×

NMB BANK
NIC ASIA

लोकान्तरका स्तम्भकार रिजालसहित २२ जनालाई नइ पुरस्कार [भिडियोसहित]

काठमाडाैं | चैत ३०, २०८०

NTC
Premier Steels

लोकान्तर डट्कमका स्तम्भकार कमल रिजालसहित २२ जना साहित्यकार तथा प्रतिभालाई नइ पुरस्कार प्रदान गरिएको छ ।

Muktinath Bank

गोरखापत्रका पूर्वप्रधान सम्पादकसमेत रहेका साहित्यकार रिजाललाई संस्कृतिमा प्राज्ञिक योगदानका लागि ’नइ चन्द्रधन पुरस्कार’ दिइएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनीहरूलाई काठमाडौंमा शुक्रवार आयोजित कार्यक्रममा नइ प्रकाशनले विभिन्न पुरस्कार प्रदान गरेको छ ।


Advertisment
Nabil box
Kumari

नइ प्रकाशनकी कुलपति इन्दिरा प्रसाईले ६ दशकअघिदेखि नारीहरूको स्वास्थ्यसेवा, स्वास्थ्योपचारको जागरण र विकासमा अविरल समर्पित प्रसूति विशेषज्ञ प्राडा सरस्वती पाध्येलाई ’नइ भावि पुरस्कार’ समर्पण गरिन् । उक्त पुरस्कारको राशि ताम्रपत्रसहित एक लाख रुपैयाँ रहेको छ ।

Vianet communication

समारोहमा प्रसुति विशेषज्ञ प्राडा पाध्येले नेपाली वाङ्मयको श्रीवृद्धिका लागि सिर्जना र सङ्गठनमार्फत निरन्तर जागरुक र समर्पित हुँदै नेपाली भाषासाहित्यको अन्तर्राष्ट्रिय विस्तारमा महत्त्वपूर्ण योगदान पुर्याउने भारतीय नेपाली प्राज्ञ नव सापकोटालाई दुई लाख रुपैयाँ राशिसहित ’नइ देरुनीख अन्तर्राष्ट्रिय पुरस्कार’ समर्पण गरिन् ।

समारोहमा प्राडा सरस्वती पाध्येले पुरस्कृत नौ जनालाई पनि ताम्रपत्र र जनही एक लाख रुपैयाँ राशिसहित २०७९ सालका नइ पुरस्कार प्रदान गरिन् ।

डा पाध्येले भारतीय साहित्यकार स्नेहलता राईलाई ’नइ गणेशदुर्गा अन्तर्राष्ट्रिय पुरस्कार’, देशभक्त चिन्तक डा भेषबहादुर थापालाई ’नइ कीर्तिनिधि पुरस्कार’ शिक्षाविद् प्रा जर्ज जोनलाई नइ भूपालदुर्गा पुरस्कार, खेलकुदका लागि कुमार मोहनबहादुर शाहीलाई ’नइ भाजप पुरस्कार’, चित्रकारिताका लागि कृष्णगोपाल रञ्जितलाई ’नइ यउजा पुरस्कार’ र पत्रकार हरिहर बिरहीलाई ’नइ देरुनीख सुकीर्ति पुरस्कार’ प्रदान गरिन् ।

यस्तै धर्म तथा संस्कृतिमा प्राज्ञिक योगदानका लागि कमल रिजाललाई ’नइ चन्द्रधन पुरस्कार’, साहित्यकार श्रीओम श्रेष्ठलाई ’नइ ईश्वरवल्लभ पुरस्कार’ र काठमाडौं उपत्यकाबाहिर रहेर नेपाली भाषासाहित्यको सिर्जना र संवर्धनमा विशिष्ट योगदान पुर्याएबापत स्याङ्जाका विश्वप्रेम अधिकारीलाई ’नइ धनरूप पुरस्कार’ प्रदान गरियो ।

null

यसैगरी ताम्रपत्रसहित ६० हजार रुपैयाँ राशिको ’नइ देरुनीख प्रदीप्ति पुरस्कार’ हास्यव्यङ्यमार्फत जनचेतना जगाउने शैलेन्द्र सिम्खडा, ५० हजार रुपैयाँ राशिको ’नइ बुलु शर्मा पुरस्कार’ झापाकी रीमा पाण्डेलाई र २५ हजार रुपैयाँ राशिसहित ’नइ देरुनीख पौरख पुरस्कार’ मिस नेवा नीतु डङ्गोललाई प्रदान गरिएको थियो ।

यसका साथै समारोहमा प्राडा सरस्वती पाध्येले ६ जना बालबालिकालाई १० हजार रुपैयाँ राशि र ताम्रपत्रसहित ’नइ देरुनीखपू बाल पुरस्कार’ समर्पण गरिन् ।

पुरस्कृत हुनेहरूमा बहुआयामिकतर्फ आयुषा लम्साल, साहित्यतर्फ कुञ्जल शुभेच्छु लुइँटेल, चित्रकलातर्फ रेजिना बोहोरा, सङ्गीततर्फ ईशा प्रजापति, नृत्यतर्फ कृष्मा ढुङ्गाना र खेलकुदतर्फ आहाना कार्की थिए ।

यसैगरी सात हजार रुपैयाँ राशि र ताम्रपत्रसहित ’नइ देरुनीखपू कोपिला पुरस्कार’ ऋषिका घिमिरे र ताम्रपत्रसहित पाँच हजार रुपैयाँ राशिको ’नइ देरुनीखपू चिचिला पुरस्कार’ चार वर्षीय श्रेस्मी दाहाललाई प्रदान गरियो ।

नइ प्रकाशनका कुलपति इन्दिरा प्रसाईको सभापतित्वमा सञ्चालित सो समारोहमा पुरस्कृतमध्ये नव सापकोटा, प्राडा सरस्वती पाध्ये र श्रीओम श्रेष्ठ तथा नइ प्रकाशनका सदस्यसचिव नरेन्द्रराज प्रसाईबाट मन्तव्य प्रकट भएको थियो ।

समारोहमा शैलेन्द्र सिम्खडाले अभिनयका साथ कविता प्रस्तुत गरेका थिए भने पुरस्कृत बालबालिकाद्वारा गायन तथा नृत्य प्रदर्शन गरिएको थियो ।

हेरौं भिडियोः 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

गोपी मैनाली   कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् ।  ...

असोज ६, २०८०

सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...

कात्तिक ८, २०८०

पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...

कात्तिक १३, २०८०

वरिष्ठ पत्रकार तथा साहित्यकार आचार्य कमल रिजालद्वारा लिखित उपन्यास ‘सुकर्म’को अंग्रेजी संस्करण ‘डीप क्वेस्ट' प्रकाशित भएको छ । २०६९ सालमा नेपालीमा प्रकाशित उक्त उपन्यासको अंग्रेजी संस्करणलाई स...

बैशाख ७, २०८१

दिवंगत साहित्यकार प्रकट पङ्गेनी (शिव) का प्रकाशन हुन बाँकी कृति गण्डकी प्रज्ञा–प्रतिष्ठानले प्रकाशन गरिदिने भएको छ ।  प्रतिष्ठानका कुलपति सूर्य खड्का विखर्चीको अध्यक्षतामा बिहीबार बसेको बैठकले गजलकार ...

मंसिर २, २०८०

गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x