म्यानमारको याङ्गुनमा नेपाली कविता गोष्ठी

चैत ९, २०७४

याङ्गुन (बर्मा), ९ चैत- विश्व कविता दिवसको उपलक्ष्यमा नेपाली राजदूतावास याङ्गुन एवं विश्व नेपाली साहित्य महासंघ, म्यानमार-थाइल्याण्ड समन्वय शाखाको संयुक्त आयोजनामा 'अमरावतिदेखि एरावतिसम्म' कविता गोष्ठी सम्पन्न भएको छ ।

कार्यक्रममा म्यानमारस्थित नेपाली राजदूत भीमकृष्ण उदास प्रमुख आतिथि तथा अखिल म्यान्मा देशीय गोर्खा हिन्दू धार्मिक संघका अध्यक्ष सागर घिमिरे, विश्व नेपाली साहित्य महासंघ, म्यान्मार-थाइल्याणड समन्वय शाखाका अध्यक्ष लक्ष्मण न्यौपाने र बर्माका वरिष्ठ भाषासेवी ठाकुरप्रसाद गुरागाईं विशेष अतिथि थिए ।


ADVERTISEMENT

कार्यक्रममा १३ जना कविले नेपाली भाषामा र ६ जना कविले बर्मेली भाषामा कविता वाचन गरेका थिए ।

चैत ९, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस