×

NMB BANK
NIC ASIA

सम्पादकीय

एकदिन पनि हाजिरी नगरी राज्यकोषबाट तलब खान शरम लाग्दैन मान्य’ज्यू ?

जेठ ३, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

प्रतिनिधिसभाको पहिलो अधिवेशनमा नेता/सांसदको हाजिरी लोकान्तर डट्कमले सार्वजनिक गरिदिएपछि नेताहरूको जवाफदेहिताको बहस शुरू भएको छ ।

Muktinath Bank

जनप्रतिनिधिको सर्वोच्च थलो संसद्‍मा ठूला भनिएका दलका शीर्ष नेताको उपस्थिति नै लाजमर्दो देखिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

संसद्‍मा उपस्थित हुनु र जनताको पक्षमा बोल्नु सांसदको मुख्य जिम्मेवारी हो । तर, हाम्रा सांसदलाई संसद्‍मा नियमित उपस्थित नहुने र उपस्थित भए पनि हाजिर गरेर टाप कस्ने रोगले सताएको छ । 


Advertisment
Nabil box
Kumari

संसद्‍मा उपस्थित नहुने पुरानो रोग ४ महिनामै नयाँ सांसदलाई पनि सरेको छ । ठूला दलका नेताले अधिवेशन शुरू भएको दोस्रो महिनादेखि नै संसद् ‘बंक’ गर्न थालेका छन् ।

Vianet communication
Laxmi Bank

संसद्‍मा गयल हुने रोग नयाँ भनिएका दल र युवा सांसदमा समेत देखा परेको छ । 

संसदीय लोकतन्त्रलाई आदर्श मान्ने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले हिउँदे अधिवेशनअन्तर्गत फागुन महिनामा एकदिन पनि उपस्थित नभई तलब लिए ।

हिउँदे अधिवेशनमा २८ दिन संसद् चलेकोमा उनी ११ दिनमात्र उपस्थित भए । के त्यस्तो काबुबाहिरको परिस्थिति निर्माण भयो र देउवा संसद्‍मा उपस्थित हुन सकेनन् ? देउवा एक्ला होइनन्, कांग्रेस र एमालेका अन्य कयौं सांसदले महिनामा एकदिन पनि हाजिर नगरी तलब बुझे । 

महिनामा एकदिन पनि संसद्‍मा उपस्थित हुन सक्दैनन् भने त्यस्ता नेता किन निर्वाचित भएर आउने ? असल व्यक्तिलाई निर्वाचित भएर आउन नदिन करोडौं रुपैयाँ किन खर्चिने ? के सांसदको काम भ्रष्टाचार र तस्करी मात्र हो ? गरीब नेपाली जनताको करबाट उठेको पैसाले तलब खाने सांसद यो हदसम्म गैरजिम्मेवार र अनैतिक बन्न मिल्छ ? आफूलाई भोट दिएर जिताउने जनताप्रति जवाफदेही हुनुपर्दैन ? 

आफैं संसद्‍मा अनुपस्थित हुनेले नैतिकता र सुशासनको हाँक दिन मिल्छ ? आफू संसद्‍मा उपस्थित नहुने सांसदले कुन नैतिकताले कर्मचारीलाई प्रश्न उठाउन सक्छन् ? काम नगरी तलब लिनु अनैतिक हो । 

मंसिरको आमनिर्वाचन र वैशाखको उपनिर्वाचनपछि राजनीतिक दलमा सच्चिने बहस खुबै चल्यो । तर, नेताहरूको आचरणले सच्चिने लक्षण देखाएन ।

सच्चिने भनेको भाषणमा कि व्यवहारमा ? नेताहरू पारदर्शी नभई उनीहरू सच्चिन भनेर कसरी विश्वास गर्ने ?

 


hAMROPATRO BELOW NEWS
TATA Below
माघ २५, २०८०

काठमाडौं जिल्ला अदालतको एक आदेशका कारण बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा घोटाला प्रकरणको अनुसन्धान यत्तिकै रोकिने हो कि भन्ने चिन्ता बढेको छ । जग्गा हिनामिनाबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्...

पुस ११, २०८०

कार्यभार सम्हालेको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै कार्यशैली परिवर्तनको घोषणा गरेका छन् । ४५ मिनेट लामो सम्बोधनमा प्रचण्डले एक वर्षमा...

माघ १, २०८०

काकाकुल काठमाडौंको सपना र विकासको विद्रूप नमूना बनेको मेलम्ची खानेपानी आयोजना फेरि एकपटक उद्घाटन गरिएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बनाइएको धारो खोलेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रच...

कात्तिक १९, २०८०

जाजरकोटलाई केन्द्रबिन्दु बनाएर शुक्रवार मध्यरातमा गएको भूकम्पले कर्णाली प्रदेशका जिल्लामा धनजनको ठूलो क्षति पुर्‍यायो । आइतवार बिहानसम्म १ सय ५७ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् । सयौंको संख्याम...

फागुन २१, २०७९

कर्मचारीलाई तलब खुवाउन समेत हम्मेहम्मे पर्नेगरी देशको अर्थतन्त्र जर्जर अवस्थामा चलिरहेको छ । कोरोना महामारी र युक्रेन युद्धबाट सिर्जित समस्याका कारण अर्थतन्त्र लामो समयदेखि शिथिल छ । बजार चलायमान बन्न सकेको छ...

भदौ २४, २०८०

संघीयताप्रति नै वितृष्णा जगाउने गरी कोशी प्रदेशसभामा भइरहेको संविधानको खेलबाडमाथि सर्वोच्चले रोक लगाइदिएको छ । मुख्यमन्त्रीका रूपमा कांग्रेस संसदीय दलका नेता उद्धव थापाले प्रदेश सभामा लिएको विश्वासको मतसम्बन्...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x