×

NMB BANK
NIC ASIA

जनकपुरधाम- एक बर्षअघि ७ बैशाख २०७४ का दिन बिभिन्न ६ वटा मधेस केन्द्रीत पार्टीहरू मिलेर राष्ट्रिय जनता पार्टी (राजपा) गठन भएको थियो । तर, पार्टी स्थापनाको पहिलो वर्षगाँठ मनाइरहँदा उक्त पार्टीमा लागेका केही नेताहरूले अलगै पार्टी गठन गरेको घोषणा गरे ।

Muktinath Bank

राजपा नेपालमा आबद्ध ३३ जना केन्द्रीय सदस्य तथा पदाधिकारीहरूले ७ बैशाख २०७५ मा राजपा (लोकतान्त्रिक) नामक नयाँ पार्टी घोषणा गरे । उक्त पार्टीको महाधिवेशन नहुन्जेलसम्मको लागि ११ सदस्यीय तदर्थ समिति समेत गठन भएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तदर्थ समितिको संयोजकमा अशोक कुमार यादव, सह संयोजकमा रीतेश कुमार सिंह, कोषाध्यक्षमा मधुमाया यादव, महासचिवमा सुवासचन्द्र बिराजी, महासचिवमा जीवन साह, सचिवहरुमा साधना यादव र लक्की शर्मा, प्रवक्तामा दिपेन्द्र यादव, केन्द्रिय तदर्थ समिति सदस्यहरुमा धर्मराज गुप्ता, विपना आचार्य र शम्भु पण्डित रहेका छन् । 


Advertisment
Nabil box
Kumari

‘मधेश आन्दोलनमा लागेका जनता तथा कार्यकर्ताहरूको राजपा नेपालमा उचित मुल्यांकन हुन सकेन’ त्यहाँ भिन्न ६ जना अध्यक्ष मण्डलको तानाशाही छ, पार्टी भित्र आन्तरिक लोकतन्त्र नै छैन, अवसर आउँदा ती अध्यक्षहरूले पहिलो प्राथमिकतामा आफ्नो परिबार, आफन्तलाई दिने गर्छन्’ नयाँ पार्टीका  सह–संयोजक रीतेश कुमार सिंहले लोकान्तरसँग भने, ‘श्रीमती,सम्धी,सम्धिनी,छोरा छोरी, भाइ, भतिजाबाट बच्यो भने पैसाको प्रलोभनमा परेर ब्यापारी र ठेकेदारहरूले मात्रै अबसर पाउने गर्छन् ।’ 

Vianet communication

पार्टी गठन भएको एक वर्ष भइसक्दा विधानसम्म बनाउन नसकेको नवगठिन राजपा लोकतान्त्रिकको अरोप छ  । ‘एक बर्ष भईसक्यो, पार्टीले बिधानसम्म बनाउन सकेको छैन, महाधिवेशन समेत गर्न सकेको छैन, पार्टी होइन ६ जनाको आ–आफ्नो भजन मण्डली छ, उनीहरूले राजनीतिक दल होईन, आ–आफ्नो निजी कम्पनी संचालन गरेका छन्, सिंहले आरोप लगाए ।

स्थानीय तहदेखि प्रदेश सभा, प्रतिनिधी सभा र राष्ट्रिय सभा सम्मको चुनावमा राजपा नेताहरूले टिकट वितरणमा भेदभाव गरेको असन्तुष्टहरुको आरोप छ ।

सिंह बिगतमा शरत सिंह भण्डारीले नेतृत्व गरेको राष्ट्रिय मधेश समाजबादी पार्टीमा केन्द्रिय सचिव थिए, पार्टी एकता भए पछि उनी राजपामा पनि सोही पद प्राप्त गरेका थिए । त्यस अघि पहिलो संविधान सभाको निर्बाचनमा धनुषा निर्बाचन क्षेत्र नम्बर २ बाट कमल थापाले नेतृत्व गरेको राप्रपा नेपालबाट चुनाव लडेका थिए ।  संबिधान निर्माणका क्रममा भएको मधेश आन्दोलनका बेला उनी राप्रपा नेपाल त्यागेर रामसपामा प्रवेश गरेका थिए । 

राजपा नेपालका महासचिब समेत रहेका केशब झाले पार्टी फुटाउनु समस्या समाधान नभएको बताए । उनले भने,‘ पार्टीमा जे जति समस्याहरू छन्, त्यसका लागी कम से कम महाधिबेशनसम्म पनि पार्टीमै रहेर संघर्ष गर्दै जानु पर्ने थियो, झाले भने, ‘उहाँहरूले पार्टी नेतृत्वलाई कहिल्यै कुनै समस्या बारे जानकारी गराउनु भएन, अचानक पार्टीबाट निस्किनुभयो ।’ 

झाले जनाधार नभएका केही मानिसले पार्टी छोड्दा केही असर नपर्ने दाबी गरे । ‘ जनाधार र लोकप्रियता नभएका मानिसल पार्टीबाट बाहिरिदाँ केही समस्या पर्दैन,’ झाले भने,‘उहाँहरु आफ्नै घरमा फर्कनुहुन्छ भन्ने विश्वास लिएका छौं, बिहान घरबाट बाहिरिएको मान्छे साँझ घर फर्किंदा गएको मानिदैन ।’

राजपामा समस्या नै समस्या

सतहमा राजपा एउटा पार्टी हो । तर अझै पनि राजपा भित्र छुट्टा छुट्टै ६ वटा पार्टी रहेको सहजै देख्न सकिन्छ । तराई मधेश लोकतान्त्रिक पार्टी, सदभावना पार्टी, नेपाल सदभावना पार्टी, राष्ट्रिय मधेश समाजबादी पार्टी, तराई मधेश सदभावना पार्टी र मधेशी जनअधिकार फोरम गणतान्त्रिक  मिलेर राजपा गठन भएको हो । पार्टी एकीकरण हुँदा बिभिन्न नेताहरूले एकताको सुत्रधार भन्दै श्रेय लिइरहेका थिए ।  

पार्टीको नेतृत्व  अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले गरिरहेका छन् भने अध्यक्ष मण्डलमा राजेन्द्र महतो, शरत सिंह भण्डारी, अनिल कुमार झा, राजकिशोर यादव, महेन्द्र राय यादव सदस्य रहेका छन् । पार्टीमा कुनै पनि निर्णय गर्दा अध्यक्ष मण्डलमा सर सल्लाह गरि सके सर्बसम्मति नभए बहुमतको आधारमा गर्ने सैद्धान्तिक  सहमति साथ पार्टी निर्माण भएको थियो । तर, पार्टी गठन भएदेखि अहिलेसम्म देखिएको ब्यबहारले पनि पार्टीमा अलगै अलगै ६ वटा गुटहरू रहेको सहजै पुष्टी हुन्छ । पार्टीका ६ गुटको प्रभाव तीन तहको चुनावमा देखिएको थियो । 

टिकट वितरणदेखि निर्बाचन प्रचार प्रसारका क्रममा पनि यस्तो देखियो  । चुनावमा राजपाका उम्मेदवार कुनै एक दलको नभएर पुरानो पार्टीको जस्तो देखिएको थियो । सबै कार्यकर्ताहरू पूर्ब पार्टीका अध्यक्षहरू भएकै क्षेत्रमा केन्द्रित थिए । अहिले पनि ती अध्यक्षहरूको जिल्ला भ्रमण हुँदा विगतकै पार्टीका कार्यकर्ताहरू उनीहरूका वरिपरी रहने गर्छन् ।

जिल्लामा प्रत्येक दुई महिनामा पहिलेकै अलग अलग ६ वटा पूर्ब पार्टीका पुर्ब अध्यक्षहरूले आलैपालो नयाँ पार्टी राजपा नेपालमा नेतृत्व गरिरहेका छन् भने केन्द्रमा महन्थ ठाकुर संयोजक भए पनि बाँकी अध्यक्षहरू सदस्य रहेको अध्यक्ष मण्डलले पार्टीको नेतृत्व गरिरहेका छन् । तर, राजपा पार्टीले हालसम्म स्थायी बिधानसम्म बनाउन सकेको छैन ।

निर्बाचन आयोगमा दल दर्ता गर्नका लागि मात्रै कामचलाउ अन्तरिम बिधान बनाएको छ । राजपा नेपालका केन्द्रीय उपाध्यक्ष तथा राष्ट्रिय सभाका सदस्य ब्रिखेशचन्द्र लाल नेतृत्वको विधान मस्यो कार्यदलले बनाएको विधानमा सबै सहमत नभएपछि महाधिवेशनबाट विधान बनाउने सहमति नेताहरुमा भएको थियो । तर महाधिवेशन नहुँदा पार्टीको विधानसम्म बन्न सकेको छैन । 

राजपा नेपालले प्रतिनिधि सभामा हालसम्म संसदीय दलको नेतासम्म चुन्न सकेका छैन । नेता लक्ष्मण लाल कर्णको संयोजकत्वमा संसदीय दलको बिधान मस्यौदा गर्न एउटा कार्यदल बनाई जिम्मेबारी दिइएको छ, नेता लालले लोकान्तरसंग भने, ‘अब उहाँले त्यो विधानको मस्यौदा पार्टीको राजनीतिक समितिको बैठकमा लागेपछि दलको नेता समेत चुनिने छ ।’

पार्टी भित्र बिभिन्न गुट उपगुट

राजपा नेपाल बनेको एक वर्ष भए पनि हालसम्म बिभिन्न गुट उपगुटहरू प्रष्टै देखिएका छन् । केही पुरानै पार्टीको गुट भित्र रहेका छन् भने केही नेता तथा कार्यकर्ताहरूले पुरानो खेमा परिबर्तन गरी नयाँ खेमामा आएको जिल्लाहरूमा प्रष्ट देखिन्छ । 

अहिले झन् केन्द्रीय स्तरमै गुट बनाउने खेल जारी रहेको छ । पार्टीका एक जना केन्द्रीय महासचिबका अनुसार पछिल्लो दिनमा राजेन्द्र महतो र शरत सिंह भण्डारीबीच नयाँ ध्रुबीकरण भएको छ । बिगतमा भण्डारी र महेन्द्र यादव बीच निकटता देखिने गर्थ्यो । तर, अहिले भण्डारी र महतो बीच बनेको ध्रुबिकरणमा अनिल झालाईसमेत ल्याएर पार्टीको संसदीय दलदेखि पार्टीको महाधिबेशन सम्ममा भागबण्डा गरी नेतृत्व कब्जा गर्ने दाउमा रहेको ती नेताले बताए ।

तर, अनिल झा भने यसलाई स्विकार गर्दैनन् । ‘यदी त्यस्तो हुनु नै थियो भने राजपा पार्टी किन बनाईएको हो, यदि कसैले त्यस्तो प्रयास गर्यो भने सबै भन्दा पहिले पार्टी बाट अलग्गिने व्यक्ति मै हुन्छु,’ अध्यक्ष मण्डलका सदस्य समेत रहेका झाले बताए ।

तत्कालिन तमलोपाका नेताहरूलाई पनि संयोजक महन्थ ठाकुरपछि राजपामा तमलोपाका नेताहरूको अबस्था के हुने भन्ने डर देखिन्छ । ५ बैशाखमा जनकपुरमा पूर्ब तमलोपाका जिल्लादेखि केन्द्रिय नेता सम्मका कार्यकर्ताहरूले छुट्टै भेला डाकेका थिए । राजपा गठन भएपछि तमलोपाका नेताहरू सबै भन्दा बढी असुरक्षित र अवसरबाट वञ्चित भएको गुनासो नेता कार्यकर्ताले पोखेका थिए ।

प्रदेश नम्बर २ मा राजपा नेपालले हालसम्म आफ्नो भागमा परेको ३ जना राज्य मन्त्रीको नाम समेत छन्न सकेको छैन । संघीय समाजबादी फोरम र राजपा नेपालको साझा गठबन्धनको नेतृत्वमा सरकार गठन भएको २ महिना भईसक्यो तर पनि आफ्नो भागमा परेको राज्यमन्त्रीको टुंगो राजपाले लगाउन सकेको छैन । राजपा उपाध्यक्ष लाल भन्छन्, ‘त्यसमा धेरै जना प्रदेश सांसदको आकांक्षा देखिएको छ,तर सहमति हुन सकिरहेको छैन ।’

प्रदेश नम्बर २ मा राजपा नेपालको तर्फबाट निर्बाचित मेयर, उपमेयरदेखि वडा अध्यक्षसम्मले पार्टीसँग समन्वय नगरेको र आफ्नै गुटका कार्यकर्तालाई मात्र अबसर दिइरहेको भन्ने आरोप लाग्ने गरेको छ । जसले गर्दा पनि पार्टी भित्र असन्तुष्टि बढ्दै गएको देखिन्छ । अर्को तर्फ केन्द्रीय अध्यक्ष मण्डलले समेत तलको कार्यकर्ताहरूसंग समन्वय नगरिरहेको कार्यकर्ताहरू बताउँछन् । 

राजपा नेपालका बरिष्ठ नेता हृदयेश त्रिपाठी जस्ता शीर्ष तहका नेताहरूको बहिर्गमनले पश्चिम मधेशमा राजपाको अस्तित्व संकटमा परेको विश्लेषण भइरहेको छ । 

प्रतिनिधि सभा सदस्यमा निर्बाचित रेशम चौधरीलाई शपथ गराउने वातावरण बनाउन नसकेको भन्दै राजपा नेताहरुको आलोचना भइरहेको छ । पार्टीको आन्तरिक किचलो र नेताहरुको उदासिनताका कारण प्रदेश नम्बर दुईमा पनि राजपाबाट बाहिरिने कार्यकर्ताको संख्या बढ्ने सहजै अनुमान गर्न सकिन्छ । 

एकताबद्ध भएर एउटा पार्टी र चुनाब चिह्नमा चुनाब लडेका कारण जनताले पनि ती नेताहरूलाई चुनावमा मत दिएर जिताए । मधेशका जनताले सबै मिलेर आएका कारण फेरि एकपटक राजपाका नेतालाई भरोशा गरेका छन् । तर, राजपा नेपालले आफ्नो गतिविधि र कार्यशैलीमा सुधार नर्गे हो भने आगामी चुनावमा मधेशी जनताले उनीहरुलाई किनारा लगाउन बेर लगाउने छैनन् ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

बैशाख ११, २०८१

फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x