सरुवारोग विशेषज्ञ डा पुनसँगको कुराकानी– गर्मीमा सरुवा रोगबाट कसरी जोगिने ?

काठमाडौं, २३ बैशाख– गर्मी मौषमको शुरुवाता भएसँगै विभिन्न प्रकारका सरुवा रोगहरुको प्रकोप बढ्ने गरेको छ ।  शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, टेकुका सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनले गर्मी मौसममा पानीजन्य तथा किटजन्य रोगहरु लाग्न सक्ने भएकाले समयमै सचेत हुनुपर्ने बताएका छन् ।


लोकान्तर डटकमको कार्यक्रमम ‘लोकान्तर हेल्थ शो’ मा सरुवा रोगको विषयमा कुराकानी गर्दै डा पुनले गर्मी मौसममा सरुवा रोगको प्रकोप बढि हुने भएकाले सचेत हुनुपर्ने बताएका हुन् । 

उनले मानिसहरुले जानीजानी स्वास्थ्य प्रति ध्यान नदिदा सरुवा रोगले महामारीको रुप लिने गरेको बताए । काठमाडौंमा पिउने पानी सफा र स्वाच्छ नहुँदा अघिल्ला वर्षहरुमा पानीजन्य रोगहरु धेरै देखिएको भन्दै डा पुनले काठमाडौं बासीले खानेपानी पिउदा सचेत हुनुपर्ने बताएका छन् ।
हेरौं डा. पुनसँग गरिएको भिडियो कुराकानी ः
 

बैशाख २३, २०७५ मा प्रकाशित

रिता लम्साल

रिता लम्साल लोकान्तरका लागि स्वास्थ्य र सामाजिक मामिलामा कलम चलाउँछिन् । 

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस