×

NMB BANK
NIC ASIA

काठमाडौं, १९ चैत– गत माघ पहिलो साता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएर गायब भएको भनिएको तस्करीको ३३ किलो सुनसँगै जोडिएको सनम शाक्य हत्या प्रकरणमा महानगरीय प्रहरी अपराध महाशाखाका तत्कालीन प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) दिवेश लोहनी पक्राउ परेका छन् । 

Muktinath Bank

३३ किलो सुनका तस्कर र मोरङका सनम शाक्य हत्याका अभियुक्त जोगाउन खोजेको अभियोगमा मोरङ प्रहरीले उनलाई बयानका लागि बोलाएको थियो । बुधवार बयानका लागि बोलाइए पनि मंगलवार नै मोरङ पुगेका एसएसपी लोहनीलाई बयान पछि पक्राउ पूर्जि थमाइएको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बयान चित्तबुझ्दो नभएपछि लोहनीलाई पक्राउ गरिएको मोरङ प्रहरीका एक अधिकारीले जानकारी दिए । एसएसपी लोहनीविरुद्ध संगठित अपराध र कर्तव्य ज्यानमा प्रमाण नस्ट गर्न लगाएको अभियोगमा मुद्दा चलाउन बुधवार नै जिल्ला अदालत मोरङमा पेश गरिँदै छ । 


Advertisment
Nabil box
Kumari

संयुक्त अरब ईमिरेट्स (युएई)बाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल भित्र्याइएको ३३ किलो सुन बेपत्ता भएपछि मोरङमा सनमको हत्या भएको थियो । 

Vianet communication

हत्या प्रकरणको छानवीन गर्न भन्दै तत्कालीन अपराध महाशाखाको नेतृत्वमा रहेका लोहनीले डिएसपी प्रजित केसीको नेतृत्वमा टोली पठाएका थिए । अधिकार क्षेत्र मिचेर घटनामा अनावश्यक चलखेल गर्न सक्रिय भएको देखिएपछि लोहनीसहित डिएसपी केसी र सई बालकृष्ण सञ्जेललाई गैत चैत २२ गते अपराध महाशाखाको जिम्मेवारीबाट हटाएर प्रहरी प्रधान कार्यालय तानिएको थियो । 

डिएसपी केसी र सई सञ्जेल यसअघिदेखि नै प्रहरी हिरासतमा छन् भने एसएसपी लोहनीलाई पनि बुधवार अदालतमा म्याद थप गराएर थप अनुसन्धानका लागि हिरासतमा पठाइने छ । 

३३ किलो सुन प्रकरण र सनम शाक्य हत्या प्रकरणमा बहालवाला एसपी विकासराज खनाल, पूर्व डिआईजी गोविन्द निरौलासहित ६ जना प्रहरी कर्मचारी यसअघि देखि नै हिरासतमा छन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x