×

NMB BANK
Dabur

देशमा सुशासन र पारदर्शी व्यवस्थाको बहस भइरहेको समयमा संघीय संसद्का कतिपय सांसदले एक दिन पनि हाजिरी नगरी महिनाभरको तलब बुझेको पाइएको छ । 

Sagarmatha Cement
Muktinath Bank

कांग्रेस सभापति शेरबहादुर देउवालगायत झण्डै एक दर्जन सांसदले एकदिन पनि हाजिरी नगरी फागुन महिनाको तलब खाएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसैगरी एक दर्जन सांसदले हिउँदे अधिवेशनअन्तर्गत वैशाख महिना (वैशाख १ देखि १५ गते)मा एक दिन पनि हाजिरी नगरी तलब पचाएका छन् ।


Advertisment
SBL

संघीय संसद् सचिवालयले लोकान्तरडट्कमलाई उपलब्ध गराएको सांसदको हिउँदे अधिवेशनको हाजिरी विवरणमा एकै दिन पनि हाजिरी नगरी केही सांसदले महिनाभरको तलब खाएको पाइएको हो । 

Vianet communication
Laxmi Bank

२०७९ मंसिर ४ गते सम्पन्न निर्वाचनपछि गठन भएको प्रतिनिधिसभाको पहिलो अधिवेशन पुस २५ गते शुरू भएको थियो । पुस २५ गते शुरू भई वैशाख १५ गतेसम्म चलेको अधिवेशनका १ सय १० दिनमा प्रतिनिधिसभाको २८ र संयुक्त सदनको एउटा बैठक बसेको थियो । कुनै पनि सांसद प्रतिनिधि सभाको सबै बैठकमा उपस्थित भएका छैनन् । 

वैशाख महिनामा (१५ गतेसम्म) प्रतिनिधि सभाका ६ वटा बैठक बसेका थिए । हिउँदे अधिवेशनको अन्तिम महिनाका ६ बैठकमा १२ जना सांसद एकदिन पनि उपस्थित भएनन् । 

नेपाली कांग्रेसका अजय चौरसिया, एमालेका अमृतलाल राजवंशी, कांग्रेसका किशोरसिंह राठौर, एमालेका गंगा यादव लगायत सांसद उपस्थित भएनन् ।

जुली महतो, पृथ्वी सुब्बा गुरुङ, प्रतीक्षा तिवारी, मंगलप्रसाद गुप्ता, राजकुमार गुप्ता, लीलानाथ श्रेष्ठ र सराज अहमद फारुकी वैशाख १ देखि १५ गतेसम्मका कुनै पनि बैठकमा उपस्थित भएनन् ।

संसद्मा उपस्थित नभए पनि सांसदहरूले पाउने सुविधा भने छाडेका छैनन् ।

संघीय संसद्का सांसदले प्रतिमहिना ६६ हजार ७० रुपैयाँ पाउँछन् । बत्ती, पानी, पत्रपत्रिका र सञ्चार खर्च समेत गरेर उनीहरूले ७२ हजार पाउने गरेका छन् ।

घर नहुनेले मासिक १८ हजार पाउँछन् भने हुनेले मर्मतका नाममा ९ हजार पाउँछन् । 

संघीय संसद् सचिवालयका प्रमुख लेखा नियन्त्रण प्रेममन्द्र भुसालले निलम्बनमा परेका बाहेकका सांसदहरूको तलब नरोकिएको जानकारी दिए । 

‘संसद्मा हाजिर भए मात्र तलब जाने, नभए नजाने भन्ने हुँदैन । निलम्बनमा परेकाबाहेक सबै सांसदको तलब खातामा गएको छ,’ भुसालले लोकान्तरसँग भने ।

सांसदसँगै उनका पीएले पनि अधिकृतस्तरको तलब पाउने गरेका छन् ।

null

जो महिनामा एक दिन पनि उपस्थित भएनन्

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पुस २५ देखि वैशाख १५ गतेसम्म चलेको संसदको हिउँदे अधिवेशन अन्तर्गत  २०७९ फागुन महिनामा एक दिन पनि संसद्मा हाजिर भएनन् । 

संसद्मा गयल भए पनि उनको खातामा राज्यकोषबाट तलब भने गएको छ । स्याङ्जाबाट प्रत्यक्ष निर्वाचित नेपाली कांग्रेसका राजु थापा र सुर्खेतबाट निर्वाचित हृदयराम थानी पनि फागुनमा एकै दिन पनि उपस्थित भएनन् । 

नेकपा एकीकृत समाजवादीका सांसद अम्बरबहादुर थापा फागुन महिनामा १ दिन पनि उपस्थित भएनन् । फागुन ३ देखि १५ गतेसम्म संसदका ४ बैठक बसेका थिए ।

म्याग्दीबाट निर्वाचित नेपाली कांग्रेसका खमबहादुर गर्बुजा पनि फागुनमा एउटै बैठकमा सहभागी भएनन् । संसद् सचिवालयले लोकान्तरडट्कमलाई उपलब्ध गराएको हाजिरी विवरणअनुसार जनमत पार्टीका डा. सीके राउत, सुनसरीका सांसद नबलकिशोर साह सुडी र एमालेका भीमप्रसाद आचार्य पनि संसद्मा फागुनमा पूरै गयल देखिएका छन् । 

नेसपाका महिन्द्र राय यादव पनि फागुनमा गयल हुने सांसद हुन् । यादव चैत १७ गते मात्र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री बनेका थिए । अहिले उनी खानेपानी मन्त्री छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनको सरकारमा तत्कालीन अवस्थामा उपप्रधानमन्त्री रहेका राजेन्द्र लिङ्देन तथा मन्त्री रहेका विक्रम पाण्डे पनि फागुनमा एक दिन पनि उपस्थित भएनन् ।

प्रधानमन्त्री र मन्त्री भने संसद्मा अनिवार्य उपस्थित हुनुपर्ने बाध्यकारी व्यवस्था छैन । 

माओवादीका वर्षमान पुनः तथा सांसदहरू मनोरमा शेरचन र विना कुमारी थनैत अस्वस्थताका कारण संसद्मा उपस्थित भएका छैनन् ।

संसद् शुरू भएयता शेरचन एउटै बैठकमा पनि उपस्थित भएकी छैनन् । वैशाख १५ गते अधिवेशन अन्त्यको दिनमा उनले २९ वटा बैठकको बिदा स्वीकृत गराएकी थिइन् ।

ग्यास सिलिन्डर विस्फोटमा जलेर घाइते भएका नेपाली कांग्रेसका चन्द्र भण्डारी फागुन ४ गतेपछि बिदामा छन् । 

भारतमा उपचार गराएर हालै स्वदेश फर्केका भण्डारी अझै संसद्मा जान सकेका छैनन् । उनले १८ वटा बैठकको बिदा स्वीकृत गराएका छन् ।

वर्षमान पुन र विना थनैतले २६ बैठकको बिदा स्वीकृत गराएका छन् । 

नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरी फरार छन् भने भ्रष्टाचार मुद्दा लागेका कारण कांग्रेसका टेकबहादुर गुरुङ निलम्बित अवस्थामा छन् । 

शीर्ष नेतामा माधव नेपाल धेरै, देउवा कम उपस्थित

संसदको हिउँदे अधिवेशनमा  प्रमुख दलका शीर्ष नेता प्रतिनिधि सभाका बैठकमा ५० प्रतिशतको हाराहारीमा उपस्थित भएका छन् । 

संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा २८ मध्ये ११ बैठकमा मात्र उपस्थित भएका छन् । पुस महिनामा २ र माघ महिनामा ५ बैठकमा उपस्थित भएका देउवा फागुन महिनामा एकदिन पनि उपस्थित भएनन् । वैशाख महिनामा उनी एक दिनमात्र उपस्थित भएका छन् । 

