×

NMB BANK
NIC ASIA

मुख्य समाचार : ‘सबैलाई कम्युनिस्ट देख्नु सरकारको गल्ती’, सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने भन्दै रिट

जेठ १२, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, १२ जेठ– प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारका १०० दिनलाई सामान्य गति दर्जन विसंगति भनेर टिप्पणी गरेको छ । कांग्रेसले वर्तमान सरकारले सय दिनमा केही गर्न नसकेको निचोड निकालेको छ । 

Muktinath Bank

वाम सरकारको सय दिनको समीक्षासहित कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार एक भिडियो सन्देश जारी गर्दै पार्टीको धारणा सार्वजनिक गरेका हुन् । भिडियो सन्देशमा ओली सरकारको गतिलाई सामान्य भनिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शर्माले सरकारका १०० दिनलाई आफ्नो पार्टीले निरुत्साहित ढंगले टिप्पणी गर्न नचाहेको भन्दै सरकारका कमीकमजोरी औँल्याएर ऐना जस्तै देखाउनु प्रतिपक्ष दलको कर्तव्य भएको बताएका छन् । कांग्रेसले ओली सरकारको सय दिनमा दर्जन भन्दा धेरै विसंगति थोपरेको निचोड निकालेको छ । 


Advertisment
Nabil box
Kumari

सांसदको सपथ नै नखाई प्रधानमन्त्रीको सपथ खाने कामबाटै ओली सरकारले विसंगतिको सुरुवात गरेको आरोप कांग्रेसले लगाएको छ । कांग्रेसले संविधान संशोधनबारे पनि ओली सरकारले दोहोरो भूमिका खेलेको आरोप लगाएको छ । 

Vianet communication
Laxmi Bank

आफ्नो सरकार हुँदा राष्ट्रिय सभा सदस्यमा सिफारिस गरिएकाहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले अनुमोदन नगर्नुमा पनि वाम सरकारकै हात रहेको भन्दै यसलाई पनि अर्को गल्ती भनेको छ ।

कांग्रेसले सरकारले १२ गल्ती गरेको जनाएको छ । देश संघीयतामा गइसकेको अवस्थामा अधिकारको बिनियोजन गर्ने निर्णयलाई लत्याउँदै सम्पत्ति शुद्धिकरण विभाग र राष्ट्रिय अनुसन्धान विभागसहितलाई प्रधानमन्त्रीको कार्यालय मातहतमा राख्नु गल्ती भएको प्रवक्ता शर्माले बताए । 

देशको वास्तविक आर्थिक अवस्था देखाउनुपर्ने श्वेतपत्र नकारात्मक सूचकसहित प्रस्तुत गरिएको, सर्वोचच अदालत ३ महिनादेखि नेतृत्वविहीन अवस्था राखिएको, कर्णाली प्रदेशबाहेक अरु प्रदेशको अझैसम्म नामाकरण नभएको भन्दै कांग्रेसले सरकारको आलोचना गरेको छ । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदा सरकारले जे जस्तो चित्र देखायो, त्यसले उग्र राष्ट्रवादको खण्डन गरेको, कर्मचारीहरुमाथि जथाभावी प्रहार गर्ने काम भएको र सबै नेपालीलाई कम्युनिस्ट देख्नु सरकारको अर्को गल्ती भएको कांग्रेसले औल्याएको छ । 

सभामुख र उपसभामुख फरक फरक दलको हुनुपर्ने भन्दै सर्वोच्चमा रिट 
सर्वोच्च अदालतमा प्रतिनिधि सभा र प्रदेश सभाका सभामुख र उपसभामुख फरक फरक राजनीतिक दलका हुनुपर्ने माग गर्दै रिट दायर गरिएको छ । अधिवक्ता अच्युत खरेलले अहिले प्रतिनिधि सभा र प्रदेश सभामा एउटै पार्टीको सभामुख र उपसभामुख भएकाले त्यो संविधान विपरीत भएकाले पुनः निर्वाचन गरेर फरक फरक दलको सभामुख र उपसभामुख हुनुपर्ने माग राख्दै शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाई रिट निवेदन दर्ता गराएको सर्वोच्चका सहप्रवक्ता नगेन्द्रप्रसाद कालाखेतीले जानकारी दिए । 

रिट निवेदनमा अधिवक्ता खरेलले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकता पछि बनेको नवगठित दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को मात्र अहिले प्रतिनिधि सभा र ६ वटा प्रदेश सभामा सभामुख र उपसभामुख भएको र त्यो संविधान विपरीत भएकाले उत्प्रेरणको आदेशमार्फत अलग अलग पार्टीको हुनुपर्ने माग गरिएको छ । 

विवादपछि द्रुतमार्गको ‘जिरो किलो’ फेरिँदै 
राष्ट्रिय गौरवको काठमाडौँ–तराई–मधेश द्रुत राजमार्गको खोकनास्थित यसअघि प्रस्तावित प्रस्थानविन्दु फेरिने संकेत देखिएको छ । स्थानीयवासीबाट सम्बोधन नै गर्न नसकिने मुआब्जा माग, तीव्र राजनीतीकरण र पुरातात्विक सम्पदाका कारण प्रस्थानविन्दुबारे लामो विवाद भएपछि तेस्रो विकल्पमा सहमति भएको हो ।

