रेखाले कर्णालीबाट खोजेकी हिरोइनसहितको फिल्म 'मालिका' छायाङ्कनमा

बैशाख २४, २०७५

काठमाडौं, २४ वैशाख-रेखा फिल्मसले निर्माण गर्न लागेको चलचित्र 'मालिका'को छायाङ्कन सोमबारबाट शुरु भएको छ ।

रेखा आफैंले निर्देशन गर्न लागेको चलचित्रको छायाङ्कन सोमबार बिहान पशुपतिमा पूजा गरेपछि बालुवाटारबाट शुरु भएको हो ।


ADVERTISEMENT

करीब १ साता काठमाडौंमै छायाङ्कन हुने र त्यसपछि कोहलपुर हुँदै जाजरकोटसम्म पुग्ने निर्माण पक्षले जनाएको छ ।

फिल्ममा रेखा र नरबहादुर कार्कीसँगै जाजरकोटकी १४ वर्षीया बालिका कमला ओली मुख्य भूमिकामा रहनेछन् । कमलालाई रेखाले जाजरकोट पुगेर काठमाडौं ल्याएकी थिइन् ।

फिल्म आगामी तिहारमा लक्ष्मीपूजाको दिन प्रदर्शनमा आउने बताइएको छ ।
 

बैशाख २४, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस