श्रमको फारम भरिदिने नाममा अवैध रकम असुल्ने ३० जना दलाल ताहाचलबाट पक्राउ

काठमाडौं, २८ चैत-श्रमको फारम भराउने नाममा अवैध रकम असुलिरहेका ३० जना वैदेशिक रोजगार विभागको ताहाचलस्थित श्रम कार्यालय अगाडिबाट पक्राउ परेका छन् ।
सेवाग्राही बनेर सादा पोशाकमा गएका प्रहरीहरुले ठगी गरिरहेको अवस्थामा बुधबार ३० जनालाई रंगेहात पक्राउ गरेको प्रहरीको अपराध अनुसन्धान महाशाखा टेकुका डीएसपी मनकुमार थापाले लोकान्तरलाई जानकारी दिए ।
श्रमको फारम अनलाइन भर्ने र वैदेशिक रोजगारमा जानेहरूको बीमा गरिदिने नामामा उनीहरूले रु ५०० देखि रु २५०० सम्म असुल्ने गर्ने गरेको स्थलगत रिपोर्टिङसहितको समाचार लोकान्तर डटकमले फागुन २१ गते प्रकाशित गरेको थियो । त्यसलगत्तै ३५ जना पक्राउ परेका थिए ।
दैनिक एक दुईजना समातिने गरेको भए पनि सामूहिक रूपमा यति धेरैजना समातिएको यो दोस्रो पटक हो ।
यसरी समातिएकाहरूलाई जिल्ला प्रशासन कार्यालयले सार्वजनिक अपराधको मुद्दा लगाउने गरेको छ । यसअघि समातिएकाहरू तारेख धाइरहेका छन् ।
यो पनि पढ्नुहोस्
श्रम गर्न जानेबाट जनही २५ सयसम्म ठगी, सोल्टीमोडबाटै पछि लाग्छन् दलाल
'जीटुजी' सम्झौता : किन तर्सिँदैछन् म्यानपावर व्यवसायी ?
सिंहदरबारमा गोकर्णको आगमन : दलालहरूको निदहराम, बिचौलियाको भागाभाग !
भेडाबाख्राको जस्तो बसाइ, साहुको गाली, रेमिट्यान्सले मुलुकमा ताली
कोरिया सपनाको नमिठो ऐंठन : आफ्नो देश कहिले बनाउने ?
चैत २८, २०७४ मा प्रकाशित
ईश्वर अर्याल
अर्याल लोकान्तरका लागि राजनीति, समसामयिक घटनाक्रम र वैदेशिक रोजगारीमा कलम चलाउँछन् ।
लेखकबाट थप...थप समाचार
- अपराधी छुटाउन नेपाललाई भारतको दबाब ! [लोकान्तर खोज-१]
- सबै जिल्लाको नमुना मतपत्र सार्वजनिक, हेर्नुस् तपाइँको जिल्लाको कस्तो छ ?
- प्रधानमन्त्री देउवा र रुकमाङ्गत कटुवालविरुद्ध ज्यान मारेको मुद्दा दर्ता
- गाैचन हत्याको रहस्य : गाडीमा थिए करोडौंका चेक !
- सिंहदरबारमा मातृका र लालबाबुको प्रभाव : कामचोर कर्मचारीको ‘भागाभाग’
- श्रीमतीले चिन्ता लिन्छन् भनेर अफिसमै कपडा धुन्छन् ट्राफिक प्रहरी
ताजा समाचार
अन्तर्वार्ता
दुई अध्यक्ष हुने भए आलोपालो प्रधानमन्त्री बन्न किन नहुने ? : पम्फा भुसाल [भिडियो अन्तर्वार्ता] पूरा पढ्नुहोस
रारा आउने पर्यटकलाई अर्ग्यानिक खाना, जनताको घरमा बास : मन्त्री ज्वाला [अन्तर्वार्ता] पूरा पढ्नुहोस
ओलीजीलाई भरोसा गरेका हौं, उहाँले पनि व्यवहारमा देखाउनुपर्यो नि ! : राजेन्द्र महतो [अन्तर्वार्ता] पूरा पढ्नुहोस
प्रतिक्रिया दिनुहोस