संसद्को दोस्रो ठूलो दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली देउवाभन्दा धेरै उपस्थित भएका छन् । प्रमुख प्रतिपक्षी दल एमालेको संसदीय दलका नेता समेत रहेका ओली २८ मध्ये १४ बैठकमा उपस्थित भएका छन् । पुस र माघ माहिनामा पूरै उपस्थित भएका ओली वैशाखमा भने एउटा मात्र बैठकमा उपस्थित भए । 

संसद्को तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संसद्का ९ वटा बैठकमा मात्र उपस्थित भएका छन् । 

पुसमा २, माघमा ५ र चैत्रमा २ बैठकमा उपस्थित भएका प्रचण्ड फागुन र वैशाखमा भने एउटै बैठकमा उपस्थित भएनन् । वैशाखमा (१५ गतेसम्म) ६ र फागुनमा ४ बैठक बसेका थिए । 

प्रधानमन्त्री संसद् बैठकमा उपस्थित नभएकोमा कटाक्ष गर्दै नेकपा एमालेका सांसद रघुजी पन्तले संसद्मा प्रधानमन्त्री हराएको सूचना सुनाएका थिए । 

प्रतिनिधि सभाका सदस्यहरू सभामुखलाई जानकारी नगराई लगातार १० बैठकमा उपस्थित नभएमा सांसद पद जान्छ । प्रधानमन्त्री र मन्त्रीको हकमा भने यो लागू हुँदैन । 

संसद् अधिवेशन शुरू भएको केहीदिनमै सर्वोच्च अदालतले नागरिकता अवैध ठहर गरेर सांसद पद गएपछि चौथो दलका सभापति रवि लामिछाने पहिलो अधिवेशनमा धेरै उपस्थित हुन सकेनन् ।

रास्वपा उपसभापति डीपी अर्याल २८ मध्ये २४ बैठकमा उपस्थित भएका छन् ।

पाँचौं दल राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन भने २८ मध्ये १६ वटा बैठकमा सहभागी भएका छन् । 

null

पूर्वप्रधानमन्त्री एवं नेकपा एसका अध्यक्ष माधव नेपाल शीर्षमध्ये धेरै उपस्थित हुने नेतामा पर्छन् ।

२८ मध्ये २३ बैठकमा उपस्थित भएका नेपाल ५ वटा बैठकमा मात्र गयल भएका छन् । चैत महिनामा माधव नेपाल संसद्का ९ वटै बैठकमा उपस्थित भएका थिए । 

जनमत पार्टीका अध्यक्ष डा. सीके राउत १५ वटा बैठकमा उपस्थित भएका छन् ।

वैशाखमा २ वटा बैठकमा मात्र उपस्थित भएका राउत फागुनमा एउटै बैठकमा उपस्थित भएनन् । 

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी २८ मध्ये २६ बैठकमा उपस्थित भएका छन् । 

पुस, माघ, फागुन र वैशाखमा शतप्रतिशत हाजिर भएका केसी चैत २३ र २४ गतेको बैठकमा अनुपस्थित देखिन्छन् । 

सांसद केसीले पार्टी कामको शिलशिलामा काठमाडौंबाहिर जानु परेका कारण दुईवटा बैठकमा उपस्थित हुन नसकेको बताए ।

‘संसद् बैठक छाड्न हुँदैन भनेर मैले पार्टीका कार्यक्रमलाई कम महत्त्व दिएको छु, संसद्मा लगातार उपस्थित हुने र जनताको पक्षमा बोल्ने आफ्नो दायित्व कार्यकालभरी पूरा गर्छु,’ केसीले लोकान्तरसँग भने । 

नेकपा एमाले संसदीय दलका उपनेता समेत रहेका उपाध्यक्ष सुवास नेम्वाङ २२ वटा बैठकमा उपस्थित भएका छन् । संसद् भवन रहेको काठमाडौं क्षेत्र नम्बर १ का सांसद प्रकाशमान सिंह पनि संसद्का सबै बैठकमा हाजिर भएको देखिन्न । उनी २२ वटा बैठकमा मात्र उपस्थित भएका छन् । 

संसद्मा सशक्त प्रतिपक्षी भूमिका देखाउने प्रेम सुवाल पनि जम्मा १९ वटा बैठकमा उपस्थित भएका छन् । सुवाल भक्तपुर १ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । 

हैर्नुहोस्, चैत र वैशाखको हाजिरी :

युवा पुस्ताका नेताहरू नै गतिछाडा !

संसदको पहिलो अधिवेशनमा संसद्मा युवा पुस्ताका सांसदहरूको उपस्थिति पनि निराशाजनक देखिएको छ ।

संसदीय प्रणाली बुझेको र यसअघिका संसद्मा सशक्त भूमिका खेलेका कांग्रेस महामन्त्री गगन थापा १५ वटा बैठकमा मात्र उपस्थित भएका छन् । 

हिउँदे अधिवेशन वैशाखमा उनी एउटा बैठकमा मात्र उपस्थित भएका छन् । २०७४–७९ को प्रतिनिधि सभा बैठकमा उनले कांग्रेसको शाख जोगाउने काम गरेका थिए । एक मिनेटको शून्य समयमा बोल्दा पनि मिडियालाई ‘हेडलाइन’ बनाउने गगन यसपटक अलि शिथिलजस्तो देखिएका छन् । 

कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्मा पनि मात्र १९ वटा बैठकमा उपस्थित भएका छन् । 

पुसमा २, माघमा ६, फागुनमा ४, चैतमा ६ वटा बैठकमा उपस्थित शर्मा वैशाख महिनामा भने एउटा बैठकमा मात्र उपस्थित भएर ५ वटामा अनुपस्थित भएका छन् । 

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. आरजु देउवा १३ वटा बैठकमा मात्र उपस्थित भएकी छिन् ।

उनी पहिलो अधिवेशनअन्तर्गत वैशाखमा २ वटा बैठकमा मात्र उपस्थित भएको देखिन्छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो नाम मुछिएपछि संसद्को बजेट अधिवेशनमा भने उनले दुईपटक बोलिसकेकी छिन् । एकपटक आकस्मिक समय र एकपटक विशेष समयमा उनले धारणा राखेकी हुन् ।

अखिलको अध्यक्ष छँदाछँदै सांसद बनेकी एमालेकी सुनिता बराल १७ वटा बैठकमा उपस्थित भएकी छिन् । 

सांसदलाई अनुशासनमा राख्ने संसदीय दलका प्रमुख सचेतकको हाजिरी पनि कमजोर छ । 

नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखक २३ बैठकमा उपस्थित भएका छन् भने नेकपा एमालेका पदम गिरी १८ बैठकमा मात्र उपस्थित छन् । 

प्रचण्ड सरकारमा स्वास्थ्य तथा जनसंख्या मन्त्री रहेकाले गिरीको उपस्थिति कम देखिन्छ ।

सांसदलाई बैठकमा उपस्थितिको ह्वीप जारी गर्ने अधिकार भएको सचेतकले संसद्बाट गाडी, इन्धन लगायतका अतिरिक्त सुविधा पाउने गरेका छन् । 

नयाँ पार्टीका सांसद पनि औसत मात्र 

पुराना दलका कार्यशैलीको विरोध गरेर उदाएका नयाँ दलका सांसद पनि जवाफदेही र उत्तरदायी भूमिकामा खरो उत्रिन सकेका छैनन् ।

रास्वपाका काठमाडौं उपत्यकाकै सांसद समेत संसद्को सबै बैठकमा उपस्थित भएका छैनन् । संसदीय जवाफदेहिताको कसीमा सांसदको उपस्थिति र उनीहरूले संसद्को बैठकमा बोल्ने कुरालाई महत्त्वपूर्ण कडी मानिन्छ ।

ललितपुर– ३ बाट प्रत्यक्ष निर्वाचित डा. तोसिमा कार्की २१ वटा बैठकमा मात्र उपस्थित भएकी छन् । वैशाखमा मात्र उनी ३ दिन अनुपस्थित रहेकी थिइन् । यो हिउँदे अधिवेशनको डाटा हो ।

सांसद डा. कार्कीकी पीए रिता थापाले उपनिर्वाचनमा खटिनु परेका कारण तोसिमा केही दिन अनुपस्थित भएको बताइन् ।

