मंसिर ३०, २०८०
बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् । काठम...
बैशाख १५, २०७५
जनकपुरधाम, १५ वैशाख– ‘कुनै पनि समाजको बौद्धिक स्तर कस्तो छ, चेतनाको स्तर कति माथि उठेको छ, भन्ने जान्नका लागि सबैभन्दा ठूलो मापदण्ड त्यहाँको सार्वजनिक पुस्तकालयमा कति मानिस आइरहेका छन्, या पुस्तकप्रति मानिसको लगाव कति छ, भन्ने कुराबाट जान्न सकिन्छ,’ जनकपुरका वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमल भन्छन्, ‘यदि पुस्तकालयप्रति मानिसहरूको लगाव तथा अभिरुची बढिरहेको पाइन्छ भने त्यहाँको समाजको चेतनास्तर पनि स्वभाविकरूपमा माथि उठेको बुझ्न सकिन्छ ।’
साहित्यकार बिमल थप्छन्, ‘यदि कुनै समाज पुस्तकालयप्रति उदासिन छ र उपेक्षाको भाव राख्दछ भने उक्त समाजले आफूलाई चाहे जतिसुकै बौद्धिक रहेको दाबी किन नगरोस्, त्यहाँ आम मानिसको चेतनास्तर उठेको मानिँदैन भन्ने प्रष्ट बुझ्न सकिन्छ ।’
निश्चय पनि समाजमा चेतनाको स्तर माथि उठाउन यस्ता पुस्तकालयको अति नै महत्वपूर्ण योगदान रहन्छ । तर २०१२ सालमा स्थापित जनकपुरको सबैभन्दा पुरानो सार्वजनिक पुस्तकालय सम्बन्धित निकायको उपेक्षाका कारण दिनप्रतिदिन जीर्ण बन्दैगएको छ । यतिसम्म कि उक्त पुस्तकालयको सञ्चालन र संरक्षण गर्ने जिम्मेवारी लिएको जनकपुर उपमहानगरपालिकाको कार्यालयले समेत चासो राख्न छोडेपछि जनकपुरकै सबैभन्दा पुरानो पुस्तकालय उपेक्षित हुन पुगेको छ ।
जनकपुरका तत्कालीन युवाहरू कुशेश्वर लाभ, युगेश्वर लाभ, धु्रवनारायण लाल र गौरीनारायण मल्लिक लगायतले जनकपुरको बौद्धिक विकास र चेतनास्तर अभिवृद्धिका लागि भनेर आफ्नो व्यक्तिगत लगानीमा केही पुस्तकहरू किनेर विक्रम सम्वत २०१२ सालमा सार्वजनिक पुस्तकालय स्थापना गरेका थिए ।
नेपालको १ सय ४ वर्षे जहानियाँ राणा शासनविरुद्ध सक्रिय रहेका तत्कालीन टंकप्रसाद आचार्य नेतृत्व रहेको प्रजापरिषद्का समेत सदस्य रहेका कुशेश्वर लाभ लगायतको एक समूह जनकपुरमा पनि सक्रिय थिए । ब्रिटिस काउन्सिलबाट प्रकाशित हुने अखबार ‘लण्डन प्रेस सर्भिस’ जनकपुरमा आउँदा उक्त पत्रिकाको अन्तिम पृष्ठको खाली भागमा लेथो मेसिनले राणा शासनविरुद्ध प्रचार लेखेर पत्रिका वितरण गर्दथ्यो उक्त समूहले ।
२००७ सालमा नेपालमा प्रजातन्त्र बहाली भएपछि जनकपुरका नागरिकको चेतनास्तर माथि उठाउने उद्देश्यले पुस्तकालय स्थापना भएको थियो ।
पञ्चायतकालमा जनकपुरमा अहिलेको जस्तो धेरै पत्र–पत्रिका प्रकाशन वा वितरण हुँदैनथ्यो । पुस्तकहरू पनि सहजरूपमा उपलब्ध हुँदैनथ्यो । विगत ३० वर्षदेखि उक्त पुस्तकालयमा काम गर्दै आएका कर्मचारी चन्द्रकिशोर लाभ भन्छन्, ‘पुस्तकालयमा देश/विदेशबाट प्रकाशित हुने पुस्तक र पत्रिकाहरू पढ्न नियमितरूपमा मानिसहरू आउँथे । पुस्तकालयको सदस्यता बापत १० रुपैयाँ धरौटी लिइन्थ्यो । २ रुपैयाँ मासिक शुल्क तिरेर पाठकहरू नियमित सदस्य बनेका थिए । त्यस समयमा जनकपुरका ५० देखि १०० सम्मको संख्यामा जागरुक युवाहरूको समूह नियमित पुस्तकहरू पढन आउँथे । तर अहिले उक्त संख्या १० देखि २० मा झरेको छ ।’
विगतको भन्दा अब पुस्तकालयप्रति मान्छेको रुची घट्दै गएको छ । २०३३ सालदेखि उक्त पुस्तकालयका पाठक रहेका जनकपुर– १० निवासी विजयकिशोर लाभ भन्छन्, ‘त्यसबेला सार्वजनिक पुस्तकालयमा सोभियत संघ (रुसी) पत्रिकाहरू पनि आउने गर्थ्यो । विभिन्न किसिमका उपन्यासहरू, धार्मिक, साहित्यिक र राजनीतिक पुस्तकहरू थिए । अझ भारतीय राजदूतावासले भारतमा प्रकाशित भएका धार्मिक, साहित्यिक र ऐतिहासिक पुस्तकहरू दिनेगर्थ्यो ।’
४ हजारभन्दा बढीको संख्यामा पुस्तकहरू रहेको उक्त पुस्तकालयमा अहिले २ सय पनि किताव नहुँदा अत्यन्तै पीडा बोध गर्दै लाभ भन्छन्, ‘पुस्तकालयको महत्त्वलाई जनकपुर नगरपालिकाले प्राथमिकतामा नराख्नु आउँदो पुस्ताका लागि दुर्भाग्यपूर्ण अवस्था हो ।’
त्यतिबेला कुनै सभा वा बैठक गर्नका लागि पनि पर्याप्त ठाउँहरू नभएका बेला पुस्तकालयलाई प्रयोग गरिन्थ्यो । उक्त पुस्तकालयमा पञ्चायत कालमा महिला दिवस मनाइरहेका स्थानियवासीहरू महावीर सिंह, ललन राय, मदन थापा, सीतानन्दन राय, रामअषिश महासेठ र रामनगिना सिंहलाई तत्कालीन प्रशासनले गिरफ्तार नै गरेको लाइब्रेरियन लाभ सम्झन्छन् । क्रान्तिकारी विचार बोक्ने परिवर्तनकारी युवाहरू नियमित रूपमा पुस्तकालयमा जाने गर्थे ।
तर आज उक्त पुस्तकालयप्रति स्थानीयवासीको समेत उपेक्षा रहेको देखिन्छ । जनकपुरका अर्थशास्त्र विषयका प्राध्यापक डा. सुरेन्द्र लाभ भन्छन्, ‘जनकपुरको सार्वजनिक पुस्तकालयसँग मेरो भावनात्मक लगाव पनि छ, आफ्नै पिताले पुस्तकहरू किनेर स्थापना गर्नुभएको पुस्तकालयको दुरावस्था हेर्दा मन खिन्न भएको छ ।’
बन्द रहेको उक्त पुस्तकालय पुनः संचालन गर्नका लागि २१ फागुन २०६९ मा सञ्चालक समिति गठन गरियो । उक्त समितिको अध्यक्षमा विपति मण्डल, उपाध्यक्षमा विजय यादव, महासचिवमा डा. सञ्जय गुप्ता, कोषाध्यक्षमा बलराम मण्डल, सदस्यहरूमा युवराज खाती, ललन चौधरी, शंकर राय, अजय सिंह र रामपुकार राय चयन गरियो । लागूऔषध सेवन गर्नेहरूको र दिसापिसाव गर्नेहरूको अखाडा बनिसकेको उक्त पुस्तकालयलाई समितिले आफ्नो प्रयासबाट पुनः सञ्चालनमा ल्यायो ।
