बेहुलीको परिधानमा यसरी सजिइन् सोनम कपूर (फोटो फीचर)

काठमाडौं, २५ वैशाख – सोनम कपूर र आनन्द आहुजा मंगलवार मुम्बईमा बिहेको बन्धनमा बाँधिएका छन् । सोनम कपूर बेहुली हुँदाको फर्स्ट लूक सार्वजनिक भएको छ ।

यस लूकमा उनी रातो रंगको लहंगामा एकदम सुन्दर देखिन्छिन् । विवाह समारोह पञ्जाबी रीतिरिवाजका साथ सोनमकी अन्टी कविता सिंहको ब्यान्डस्ट्यान्डस्थित शानदार बंगलामा भएको थियो । 

लोकेसनलाई गुलाबी र सेतो रंगमा सजाइएको छ । 

विवाह समारोहमा अमिताभ बच्चन, करीना कपूर, सैफ अली खान, करिश्मा कपूर, बोनी कपूर, राकेश ओमप्रकाश मेहरा, रणवीर सिंह, रानी मुखर्जी, आमिर खान र किरण राव पुगेका थिए ।

हेरौं तस्वीरहरू :

बैशाख २५, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस