×

NMB BANK
NIC ASIA

अग्रलेख

अब्बासीको नेपालयात्रा : क्षेत्रीय चासोको द्विपक्षीय भ्रमण

फागुन २२, २०७४

NTC
Premier Steels

पाकिस्तानका प्रधानमन्त्री शाहिद खाकन अब्बासी नेपालको संक्षिप्त भ्रमण हिजो शुरु भै आज सकिएको छ । मूलत: नेपालका नयाँ प्रधानमन्त्री खड्गप्रसाद (केपी) शर्मा ओलीलाई प्रत्यक्ष भेटेर बधाई दिने उद्देश्य रहेको जानकारी सार्वजनिक भएको छ यद्यपि अब्बासीको नेपाल- भ्रमणका अन्य आयाम पनि छन् । द्विपक्षीय सम्बन्धलाई उच्चस्तरको निरन्तरता प्रदान गर्नु एउटा पाटो हो भने ‘सार्क’ सन्दर्भको दक्षिण एसियाली क्षेत्रीय मञ्च अर्को पक्ष हो ।

Muktinath Bank

ओली यसपल्ट  प्रधानमन्त्री पदमा बहाल भएपछि नेपाल आउने पहिलो विदेशी सरकारप्रमुख पाकिस्तानका अब्बासी पर्नु एउटा संयोग हो; विमानस्थलको साटो सदर टुँडिखेलमा सैनिक सम्मान गारदका साथ औपचारिक स्वागत पाउने पहिलो पाहुना पनि अब्बासी नै पर्नु अर्को संयोग हो । नेपाल र पाकिस्तानबीचको सम्बन्धमा न्यानोपन थप्न अब्बासी-भ्रमणले सघाउ पु-याउने अनुमान गर्न सकिन्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जहाँसम्म दक्षिण एसियाका देशहरू बीचका सम्पर्क र आपसी सहयोगका विषय छन् तिनलाई क्रियाशील र सार्थक बाटोमा डोर्‍याउन नेपाल र पाकिस्तान एक तहमा सहमत भएका छन् । ओली-अब्बासी वार्तापछि सरकारी स्तरबाट सार्वजनिक गरिएका सूचनाले विगत तीनवर्ष अवरुद्ध रहेका सार्क प्र क्रिया अब निष्क्रियताको अवस्थाबाट उम्किने सङ्केत दिएका छन् । सन् २०१४ मा १८औं शिखर सम्मेलन नेपालमा भएपछि अर्को वर्ष इस्लामाबादमा आयोजना गर्दै पाकिस्तानले अध्यक्षता लिने निधो भएको थियो तर त्यसबीच भारत-पाकिस्तान सम्बन्धमा तनाउ आएकोले सम्मेलन स्थगित हुनपुग्यो । फलस्वरूप, सार्कका आर्थिक सामाजिक कार्यक्रमहरू अगाडि बढ्न सकेनन् । यस क्षेत्रमा व्याप्त गरीबी,रोग र अशिक्षाको असरलाई कम गर्ने प्रयत्न पछि पर्न गए । अब आगामी दिनमा सार्क गतिविधिमा तीव्रता आएछ भने सन् १९८५ मा स्थापित यस क्षेत्रीय संगठन बडापत्रको भावनाअनुरूप सक्रिय हुन पाउनेछ । १९औं सम्मेलन छिटै हुने अपेक्षा गरौं ।


Advertisment
Nabil box
Kumari

यातायात र सञ्चार क्षेत्रीय व्यापारको लागि पूर्वाधार हुन् भन्ने निष्कर्ष सार्कले निकै अघि निकालेको हो र ‘कनेक्टिभिटी’ त्यसै परिप्रेक्ष्यमा चर्चित नारा बनेको थियो । एक समय क्षेत्रीय व्यापारको परिमाणमा क्रमिक वृद्धि देखिएको पनि हो र सार्कका सबै मुलुकका राजधानीलाई एक-आपसमा हवाई सेवाबाट जोड्ने सिलसिला पनि बसेको थियो । पछि अकारण त्यसमा शिथिलता आयो जसले गर्दा सार्क सम्मेलन, बैठकहरूको लागि सरकारी पदाधिकारीहरूले समेत घुमाउरो र खर्चिलो बाटोबाट यात्रा तय गर्नुपरिरहेको छ । सांस्कृतिक आदानप्रदानका सिलसिलाहरू प्रभावित भएका छन् । यसकारण सार्क भावनालाई पुन: जगाउने अठोट सदस्य-राष्ट्रहरूमा आएको हो भने यसको थालनी हवाई सम्पर्क स्थापनाबाट गर्नु समयोचित ठहरिएला ।

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
जेठ ३, २०८०

प्रतिनिधिसभाको पहिलो अधिवेशनमा नेता/सांसदको हाजिरी लोकान्तर डट्कमले सार्वजनिक गरिदिएपछि नेताहरूको जवाफदेहिताको बहस शुरू भएको छ । जनप्रतिनिधिको सर्वोच्च थलो संसद्‍मा ठूला भनिएका दलका शीर्ष न...

कात्तिक १३, २०८०

संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गोटरेसको भ्रमणका बेला नेपालको शान्ति प्रक्रिया फेरि एकपटक अन्तर्राष्ट्रिय समुदायमाझ चर्चाको विषय बनेको छ ।  नेपालको शान्ति प्रक्रियाको शुरूआती चरणमा राष्ट्र संघले सहजीक...

कात्तिक १९, २०८०

जाजरकोटलाई केन्द्रबिन्दु बनाएर शुक्रवार मध्यरातमा गएको भूकम्पले कर्णाली प्रदेशका जिल्लामा धनजनको ठूलो क्षति पुर्‍यायो । आइतवार बिहानसम्म १ सय ५७ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् । सयौंको संख्याम...

चैत ९, २०८०

संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति र प्रेस स्वतन्त्रता खण्डित गर्नेगरी गृह मन्त्रालयले मंगलबार जारी गरेको परिपत्रले राज्यप्रति आशंका उब्जाएको छ । अनलाइन सञ्चार माध्यममा प्रकाशित समाचारको नियन्त्रण प्रमुख...

माघ १, २०८०

काकाकुल काठमाडौंको सपना र विकासको विद्रूप नमूना बनेको मेलम्ची खानेपानी आयोजना फेरि एकपटक उद्घाटन गरिएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बनाइएको धारो खोलेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रच...

पुस ११, २०८०

कार्यभार सम्हालेको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै कार्यशैली परिवर्तनको घोषणा गरेका छन् । ४५ मिनेट लामो सम्बोधनमा प्रचण्डले एक वर्षमा...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x