×

NMB BANK
NIC ASIA

चिनियाँ साहित्कारबारे नेपालमा चर्चा : को हुन् लु सुन ?

फागुन १९, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ, १९ फागुन– साहित्यको माध्यमबाट सामाजिक रुपान्तरण तथा राजनीतिक परिवर्तनमा चिनियाँ साहित्यकार ‘लु सुन’ को महत्वपूर्ण भूमिका रहेको औँल्याइएको छ । 

देवकोटा–लु सुन प्रज्ञा–प्रतिष्ठानले आज यहाँ आयोजना गरेको ‘लु सुनका निबन्ध : सामाजिक तथा राजनीतिक महत्व’ विषयक अन्तक्र्रियाका वक्ताले लु सुनका निबन्धले अन्तर्राष्ट्रिय रुपमै सामाजिक चेतना अभिवृद्धि गर्न योगदान पुगेको बताए । 

चीनका विभिन्न प्रान्तबाट आएका विज्ञहरुले साहित्यकार लु सुनको साहित्यिक जीवन र चिनियाँ सांस्कृतिक क्रान्तिमा पु¥याएको योगदानको व्याख्या गर्दै आजको सन्दर्भमा पनि लुका सांस्कृतिक दर्शन सान्दर्भिक भएको उल्लेख गरे । 
नेपाली लेखक तथा साहित्यकारको जमघट रहेको उक्त कार्यक्रमका चिनियाँ साहित्यकार लु नेपालको कम्युनिष्ट आन्दोलनका लागि प्रेरक भएको पनि व्याख्या गरिएको थियो । 

कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले चिनियाँ साहित्यका पिताका रुपमा मानिने साहित्यकार लु सामाजिक रुपान्तरण अभियन्ताका रुपमा पनि स्थापित भएको र उहाँका ग्रन्थ नेपाली अध्येताका लागि उपयोगी हुने बताए । 

Sagarmatha Cement
Muktinath Bank

उनले साहित्यको माध्यमबाट दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ तुल्याउन प्रतिष्ठानले आफ्नो भूमिकालाई बढाएको सन्दर्भमा यस्ता कार्यक्रमले आपसी संस्कृति प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुग्ने धारणा व्यक्त गरे । 

देवकोटा लु सुन प्रतिष्ठानका अध्यक्ष निनु चापागार्इंले चीनको आधुनिक साहित्यका प्रवद्र्धक लु चिनियाँ सांस्कृतिक क्रान्तिको रुपान्तरण तथा नेपालको कम्युनिष्ट आन्दोलनका प्रेरक भएको उल्लेख गरे । 

कार्यक्रममा लु सुन सङ्ग्रहालय बेइजिङका कार्यकारी निर्देशक हुवाङ कियाओसेङ, विज्ञहरु वाङ जियापिङ, झाओ जिनहु, दोङ विन्गुये र जियाङ यिछिनले लुका विविध पक्षबारे उल्लेख गर्दै उहाँको सिर्जनात्मक निबन्धले चीनको सांस्कृतिक क्रान्तिलाई अघि बढाउन महत्वपूर्ण योगदान पुगेको बताए । 

सो अवसरमा लुका शास्त्रीय शैलीका कविताहरु द्विभाषीय संस्करण’ नामक कृति नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले विमोचन गरेका थिए । लुका कवितालाई नेपाली र अंग्रेजी भाषामा अनुवाद गरिएको छ । 

त्यसैगरी, नेपालमा लु सुनबारे पहिचान गराउन योगदान पु¥याउने साहित्यकार शान्तदास मानन्धरलाई नगद रु ५० हजारसहित सम्मान गर्ने घोषणा गरियो । उक्त पुरस्कार आगामी कार्यक्रममा प्रदान गरिने संस्थाले जनाएको छ । 

साहित्य क्षेत्रबाट समाजमा भएका विकृतिबारे चिरफार गर्ने लु सुनले शुरुमा आलोचनात्मक ढंगले समाजलाई बदल्न महत्वपूर्ण योगदान गर्नुभएको थियो । उहाँका सामाजिक तथा राजनीतिक परिवर्तनसँग जोडिएका धेरै कृति छन् जुन चीनमा मात्र नभई अन्य एशियाली मुलुकमा समेत चर्चित छन् । 

चिनियाँ कम्युनिष्ट पार्टीका तत्कालीन सर्वोच्च नेता माओत्सेतुङले साहित्यकार लु सुनलाई चीनको सांस्कृतिक क्रान्तिको कमाण्डरको रुपमा समेत व्याख्या गरेका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

विसं २०७९ को मदन पुरस्कार प्राप्त गरेको ‘ऐँठन’ उपन्यासका लेखक विवेक ओझालाई गृहनगर टीकापुरमा विभिन्न संघसंस्थाले सम्मान गरेका छन् । ओझालाई नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखा, उद्योग वाणिज्य सङ्घ, ...

मंसिर २, २०८०

गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...

असोज ५, २०८०

वरिष्ठ मुटु रोग विशेषज्ञ डा. ओम मूर्ति ‘अनिल’द्वारा लिखित पुस्तक ‘जीवन्त सम्बन्ध’  लोकार्पण गरिएको छ। शुक्रबार राजधानीको बसुन्धरामा एक कार्यक्रमकाबीच लेखक डा. ओम मूर्तिकी आमा राजकुमा...

असोज ६, २०८०

सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...

कात्तिक ८, २०८०

पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...

कात्तिक १३, २०८०

वरिष्ठ पत्रकार तथा साहित्यकार आचार्य कमल रिजालद्वारा लिखित उपन्यास ‘सुकर्म’को अंग्रेजी संस्करण ‘डीप क्वेस्ट' प्रकाशित भएको छ । २०६९ सालमा नेपालीमा प्रकाशित उक्त उपन्यासको अंग्रेजी संस्करणलाई स...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x