×

NMB BANK
NIC ASIA

काठमाडौं, २७ चैत- सरकारीस्तरमै सम्झौता गरेर नेपाली कामदार विदेश पठाउँदा कामदार अलपत्र नपर्ने, समयमै तलब पाउने, कामदारहरूको सुविधा नखोसिने, कामदारको पूर्ण सुरक्षाको प्रत्याभूति हुने, गैरकानुनी भएर बस्नु नपर्नेजस्ता फाइदा हुने कुरा कोरियासंग गरिएको सम्झौता र त्यसको कार्यान्वयनले देखाएको छ । तर दिनको अठार सयदेखि दुई हजारको संख्यामा वैदेशिक रोजगारीका लागि युवायुवतीहरू बाहिरिने देशमा वर्षको जम्मा ५/६ हजार जनालाई मात्र त्यो ढंगबाट व्यवस्थापन गरेर समस्या समाधान हुने देखिँदैन । यसका लागि वैदेशिक रोजगारीमा जाने नेपालीहरूको प्रमुख गन्तव्य मानिएका देशहरूमा सोही प्रकृतिको सम्झौता हुनुपर्दछ ।

Sagarmatha Cement
Muktinath Bank

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले मन्त्रालय सम्हालेको चारहप्ता बितिसकेको छ र मन्त्रालयका कर्मचारीहरूले ‘अब छिट्टै केही निर्णय हुँदैछ पर्खनुस्’ भनिरहेको अवस्था छ । मन्त्रीको सक्रियता हेर्दा छिट्टै केही होलाजस्तो त देखिन्छ, तर के हुँदैछ भन्ने कुरा अहिले नै बाहिरिएको छैन । यही कुराले म्यानपावर व्यवसायीहरू चैनले बस्न सकेका छैनन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्मरणीय के छ भने अहिले सरकारीस्तरमा सम्झौता भएर कामदार पठाएका दुई मुलुकमध्ये दक्षिण कोरियामा जीटुजी सम्झौताको सफल प्रयोग भएको छ भने इजरायलमा सरकारलाई सफलता हासिल भएको छैन । तर इजरायल सरकारले सरकारी बाटोबाहेक अन्य बाटोबाट गएका कामदारहरू नलिएपछि म्यानपावर व्यवसायीले यी दुईवटा गन्तव्यमा मान्छे पठाउन पाएका छैनन् ।


Advertisment
Nabil box
Kumari

आजको एक दशकअगाडि दुईवटै देशमा म्यानपावर दलालहरूले आठदेखि पन्ध्र लाख असुलेर पठाएका कामदारहरू अझै पनि यदाकदा ती देशहरूमा भेटिन्छन् । अहिले सरकारी प्रक्रियाबाट एक लाख पनि खर्च नगरिकन गएका कामदारहरू देख्दा लाखौँ खुवाएर सेटिङमा गएकाहरू दंग पर्छन् ।

Vianet communication
Laxmi Bank

म्यानपावर व्यवसायीहरूको विरोध या असहमति यही विषयमा छ । केही दिनअघि वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहण गुरुङले सरकारलाई चुनौती दिँदै लोकान्तरसंग भनेका थिए, ‘धेरै संख्यामा नेपाली कामदारहरू रोजगारका लागि जाने देशहरूसंग जीटुजी सम्झौता भयो भने हामीले तत्कालै आन्दोलनको घोषणा गर्नेछौं ।’

आखिर रेमिट्यान्सले धानेको देशमा कामदार विदेश पठाउनका लागि सरकार र निजी क्षेत्रबीच किन यस्तो रस्साकस्सी हुँदैछ ? यो जिज्ञासा श्रम मन्त्रालयका सह-सचिव कृष्ण ज्ञवालीसँग राख्दा उनले भने, 'सरकारको पहिलो प्राथमिकता भनेको स्वदेशमै रोजगारीको सिर्जना गर्नु हो, तर तत्कालै सबै युवालाई बाहिर जानबाट रोक्न नसकिने भएकोले अहिले वैदेशिक रोजगारका क्षेत्रमा देखिएका अनियमितताहरूलाई कडाइका साथ नियमन र अनुगमन गर्न शुरु गरिएको कुरा साँचो हो ।’ उनको कुराले श्रम मन्त्रीले तत्कालै केही नयाँ गर्ने मुड बनाएको बुझ्न त्यति असहज छैन ।

अनामनगरका एक म्यानपावर व्यवसायी नाम नखुलाउने शर्तमा भन्छन्, ‘सरकार नै मानवतस्करी गर्न उद्दत भएको छ र हाम्रो रोजीरोटी खोस्न खोजेको छ ।’ मतलब तपाईंहरू मानवतस्करी गरिरहनुभएको थियो ? भन्ने लोकान्तरकर्मीको अर्को प्रश्नमा उनी अवाक रहे । खुल्लमखुल्ला लुट्न पाउनुपर्छ भन्नेमा म्यानपावर व्यवसायको नाममा मानवतस्करी गर्नेहरू यो देशमा अघिल्लो पंक्तिमा रहेका छन् ।

लोकान्तर डटकमले यस विषयमा निरन्तर समाचार प्रकाशित गरिरहेको र ती समाचारहरूमा पाठकबाट आउने प्रतिक्रियामा पहिलो र एकदम महत्त्वपूर्ण कुरा ‘एयरपोर्टमा हुने सेटिङ कसरी कम गर्न सकिन्छ ?’ भन्ने छ ।

एयरपोर्टमा वैदेशिक रोजगारमा जानेहरूलाई गैरकानुनी ढंगबाट पठाउने सेटिङ मात्र हुँदैन, सयौं किलो गैरकानुनी सुन आयात गर्नको लागि पनि हुन्छ । एयरपोर्टमा हुने सेटिङ आन्तरिक मात्र होइन अन्तराष्ट्रिय आतंकवाद विरुद्ध लड्नका लागि पनि चुनौतिपूर्ण छ । यो विषयमा श्रम मन्त्रालयले गृह र परराष्ट्र मन्त्रालयसंग उपयुक्त समन्वय र सूचना आदानप्रदानमार्फत् समस्या हल गर्ने दिशातर्फ अघि बढ्नुपर्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x