मंसिर २६, २०८०
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
काठमाडौं, २७ वैशाख – लामो समयदेखि इरानसँगको आणविक सम्झौताको विरोध गरिरहेका अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अन्ततोगत्वा मंगलवार सम्झौताबाट अमेरिका अलग्गिएको घोषणा गरेका छन् ।
इरानलाई सन् २०२५ सम्म आणविक हतियार बनाउनबाट रोक लगाउने अनि त्यसको बदलामा उसमाथि लगाइएको प्रतिबन्धलाई खुकुलो पार्ने भनी पूर्ववर्ती बाराक ओबामा प्रशासनले गरेको सम्झौतालाई ट्रम्पले भंग गरेका हुन् ।
जोइन्ट कम्प्रिहेन्सिभ प्लान अफ एक्सन नाम दिएको उक्त सम्झौतामा संयुक्त राष्ट्रसंघका अन्य स्थायी सदस्य राष्ट्र फ्रान्स, बेलायत, चीन र रुसका साथसाथै जर्मनीले पनि हस्ताक्षर गरेका थिए । ओबामाले अहिलेसम्मकै सबभन्दा राम्रो भनी वर्णन गरेको यस सम्झौतालाई ट्रम्पले भने राष्ट्रपति बन्नुभन्दा अघिदेखि नै ‘हास्यास्पद’ र ‘अत्यन्तै खराब’ भनिरहेका थिए ।
सम्झौताबाट हात झिकेसँगै अमेरिकाले इरानमाथि फेरि अत्यन्तै कडा प्रतिबन्ध लगाउने बताएको छ । इरानको ‘हत्यारो सत्ता’ ले ‘संसारभरि आतंकवादलाई समर्थन गरिरहेको’ गम्भीर आरोप ट्रम्पले लगाउँदै उसमाथि प्रतिबन्ध लगाउने बताएका हुन् । इराक, लिबिया र सिरियामा हस्तक्षेप गरेर ती देशलाई तहसनहस गर्ने अमेरिकाले इरानमाथि यस्तो आरोप लगाउनु आफैंमा हास्यास्पद छ । अनि आधुनिक युगमा इरानले कुनै पनि मुलुकमा आक्रमण गरेर त्यसलाई ध्वस्त पारेको उदाहरण छैन ।
अन्तर्राष्ट्रिय आणविक ऊर्जा नियोगले इरानका आणविक भट्टीहरूको निरीक्षण गरेर इरानले आणविक हतियार नबनाएको प्रतिवेदन बुझाएपनि ट्रम्पले इरान भित्रभित्रै आणविक हतियार बनाउनमा तत्पर रहेको आरोप लगाए ।
हस्ताक्षर गर्ने अन्य मुलुक पनि इरानले सम्झौता पालन गरेकोमा सन्तुष्ट थिए तर ट्रम्पलाई जसरी भएपनि सम्झौता तोड्नु थियो ।
ट्रम्पले सम्झौता तोड्नुमा जायज कारण पनि दिएका छैनन् र त्यसको भरपर्दो विकल्प पनि प्रस्तुत गरेका छैनन् । आफूले पटक्कै मन नपराएका ओबामाले गरेको सम्झौतालाई जसरी भएपनि तोड्ने केटाकेटी पारा ट्रम्पले देखाएका हुन् ।
त्यसभन्दा पनि डरलाग्दो कुरा इरानलाई खराब शक्तिका रूपमा चित्रित गर्दै ट्रम्प प्रशासनले पश्चिम एसियामा अर्को युद्धको सूत्रपात गर्न खोजिरहेको छ । सिरिया र इराकमा इस्लामिक स्टेटका आतंकवादीहरू निस्तेज भएपछि युद्ध
सकिन लागेको स्थितिमा अमेरिकाका हतियारउद्योग सञ्चालकहरू अर्को युद्धको खोजीमा छन् । उत्तर कोरियाविरुद्ध युद्ध गर्न सकिन्छ कि भनी दाउ हेरिरहेका उनीहरू किम जोङ–उनले शान्तितर्फ कदम बढाएपछि अब इरानतिर
केन्द्रित भएका हुन् । पूर्ववर्ती जर्ज बुश प्रशासनले उत्तर कोरिया, इराक र इरानलाई ‘खराबको धुरी’ (एक्सिस अफ इभिल) भनी शत्रु किटेर इराकमा आक्रमण गरी उक्त मुलुकलाई तहसनहस पारेकोबाट पाठ सिक्दै ट्रम्पले इरान
ताकेका हुन् । खराब शक्ति भनी परिभाषित गरेपछि त्यसलाई कुल्चिनका लागि शक्तिप्रयोगलाई जायज ठह–याउन पाइने भयो ।
ट्रम्पले नयाँ सम्झौतामार्फत इरानसँग ‘डील’ गर्नुको साटो मुठभेडको स्थितिमा जानुका पछाडि पश्चिमको नैतिकतावादी सोच पनि हावी छ । एक खराब शक्तिविरुद्ध नैतिक अधिकारका साथ लडेको भनी विश्वसामु आफ्नो छवि ट्रम्प प्रस्तुत गर्न चाहन्छन् । पूर्ववर्ती ओबामाले कमजोरी देखाउँदै इरानसँग झुकेर सम्झौताको बाटोमा लागेको तर आफू शक्तिशाली भएकाले खराब शासकविरुद्ध उभिन सकेको भनी ट्रम्प जनाउन चाहन्छन् । अनि शीतयुद्धकालको
आफ्नो शत्रु रुसले समर्थन गरेको मुलुकविरुद्ध युद्ध गर्न अमेरिकी संस्थापन पक्ष पहिलेदेखि नै उद्यत छ ।
त्यसो त अमेरिकी संस्थापनविरुद्ध अभिमत राख्दै अबउप्रान्त अमेरिका बाहिरी युद्धमा फस्नेछैन भनी निर्वाचनका बेलामा वाचा गरेका ट्रम्प सत्तासीन भएपछि उनीहरूकै बोलीमा लोली मिलाउन थालेका छन् । इरानविरुद्ध युद्ध तर्कसम्मत छैन भन्ने रेक्स टिलरसनलाई उनले विदेशमन्त्रीबाट हटाएर माइक पम्पिओलाई ल्याएका छन् र पम्पिओ इरानलाई आतंकवादसमर्थक मुलुक मान्छन् । ट्रम्पले हालै नियुक्त गरेका राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टन त पहिलेदेखि नै इरानलाई घृणा गर्थे । पदमा नियुक्त हुनुभन्दा केहीपहिले उनले एक लेख प्रकाशित गरेर इरान सम्झौताबाट हात झिक्नु ट्रम्प प्रशासनको सर्वोच्च प्राथमिकता हुनुपर्ने तर्क गरेका थिए ।
सम्झौताबाट हात झिक्नुमा अमेरिकाको इजरायल र साउदी अरबसँगको निकट सम्बन्ध पनि एक कारण हो । ट्रम्पको घोषणालाई संसारले निन्दा गर्दा पनि यी दुई मुलुकले हर्षका साथ स्वागत गरे । इजरायलका अनुदारवादी प्रधानमन्त्री बेन्जामिन नेतान्याहु पहिलेदेखि नै इरानविरुद्ध अमेरिकाको सैन्य कारवाहीको पैरवी गरिरहन्थे । इरानका शासकहरूले इजरायलविरुद्ध विषवमन गरिरहेको तुषका कारण इजरायलले आणविक सम्झौताको निन्दा गरेको थियो अनि उसलाई इरान आणविक हतियारसम्पन्न भएकोमा डरले पनि सताएको थियो । इरानले सम्झौता उल्लंघन गरेको विषयमा कुनै प्रमाण नहुँदा पनि नेतान्याहुले आफ्नै किसिमको प्रमाण प्रस्तुत गरे अनि ट्रम्पले सम्झौता भंगको घोषणाका क्रममा त्यसैलाई उद्धृत गरे ।
त्यस्तै पश्चिम एसियामा शिया इरानसँग प्रभुत्वको लडाईं लडिरहेको सुन्नी साउदी अरब पनि इरानविरुद्ध अमेरिका उभिएकोमा गदगद छ । यमनमा तीन वर्षदेखि चलाइरहेको युद्धमा विजय हासिल गर्न नसकेको साउदीले हुती विद्रोहीहरूलाई इरानको समर्थन रहेकाले युद्ध लम्बिएको धारणा राख्ने गरेको छ । अनि सिरिया तथा लेबनानमा इरानको बलियो उपस्थिति पनि साउदीलाई मन परिरहेको छैन । ट्रम्पले पहिलो विदेश भ्रमण गरेको मुलुक साउदी अरब हो र उनले त्यसक्रममा साउदीसँग ठूलो हतियार सम्झौता गरेका हुन् । इरानलाई प्रतिबन्ध लगाएर अप्ठ्यारो पार्ने अमेरिकी रणनीतिलाई साउदीले स्वागत गर्ने नै भयो ।
तर अमेरिकाले हात झिक्दैमा सम्झौता अन्त्य हुन्छ त ? त्यसो त अमेरिकाले सम्झौताबाट हात झिक्दा अन्य हस्ताक्षरकर्ता मुलुकहरूले त्यसलाई निन्दा गरेका छन् र सम्झौतामा रहिरहने बताएका छन् । तर चीन र रुसबाहेकका (युरोपेली) मुलुकहरू अमेरिकाविरुद्ध जालान् भन्ने अपेक्षा गर्न सकिन्न । आधुनिक इतिहासमा उनीहरू अमेरिकाविरुद्ध गएको उदाहरण पाइँदैन । कालान्तरमा उनीहरू पनि अमेरिकी पथमै लागेर इरानविरुद्ध प्रतिबन्ध लगाउन सक्छन् ।
अमेरिकाको घोषणाले इरानका उदारवादी राष्ट्रपति हसन रुहानीलाई अप्ठ्यारोमा पारेको छ । अनुदारवादी खेमाको विरोध झेल्दै उनले ठूलै जोखिम मोलेर आणविक सम्झौता गरेका थिए । तर अमेरिकाले अहिले आएर धोका दिँदा अनुदारवादीहरूको स्वर चर्को हुन पाएको छ । अमेरिकालाई विश्वास गर्न नसकिने उनीहरूको तर्कमा बल पुगेको छ । इरानका सबै आर्थिक र सामाजिक समस्या अमेरिका र पश्चिमले गर्दा नै भएको हो भन्ने उनीहरूको आरोप रहेकोमा थप प्रतिबन्ध लाग्ने भएपछि जनतालाई हुने कष्टका कारण उनीहरूको कुरा हावी हुने सम्भावना बढेको छ । उनीहरूले सरकारलाई पश्चिमसँग लड्नका लागि आणविक हतियार बनाउन दबाब दिने सम्भावना छ ।
अमेरिकाले चिढ्याएका कारण इरानले आणविक हतियार बनायो भने पश्चिम एसियामा हतियार निर्माणको प्रतिस्पर्धा चल्न सक्छ । इरानले आणविक हतियार बनाएमा आफूले पनि बनाउने भनी साउदी अरबले घोषणा गरेको छ । यसले गर्दा युद्धको अनन्त शृंखलामा पश्चिम एसिया फस्ने भयो भन्ने चिन्ता विश्वसमुदायले गरेको छ । युद्धपिपासु हतियारउद्योगको बलमा टिकेको अमेरिकी पुँजीवादी अर्थतन्त्रको चाहना पनि निरन्तर युद्ध नै हो ।
एजेन्सीको सहयोगमा
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...