×

NMB BANK
NIC ASIA

कलंकी-नागढुंगामा श्वासै रोक्ने धुलो, स्थानीय भन्छन्- ‘सुत्दा पनि मास्क चाहिन्छ’ [भिडियोसहित]

बैशाख १४, २०७५

NTC
Premier Steels

काठमाडौं, १४ वैशाख– कलंकी–नागढुंगा सडकखण्डको सडक छेउमा व्यापार गर्दै आएका सुरेन्द्र श्रेष्ठ पसलमा बस्दा सधैँ मास्क लगाएर बस्छन् । उनले सतुंगलमा किराना पसल सञ्चालन गर्न थालेको २० वर्ष भयो । कलंकी–नागढुंगा सडक खण्ड विस्तारको काम शुरु भएदेखि उनको काम व्यापारभन्दा पनि बढार्ने बढी भएको छ । बिहीबार त्यहाँ पुग्दा उनी पसलअगाडि कुचो बोकेर बसिरहेका थिए ।

Muktinath Bank


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘पसलमा मान्छे आउँदैनन्, धुलो मात्रै आउँछ । यही धुलो बढार्दैमा दिन जान्छ,’ उनले लोकान्तरसँग भने, ‘दिनमा चार–पाँचपटक बढार्दा पनि धुलो जाँदैन । सडक बनाउने भनेका थिए, सधैँ भत्काएको मात्र देख्छु, दुई वर्षभन्दा बढी हुन लागिसक्यो ।’ धुलोको कारण स्वास्थ्यमा प्रतिकुल असर परिसकेको उनले सुनाए । ‘पसलमा मात्रै होइन, कोठामा पनि धुलो पस्छ,’ उनले भने, ‘श्वास फेर्न पनि गाह्रो छ, सुत्दा समेत मास्क लगाउनुपर्ने अवस्था आइसक्यो ।’


Advertisment
Nabil box
Kumari

साढे दुई वर्षमा सम्पन्न गर्ने लक्ष्यका साथ २०७१ साउनबाट निर्माण थालिएको कलंकी–नागढुंगा सडक अलिहेसम्म निर्माण सम्पन्न हुन सकेको छैन ।

Vianet communication

चार लेनको सडक, बीचमा ग्रीन बेल्ट र सडकको दुवैतर्फ साइकल लेन हुने भनिएको उक्त सडक खण्डमा ठूला–ठूला खाल्डा मात्रै छन् । धुलो र खाल्डाखुल्डी सडकका कारण यात्रुहरू घण्टौंसम्म जाममा पर्ने गरेका छन् । 

बाटो नै नदेखिने गरी धुलो उड्दा सवारीचालकहरू यो क्षेत्रमा दिउँसै लाइट बालेर सवारी चलाउँछन् । धुलोका कारण ट्राफिक प्रहरीलाई ट्राफिक व्यवस्थापन गर्न समेत हम्मेहम्मे पर्छ ।

‘धुलोका कारण बाटोको अवस्था दयानीय छ, धुलोले बाटो देखिँदैन, अत्यधिक जाम हुन्छ, ट्राफिक व्यवस्थापन गर्न निकै गाह्रो छ,’ ड्यूटीमा रहेका ट्राफिक प्रहरी सुरज थापाले भने, ‘खोकी लागिरहन्छ, छाती दुख्छ, यस्तो धुलोमा काम गर्नुपर्दा स्वास्थ्य त कसरी राम्रो हुन्छ ? धुलोधुँवा भन्न पाइएन हाम्रो समस्या कस्ले बुझिदिन्छ र ?’

सडक खण्डको छेउछाउमा बस्ने र दैनिक पैदल हिड्नुपर्ने स्थानीयको दैनिकी झनै कष्टपूर्ण बनेको छ ।

‘थोरै अगाडिसम्म जान लागेको निकै धुलो छ, धुलोले आँखा पनि हेर्न सकिन्न,’ थानकोटमा पैदल हिँड्दै गरेकी लक्ष्मी श्रेष्ठले भनिन्, ‘अलिकति हिँड्दा पनि कपडा धुलाम्मे हुन्छ, घरमा पनि उत्तिकै धुलो छ, राम्रोसँग श्वास फेर्न पनि पाएका छैनौं ।’

हेर्नुहोस्, भिडियो :

थप तस्वीरहरू :

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

चैत १५, २०८०

२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x