×

NMB BANK
NIC ASIA

बुटवल, २१ फागुन– आमा नेपाली नागरिक तर बाबुको अवस्था पत्ता नलागेका रुपन्देही जिल्लाका युवायुवतीले हालसम्म पनि नागरिकता पाएका छैनन् । यद्यपि संविधानले त्यस्ता व्यक्तिले अन्य नेपाली नागरिकसरह नागरिकता पाउनुपर्ने व्यवस्था गरेको छ ।

Muktinath Bank

इलाका प्रशासन कार्यालय बुटवलको नागरिकता फाँटमा आमाको नामबाट नागरिकता पाऊँ भन्दै परेका ५० भन्दा बढी निवेदनको चाङ छ । तर, त्यस्ता एउटा व्यक्तिले पनि नागरिकता पाउन सकेका छैनन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रशासन कार्यालयका निमित्त प्रमुख ध्रुवप्रसाद नेपाल बाबु बेपत्त्ता भएका ती युवायुवतीले कहिले नागरिकता पाउँछन् भन्ने बिषयमा आफू पनि स्पष्ट नरहेको बताउँछन् । 


Advertisment
Nabil box
Kumari

कुनै व्यक्तिका बाबुको मृत्यु भैसकेको वा पहिचान खुलिसकेको अवस्थामा नागरिकता दिन उति गाह्रो नभए पनि बाबुको अत्तोपत्तो नभएका अवस्थामा ऐन र प्रचलित कार्यविधी नभएका कारण नागरिकता दिन असजिलो भएकोे उनले बताए ।
 
तर, संविधानको नागरिकतासम्बन्धी धारा ११ (५) मा नेपाली नागरिक आमाबाट नेपालमा नै जन्म भएका र बाबुको पहिचान हुन नसकेका व्यक्तिलाई वंशजको आधारमा नेपालको नागरिकता प्रदान गरिनेछ भनी उल्लेख गरिएको छ । यसबारे निमित्त प्रमुख नेपाल बेखबर भने छैनन् । उनले यसो हुनुमा थप कार्यविधि तथा ऐनहरुको अभावलाई मुख्य कारण मानेका छन् । 

Vianet communication
Laxmi Bank

तर, अब बन्न लागेको प्रादेशिक सरकारले यो समस्यालाई निकै छिटो हल गर्नेमा आफू विश्वस्त रहेका उनी बताउँछन् । उनी भन्छन्–‘यो समस्या दिर्घकालीन रहँदैन । अब बन्ने नयाँ प्रादेशिक सरकारले ऐनहरु बनाउने छ ।’ 

यता जिल्ला प्रशासन कार्यालय रुपन्देहीले आमाको नामबाट नागरिकता माग्दै कम्तीमा पनि १ सय ५० भन्दा बढी निवेदनहरु आएको बताएको छ । निवेदन दिएकामध्ये एउटा पनि व्यक्तिले नागरिकता पाएका छैनन् । 

प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीका अनुसार बाबु बेपत्ता भएका सन्तानहरुको आमा नेपाली नै भए पनि उनीहरुका बाबु नेपाली या विदेशी खुल्न नसक्ने भएकाले वंशज या अंगीकृत नागरिकता के दिने भन्ने विषयमा अन्यौल छ ।

अधिकारी मैनालीले यसबारे कुनै पनि  कार्यविधी प्रचलनमा नरहेकाले अन्योल सिर्जना हुन आएको बताए । उनी भन्छन्, ‘आमाको नाममा नागरिता बारे संविधानमा लेखेता पनि कार्यविधि र ऐनहरु क्लियर (स्पष्ट) हुन नसक्दा समस्या बल्झिएको हो ।’ 

तर, संविधानमा उल्लिखित यो व्यवस्था जिल्ला प्रशासन कार्यालयले व्याख्या गरे भन्दा निकै फरक छ । संविधानको नागरिकता सम्बन्धी धारा ११ (५) को अन्त्यमा उल्लेख छ, ‘तर,बाबु विदेशी नागरिक भएको ठहरेमा त्यस्तो व्यक्तिको नागरिकता संघीय कानुनबमोजिम अंगीकृत नागरिकतामा परिणत हुनेछ ।’ 

संविधानको नागरिकतासम्बन्धी यो धाराले बाबुको ठेगान नलागेका तर नेपाली नागरिक आमाबाट नेपालमै जन्मेका जोसुकैले पनि वंशजको आधारमा नागरिकता पाउने बाटोलाई खुला गरेको छ । यदि भविष्यमा बाबु गैरनेपाली ठहरेमा उक्त नागरिकता अंगीकृतमा परिवर्तन हुने कुरा सो धाराले बताउँछ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

असोज २६, २०८०

नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x