शाहरुख खानले किन मागे माफी

आफ्नो क्लबको खराब प्रदर्शनलाई लिएर बलिउड सुपरस्टार शाहरुख खानले फ्यानसामु माफी मागेका छन् । आइपिएलले अहिले संसारभरका क्रिकेटप्रेमीको ध्यान तानेको छ ।

खेलप्रेमीमाझ कुनै विश्वकपभन्दा कम छैन, यसको रौनक । त्यसमा पनि बलिउड सेलेब्रिटीको प्रत्यक्ष लगानीले गर्दा यसको आकर्षण झनै बढेको छ ।

आइपिएलमा दर्शकको उपस्थिति र क्लबप्रतिको समर्थन अचम्म लाग्दो छ । तर, जब मैदानमा कुनै क्लबका खेलाडीले खराब प्रदर्शन गर्छन् तब दर्शक निरास हुन्छन् ।

तर, यो दुर्लभ कुरा हो, जब मालिकले दर्शकका लागि माफी माग्छन् । टिमको तर्फबाट निराशाजनक प्रदर्शन भइरहँदा कोलकत्ता नाइटराइडर्सका मालिक शाहरुख खानले माफी मागेका हुन् ।

उनले ट्विट गर्दै भनेका छन्, ‘खेल ऊर्जाको कारण हुन्छ, हार–जित त हुन्छ नै । तर, आज म मालिकको हैसियतले ऊर्जाको कमीका लागि र हारका लागि सबै फ्यानसँग माफी माग्छु ।’

बैशाख २९, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस