एकताको घोषणा हुने राष्ट्रिय सभागृह दुई घन्टा अघिदेखि भरिभराउ

जेठ ३, २०७५

काठमाडौं ३ जेठ– नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको घोषणा हुने राष्ट्रिय सभागृह कार्यक्रम शुरु भन्दा दुई घन्टा अगावै भरिभराउ भएको छ ।

सभागृहमा एमाले र माओवादीका कार्यकर्ताको भीड लागेको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा एमाले केन्द्रीय समितिको बैठक चलिरहदा राष्ट्रिय सभागृहमा कार्यकर्ताको भीड लागेको हो । सभागृहमा एकताका लागि व्यानर राखिएको  ।

अपरान्ह साढे ४ बजे पार्टी एकताको घोषणा गर्ने भनिएपनि दिउसो ३ नबज्दै कार्यकर्ताहरुको भीड देखिएको थियो । 

एमाले र माओवादीका नेता एकिकृत दल दर्ताका लागि निर्वाचन आयोग गएपछि राष्ट्रियसभा गृहमा उपस्थित हुने कार्यक्रम छ । त्यसअघि नै कार्यकर्ताले राष्ट्रियसभागृह भरिभराउ भएको हो ।

तस्वीर- राजकुमार राई

जेठ ३, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस