×

NMB BANK
NIC ASIA

नेपालमा कम्युनिस्टको ‘क्रेज’, भारतमा मोदीले ढाले २५ वर्षे वामपन्थी शासन !

फागुन २०, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

नेपालमा वामपन्थी दलले दुई तिहाइ बहुमतसहितको सरकार बनाउने कसरत गरिरहेको बेलामा छिमेकी मुलुक भारतमा भने २५ वर्षदेखि शासन चलाउँदै आएको कम्युनिस्ट पार्टीको सरकारलाई केन्द्रमा सत्तारूढ भारतीय जनता पार्टीले परास्त गरेको छ । नेपालमा वामगठबन्धनको सरकार नबनोस् भन्ने चाहना राखेको नरेन्द्र मोदी नेतृत्वको भाजपा सरकाले आफ्नै मुलुकको पूर्वोत्तर राज्य त्रिपुरामा कम्युनिस्ट गढ भत्काएको हो । 

Muktinath Bank

सकेसम्म वाम गठबन्धन बन्न नदिने खेल भारतको सत्तारुढ दलले खेलेको र नेपाललाई हिन्दू राज्य बनाउन प्रयास गरिरहेको आरोप लागिरहेको बेला हिन्दूवादी मुद्दा उठाउने नरेन्द्र मोदीको सरकारले भारतको पूर्वोत्तर राज्यमा बलियो उपस्थिति जनाएको छ । भारतीय सरकारको अवस्थाले नेपालको राजनीतिमा पनि प्रभाव पार्ने गरेकोले पछिल्लो मत परिणामले नेपालमा कस्तो प्रभाव पार्छ त्यो भने समयले देखाउनेछ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

खुम्चिए वाम र क‌ग्रेस


Advertisment
Nabil box
Kumari

भारतका तीन पूर्वोत्तर राज्यहरू त्रिपुरा, नागाल्यान्ड र मेघालयमा हालै सम्पन्न विधानसभा निर्वाचनको शनिवार घोषित मतपरिणाममा भारतीय जनता पार्टी (भाजपा) ले उत्कृष्ट प्रदर्शन गर्दै कांग्रेस र वामपन्थी दलहरूलाई परास्त गरेको छ । 

Vianet communication
Laxmi Bank

त्रिपुरामा भाजपाले क्षेत्रीय दल इन्डिजिनस पीपुल्स फ्रन्ट अफ त्रिपुरा (आईपीएफटी) सँगको साझेदारीमा ४३ सीटमा विजय प्राप्त ग–यो । बहुमत ल्याउने दाबी गरिरहेको वाम मोर्चा अर्थात् लेफ्ट फ्रन्ट जम्मा १६ सीटमा खुम्चियो । त्रिपुरामा कुल ६० सीट छन् ।

 नागाल्यान्डमा पनि ६० सीटमा भएको निर्वाचनमा भाजपाले नेसनलिस्ट डेमोक्रेटिक प्रोग्रेसिभ पार्टी (एनडीपीपी) सँग मिलेर २९ सीट जित्यो । नागा पीपुल्स फ्रन्ट (एनपीएफ) ले २७ सीटमा चित्त बुझायो । अन्य दलले चार सीट जिते । भाजपा सम्मिलित गठबन्धनले त्यहाँ सरकार बनाउने पक्का छ ।

मेघालयमा भने भारतीय कंग्रेस २१ सीटका साथ सबभन्दा ठूलो दल बन्यो अनि भाजपाले जम्मा दुई सीट ल्यायो । यहाँ पनि ६० सीट रहेकोमा नेसनल पीपुल्स पार्टी (एनपीपी) ले १९ सीट जित्यो भने अन्य दलले १७ सीट जिते । एनपीपीका कोनराड साङ्माले अन्य दलसँग मिलेर सरकार बनाउने सम्भावना छ । 

यी तीनैवटा निर्वाचनमा फाइदा प्रत्यक्ष रूपमा भाजपालाई भयो । कंग्रेसमुक्त भारतको नारा दिएका प्रधानमन्त्री नरेन्द्र मोदीले हिन्दी बेल्टमा सीमित रहेको आफ्नो दल भाजपालाई वास्तवमा राष्ट्रिय पार्टी बनाउन सफल भए । यससँगै भाजपाको एकल तथा गठबन्धन सरकार भएको राज्यको संख्या २१ पुगेको छ ।

पूर्वोत्तर राज्यहरूमा हिन्दूवादी छवि भएको भाजपाको केही वर्षअघिसम्म पनि अस्तित्व थिएन । तर पूर्वोत्तरका तीन राज्यमा अघिल्लो चुनावको तुलनामा भाजपाले ६१ प्रतिशत बढी मत प्राप्त गरेको छ । अघिल्लोपटक उसले ४.५ मत प्रतिशतका साथ जम्मा एक सीट जितेको थियो । अघिल्लो चुनावमा यी तीन राज्यमा ७४ सीटमा चुनाव लडेको भाजपाको ७० सीटमा त जमानत जफत भएको थियो । 

त्रिपुराको कुरा गर्दा भाजपालाई फाइदा हुँदा कांग्रेस चाहिँ माटोमै मिसियो । अघिल्लो चुनावमा ३६.५३ मत प्रतिशत रहेको कांग्रेस जम्मा १.८ मत प्रतिशतमा खुम्चियो । पहिले १० सीट जितेको पार्टीले यसपाली खाता पनि खोल्न सकेन । 

भाजपाको जीतमा उसको सांगठनिक शक्ति नै प्रमुख कारण हो । पार्टीका ५२ केन्द्रीय मन्त्री तथा २०० भन्दा बढी सांसद तथा नेताले त्रिपुरा राज्यमा चुनावी –याली गरे । प्रधानमन्त्री मोदी आफैंले त्यहाँ चार –याली गरे । भाजपा अध्यक्ष अमित शाह पनि ६ रातसम्म त्यहाँ बसे । 

अन्य राज्यको भन्दा त्रिपुराको विजय भाजपाका लागि महत्त्वपूर्ण रह्यो । त्यहाँ कम्युनिस्ट पार्टी अफ इन्डिया (मार्क्सवादी) ले अविच्छिन्न रूपमा २५ वर्ष शासन चलाएको थियो । लालकिल्ला ढलाउनका लागि भाजपाले दुई वर्षदेखि लगातार प्रयास गरिरह्यो । आक्रामक अभियानमार्फत उसले आफूलाई प्रमुख विपक्षीका रूपमा उभ्यायो अनि चुनाव जित्ने रणनीति विकसित गर्दै गयो । 

मजबूत सांगठनिक प्रचारका अलावा भाजपाले विकासको नारा दिएर तीन पूर्वोत्तर राज्यमा तटस्थ मतदाताको मन जित्न सफल भएको विश्लेषण अजोय आशीर्वाद महाप्रस्थले द वायरमा गरेका छन् । उनका अनुसार, हिन्दूत्व विचारधारालाई उचालेर पनि भाजपाले हिन्दूहरूको मत सोहोरेको हो । 

महाप्रस्थले त्रिपुराका बारेमा भनेको कुरामा केही दम भएपनि पछि पारिएको पूर्वोत्तर क्षेत्रमा हिन्दूत्वभन्दा पनि विकासको एजेन्डा उठाएकाले भाजपाको जीत सुनिश्चित भएको देखिन्छ । नागाल्यान्ड र मेघालयमा क्रिस्चियनहरूको बहुमत छ र त्यहाँ चर्चको बोलबाला हुन्छ । शक्तिशाली चर्चहरूले भाजपालाई राज्यमा राजनीति गर्न निरुत्साहित गरेको भएपनि उसले क्षेत्रीय दलसँग सटीक गठबन्धन गर्न सक्यो अनि सही कार्यक्रमसहितको विकास योजना पनि प्रस्तुत ग–यो । त्यसले नै उसको विजय सुनिश्चित गरायो । (तर मेघालयमा गाईको मासुको मुद्दा उठेकाले भाजपाको जीत नभएको विश्लेषण पनि भइरहेको छ ।)

प्रधानमन्त्री बनेलगत्तै नरेन्द्र मोदीले पूर्वोत्तर राज्यहरूको भ्रमण गरेर उनीहरूलाई देशको मूलधारमा ल्याउने प्रयत्न गरिरहेका थिए । भारत स्वतन्त्र भएको यत्तिका वर्षमा पनि पूर्वोत्तर राज्यहरूको स्थिति नाजुक रह्यो र उनीहरूप्रति अन्य राज्यको व्यवहार भेदभावपूर्ण रह्यो । उनीहरूमा यसबाट जन्मेको आक्रोशलाई व्यक्त गर्ने माध्यम भाजपाले दिलाएको भन्न सकिन्छ ।   

कम्युनिस्ट पार्टीको वेवास्ता

आफ्ना विपक्षीहरूका तुलनामा भाजपाको चुनावी रणनीति कति प्रभावशाली हुन्छ भन्ने त मोदी प्रधानमन्त्री भएपछिका विधानसभा निर्वाचनहरूले देखाइसकेका छन् । त्रिपुरामा पनि उसले आईपीएफटी जस्तो कबिलाहरूका लागि पृथक् राज्यको माग गरिरहेको दलसँग गठबन्धन गर्न हिचकिचाएन । अनि सत्तारूढ कम्युनिस्ट पार्टीले सामाजिक विकासको नमूनालाई विश्वसनीय रूपमा प्रचार गर्न नसक्दा भाजपाले निजी लगानीमार्फत विकासको अवधारणालाई सफलतापूर्वक अघि सा–यो । 

अनि उसले राज्यमा तलबमानको स्थिति पूरै देशको भन्दा कम रहेको तथ्य उजागर गर्दै युवाशक्तिलाई कम तलब दिएर सरकारले अन्याय गरिरहेको तर्क पेश गर्न सफल भयो । यसले गर्दा पनि युवाहरूले आफ्नो परिवारसँग विमति राख्दै भएपनि भाजपालाई मत दिएको विश्वास गरिएको छ भन्ने विश्लेषण दी इन्डियन एक्सप्रेसमा इशा रोयले गरेकी छन् ।

दुई दशकभन्दा बढी त्रिपुरामा शासन चलाएको कम्युनिस्ट पार्टीले राज्यमा पार्टीविरुद्ध जनमत सिर्जना भएको कुरालाई वास्तै गरेन । उक्त राज्यमा देशकै सबभन्दा धेरै बेरोजगारहरू रहेका विभिन्न तथ्यांकले देखाउँछन् । नयाँ पुस्ताले अत्यन्त कम रोजगारीका अवसर पाएकाले उनीहरूमा असन्तोषको मात्रा बढिरहेको थियो । वामपन्थी दलले आफूलाई गरीबमुखी देखाएपनि त्रिपुराका युवाहरूलाई त्यसको कुनै मतलब रहेन जबकि युवा मतदातालाई भाजपाले दिएको विकास र आर्थिक वृद्धिको नाराले आकर्षित ग–यो ।

त्रिपुरामा हारपछि अब कम्युनिस्ट सरकार केरलमा मात्र बाँकी छ र वामहरूको सूर्यास्त भएको टिप्पणीहरू आउन थालेका छन् ।

दुई तिहाइको आँकलन

वर्षौंदेखिको लालकिल्ला ढलाएको भाजपालाई सन् २०१९ को लोकसभा निर्वाचनमा चुनौती दिने दल नै नदेखिएको अवस्था छ । यसले गर्दा पार्टीमा दम्भ आउने र पहिले कंग्रेस पार्टीले यस्तै घमण्डका कारण बेहोरेको पतनको स्थिति उसले पनि भोग्नुपर्ने हुन सक्छ । तर मतदाताहरूलाई गरेको वाचा पूरा गर्दै गएमा अनि सुशासनको अनुभव दिलाएमा भाजपाको अविच्छिन्न शासनलाई कसैले पनि रोक्न सक्दैन । आगामी आमनिर्वाचनमा भाजपाले दुई तिहाइ बहुमत ल्याउनसक्ने अनुमान गर्नु हतारो होला त ?

एजेन्सीहरूको सहयोगमा
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

मंसिर १९, २०८०

कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...

पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x