अहिले उक्त पुस्तकालयमा केही राष्ट्रिय अखबार र स्थानीय अखबार मात्र आउने गरेका छन् । पुस्तकालयमा पुस्तकहरू छैनन् । पुस्तकालय परिसरमा सञ्चालक समितिले सरसफाइ तथा फुलहरू रोपे पनि बाटोमा (पोखरीको डिलमा) स्थानियवासीले गर्ने दिसापिसावका कारण उक्त क्षेत्र नै सार्वजनिक पुस्तकालयको सट्टा खुल्ला सार्वजनिक शौचालयको रूपमा प्रयोग भइरहेको छ ।
सञ्चालक समितिका अध्यक्ष विपति मण्डल भन्छन्, ‘आफ्नो निजी लगानीमा हामीले पुस्तकालयलाई बाँसले घेरा लगाएका छौं । वृक्षारोपण गरेका छौँ । अब नगरपालिकाले पुस्तकको संख्या बढाउन र पुस्तकालयलाई थप उपयोगी बनाउन ध्यान दिनुपर्छ ।'
सन् १९४७ अघि भारतमा पुस्तकालय स्थापनाको लागि आन्दोलन नै भएको थियो । जनतामा जागरुकता नभएसम्म लोकतन्त्र पनि सफल हुन सक्दैन । रुसेको पुस्तकमा उल्लेख भएको (Democracy is the most perfect system of government but it is not means for human beings; it is means for gods) अभिव्यक्ति दोहोर्याउँदै डा. बिमल भन्छन्, ‘परम चेतना भएमात्र देशमा लोकतन्त्र सफल हुन्छ र त्यसो नभएको अवस्थामा अर्थात् जनताको चेतनाको स्तर अगाडि नबढेको अवस्थामा साम्यवाद वा लोकतन्त्र धरापमा पर्छ र एउटा ‘डिक्टेटरसिप’, ‘फासिस्ट’ को जन्म हुन्छ ।’
त्यसकारण समाजमा स्वाधिनता भनेको के हो, सामाजिक कुरीती, राजनीतिक विकृति वा तमाम विसंगतिका अन्य आयामहरू हटाउनका लागि समाजमा ज्ञान र बौद्धिकता प्रसार हुनु आवश्यक हुन्छ भन्दै डा. बिमल थप्छन्, ‘भारतीय मिसनले निर्माण गराएको उक्त भवन निर्माणका क्रममा मैले पनि इँटा बोकेको छु । मकेश्वर बाबु (मकेश्वरप्रसाद सिंह)ले मलाई पनि इँटा बोकाउनुभयो, अझ मैले कक्षा ८ का लागि लेखेको पुस्तक पनि उक्त पुस्तकालयमा राखिएको थियो ।’
आफ्नो बुवाले एउटा अभियानअन्तर्गत स्थापना गरेको उक्त पुस्तकालयको दूरावस्था देख्दा वा सम्बन्धित निकायको निरासा देख्दा धेरै चिन्ता भएको भन्दै बिमल भन्छन्, ‘भारतमा पुस्तकालय स्थापनाका लागि गरिएको आन्दोलन झैं अब देशैभरी फेरि आन्दोलन वा अभियान पुस्तकालयको पुनःस्थापनाका लागि चलाउनुपर्छ र त्यसको नेतृत्व अहिलेको पुस्ताले लिनुपर्छ ।'
साहित्यकार तथा वरिष्ठ पत्रकार रामभरोस कापडी भन्छन्, ‘पुस्तक लेखकका लागि वा सन्दर्भग्रन्थका लागि पनि पुस्तकालयको अत्यन्त महत्त्व हुन्छ, तर जनकपुरमा पुस्तकालयको दुरावस्था देख्दा यहाँका बौद्धिक समाज कतातिर गइरहेको छ भन्ने चिन्ता भएको छ ।'
जीर्ण बन्दै गइरहेको पुस्तकालयलाई पुनर्जीवन प्रदान गर्नु अत्यन्त आवश्यक रहेको भन्दै बुद्धिजीवी डा. सुरेन्द्र लाभ भन्छन्, ‘अहिले नयाँ कन्प्सेप्ट अनुसार ‘इलाइब्रेरी’ स्थापना गर्न जनकपुर नगरपालिका अग्रसर हुनुपर्छ ।’
बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् । काठम...
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...