×

NMB BANK
NIC ASIA

१५ दिनभित्र सबै राजमार्ग मर्मत गरिने यातायात मन्त्रीकाे घाेषणा

बैशाख २, २०७५

NTC
Premier Steels

पर्सा, २ वैशाख– भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले वैशाख १५ गतेभित्र देशभरिकै राजमार्ग र सहायक राजमार्गको मर्मतसम्भार पूरा गरिने बताएका छन् । 

मन्त्री महासेठले सडक विस्तारले नै समृद्ध राष्ट्र बनाउने र गुणस्तरीय सडकले विकासलाई गति दिने भएकाले आउँदो १५ दिनभित्र देशभरिकै राजमार्ग तथा सहायक राजमार्गको मर्मत पूरा गर्न सम्बन्धित कार्यालयलाई जिम्मा लगाइएको बताए । 

आवाज एफएफको दोस्रो वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री महासेठले वैशाख १५ गतेभित्र राजमार्गको काम पूरा नभए सम्बन्धित क्षेत्रका कर्मचारीलाई कारबाहीको दायरामा ल्याउने चेतावनी दिए । उनले वीरगञ्जको अलौमा निर्माण भएको एकीकृत जाँच चौकी (आइसिपी) डेढ महिनाभित्र पूर्ण क्षमतामा सञ्चालन हुने दाबी गरे । आइसिपी अगाडिको ७०० मिटर सडकमा परेको जग्गाका लागि रु ९२ करोड मुआब्जा छुट्याएको र आउँदो दुई महिनाभित्र सडक निर्माण पूरा भएपछि आइसिपी पूर्ण क्षमतामा सञ्चालन हुने उनको भनाइ थियो । 

मन्त्री महासेठले उद्घाटन भएर पनि ७४० मिटर सडक निर्माण पूरा नभएका कारण दैनिक करोडाैंको राजश्व गुमाउनुपरेकाले मुआब्जाको विवादलाई सक्दो चाँडो समाधान गरी सडक निर्माणलाई पूरा गर्न सडक विभागका महानिर्देशकलाई निर्देशन दिएको बताए । उनले वर्तमान सरकार प्रदेश नं २ को पूर्वाधार विकासप्रति गम्भीर रहेको बताए । 

आवाज एफएमका अध्यक्ष श्याम बञ्जराको अध्यक्षतामा सम्पन्न सो वार्षिकोत्सव कार्यक्रममा प्रदेश नं २ का विधायक ओमप्रकाश शर्मा, वीरगञ्ज महानगरपालिकाका प्रमुख विजय सरावगी, पूर्वसांसद विचारी यादव, राजकुमार गुप्ता, जयप्रकाश थारुलगायतले पूर्वाधार विकासका क्रममा निकै पछि परेको प्रदेश नं २ को विकासका लागि संघीय सरकारले पर्याप्त रकम विनियोजन गर्न माग गरेका थिए ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x