यस्तै काठमाडौं– २ बाट प्रत्यक्ष निर्वाचित सोविता गौतम पनि १९ वटा बैठकमा मात्र उपस्थित भएकी छिन् । 

गौतम पनि वैशाखका ३ बैठकमा अनुपस्थित थिइन् । 

काठमाडौं ८ बाट निर्वाचित रास्वपा सांसद विराजभक्त श्रेष्ठ पनि वैशाखमा ३ दिन गयल छन् ।

संसद् बैठक हापेर उनीहरू चितवन र तनहुँमा उपनिर्वाचनको प्रचारका लागि गएका थिए । 

भ्रष्टाचारको चर्को विरोध र सुशासनको वकालत गर्ने राप्रपा सांसद ज्ञानेन्द्रबहादुर शाही २८ मध्ये २१ बैठकमा मात्र उपस्थित भएका छन् ।

प्रतिनिधि सभा नियमावलीको नियम २१३ मा अस्वस्थ या कावुबाहिरको परिस्थिति परी लगातार १० वटा बैठकमा अनुपस्थित भएमा सभामुखलाई जानकारी गराएर बिदा स्वीकृत गराउनु पर्ने व्यवस्था छ । 

हाजिर नभई तलब खानु ‘महाअनैतिक’ !

ट्रान्सपारेन्सी इन्टरनेसनल नेपालका पूर्व अध्यक्ष समेत रहेका सुशासनविद् खेमराज रेग्मीले एक दिन पनि संसदमा हाजिर नभई महिनाभरको तलब खानु ‘महाअनैतिक’ कार्य भएको बताए ।

‘यो त अनैतिकभन्दा पनि महाअनैतिक कार्य हो,’ पूर्व गृहसचिव समेत रहेका रेग्मीले लोकान्तरसँग भने, ‘संसद्मै काम गर्ने, कानून बनाउने भनेर जनताले निर्वाचित गरेर पठाएका मान्छेहरूले आफ्नो काममै अनुपस्थित भएर त्यसको तलब खानु भनेको घोरअनैतिक काम हो ।’

hAMROPATRO BELOW NEWS
NLIC
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

‘कुशासन’- पवित्रतालाई समेत छायाँमा पारेको एक बदनाम शब्दावली

‘कुशासन’- पवित्रतालाई समेत छायाँमा पारेको एक बदनाम शब्दावली

फागुन १७, २०८०

हामीले सुन्दै आएको शब्द ‘कुशासन’को दुई फरक अर्थ हुन्छ । धेरैले राज्य शासनसँग जोडिएको घिनलाग्दो शब्द 'कुशासन' सुन्नुभएकै छ। पूजापाठ वा पवित्र कार्यमा बिछ्याइने कुशबाट बनेको चकटी वा आसनलाई प...

गल्ती दर्शनको सन्देश

गल्ती दर्शनको सन्देश

फागुन १२, २०८०

हामी प्रायः गल्ती गर्नु हुँदैन भन्छौँ, गल्ती हुन्छ कि भनेर डराउँछौँ । आफ्ना नानीहरूलाई पनि यस्तै शिक्षा दिन्छौँ । गल्ती गर्नु राम्रो होइन भन्छौँ, गल्ती गरे दण्ड पाइन्छ भन्ने गर्छौँ, तर गल्ती भन्ने कुरा नै त्यस्तै । नगरौँ...

प्रशासनिक सुधारको पाटो– ४ : नैतिकता, सदाचार र अनुशासन

प्रशासनिक सुधारको पाटो– ४ : नैतिकता, सदाचार र अनुशासन

फागुन ८, २०८०

भनिन्छ, राज्यलाई सधैँ इमान्दार मानिसहरूको खाँचो हुन्छ । सबैभन्दा इमान्दार मानिस राज्यलाई नै खाँचो हुन्छ, किनकि नागरिक हकहितका लागि गरिने काम, प्रयोग गरिने साधन र अभ्यास गरिने अधिकारमा इमान्दारिता देखिनुपर्दछ, ...

x