको थियो ।

जागृति
सलमानको अर्काे सुपर फ्लप फिल्म हो जागृति । ३ जुलाई १९९२ मा रिलिज भएको फिल्मले जम्मा दुई करोड भारुको व्यापार गरेको थियो । जबकि, फिल्मको लगानी सात करोड भारु बताइन्छ । फिल्ममा सलमानका साथमा करिश्मा कपुर मुख्य भूमिकामा थिइन् । सुरेश कृष्णले निर्देशन गरेको फिल्मको निर्माता एसआर सेट्ठी हुन् ।

चन्द्रमुखी
२२ अक्टुबर १९९३ मा रिलिज भएको चन्द्रमुखी पनि सलमानको फ्लप फिल्म हो । देवालय डेको निर्देशनमा बनेको फिल्ममा सलमानका साथमा श्रीदेवी र मनीष बहल मुख्य भूमिकामा छन् । आठ करोड भारुमा बनेको फिल्मले जम्मा सवा दुई करोड व्यापार गरेको थियो ।

संगदिल सनम
सलमानको संगदिल सनम पनि फ्लप फिल्म हो । २ फेब्रुअरी १९९४ मा रिलिज भएको फिल्ममा मनीषा कोइराला हिरोइन छिन् । झन्डै १० करोड भारुमा बनेको फिल्मले साढे तीन करोड मात्र कमाएको थियो । सोमु मुखर्जीले निर्देशन गरेको फिल्मका गीत भने चर्चित थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

बैशाख ५, २०८१

कवि उपेन्द्र सुब्बाको दोस्रो निर्देशकीय फिल्म ‘मनसरा’को ट्रेलर सार्वजनिक भएको छ ।  काठमाडौंमा बुधवार आयोजित एक कार्यक्रमबीच सार्वजनिक ट्रेलर सार्वजनिक गरिएको हो । चार मिनेट लामो ट्रेलरमा य...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

बैशाख ६, २०८१

यतिबेला भारतमा बलिउडका स्टार अभिनेताहरूमाथि सुरक्षा खतरा बढेको छ । सलमान खानपछि शाहरख खानमाथि पनि सुरक्षा खतरा बढेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।  केही दिनअघि मुम्बईस्थित सलमानको घरबाहिर फ...

फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x