एशियाली विकास बैंकले गरेको सम्भाव्यता अध्ययन प्रतिवेदनमा राजमार्गका लागि रेखांकन गरिएको क्षेत्रमा सिकाली मन्दिर र कुदेशजस्ता पुरातात्विक सम्पदा परेपछि स्थानीय जनताबाट विरोध भएको थियो । विरोधपछि दोस्रो विकल्पका रूपमा नेपाली सेनाले सिकाली र कुदेश क्षेत्रमा दुई किलोमिटर क्षेत्रमा राजमार्गका लागि पुनःरेखाङ्कन गरी मन्दिर र कुदेशलाई संरक्षण गर्ने विकल्प प्रस्तुत गरे पनि मुआब्जा विवाद भने कायमै थियो ।
      

ढुंगेललाई आममाफी दिनेबारे लिखित जवाफ माग
सर्वोच्च अदालतले ज्यान मुद्दामा सजाय भोगिरहेका पूर्वसांसद बालकृष्ण ढुंगेललाई आममाफी दिनुपर्ने कारणसहित लिखित जवाफ पेश गर्न सरकारका नाममा आदेश जारी गरेको छ । 

न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासले ज्यान मुद्दामा सजाय भोगिरहेका ढुंगेललाई आममाफी दिनुपर्ने कारणबारे १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश जारी गरेको हो । आदेशमा दुवै पक्षलाई यही जेठ १३ गते छलफलका लागि उपस्थित हुन भनिएको छ ।

सरकारले गणतन्त्र दिवसका अवसरमा ज्यान मुद्दामा सजाय भोगिरहेका ढुंगेललाई आममाफी दिन गरेको निर्णय रोक्न माग गर्दै अधिवक्ता दिनेश त्रिपाठीले बिहीबार सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।


गोरेको बयान जारी
सुन तस्करी तथा सनम शाक्यको हत्याको अभियोगमा पक्राउमा परेका चुडामणि उप्रेती (गोरे)को जिल्ला अदालत मोरङमा आज पनि बयान जारी रह्यो । सो प्रकरणको मुख्य अभियुक्त मानिएका गोरेसँग शुक्रबार चार घण्टाभन्दा बढी समयसम्म बयान लिइएको र आइतबार बयान सकिने सम्भावना रहेको अदालतका निमित्त स्रेस्तेदार केदारप्रसाद गौतमले जानकारी गराए । 

बयान सकिएपछि थुनछेकको बहस प्रारम्भ हुनेछ । जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माको रोहवरमा गत बुधबारदेखि शुरु भएको गोरकोे बयान आज सम्ममा २७ पृष्ठमा पुगेको बुझिएको छ । 

कर्णाली प्रदेशसभाको दोस्रो अधिवेशन शुरु
कर्णाली प्रदेशसभाको दोस्रो अधिवेशन शुक्रबारदेखि शुरु भएको छ । बैठकमा प्रदेशसभा सदस्य गुलाबजंग शाह र  सीता नेपालीले अब बजेट अधिवेशन शुरु भएको बताउँदै संघीय गणतन्त्रलाई कार्यान्वयन गर्न कानूनको अभाव रहेको बताए । 

प्रतिपक्षी दल नेपाली काँग्रेसका सचेतक हिमबहादुर शाहीले दैलेखमा ६० प्रतिशत जनताका जग्गा अहिले पनि ४९ गुठीमा रहेको भन्दै त्यहाँका ४० प्रतिशत दुःखी जनताका लागि प्रदेश सरकारलाई जिम्मेवार हुन सुझाए । प्रदेशसभाको अर्को बैठक आइतबार अपराह्न ३ बजे बस्नेछ । 

प्रदेशसभाको अधिवेशन आह्वान
प्रदेश नं. १ का प्रमुख डा गोविन्दबहादुर तुम्बाहाङले प्रदेशसभाको ‘बर्षे अधिवेशन’ यही जेठ १७ गते अपराह्न ३ बजे आह्वान गरेका छन् । प्रदेश सरकार, मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको १८३को उपधारा (१) बमोजिम सो अधिवेशन आह्वान गरिएको प्रदेश प्रमुख कार्यालयका सचिव रामकृष्ण गुरागाईले विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।

परीक्षण उडान सफल
लामो समयदेखि बन्द रहेको अछामको साँफेबगर विमानस्थलको शुक्रबार परीक्षण उडान गरिएको छ । विमानस्थलको कालोपत्रे, रनवे लगायतको काम सम्पन्न भएपछि समिट एयरको १९ सिट क्षमताको विमानले परीक्षण उडान गरेको हो । 

तत्कालिन विद्रोही माओवादीले २०५८ फागुन ४ गते साँफेबगर विमानस्थलको टावर ध्वस्त बनाएको थियो । बीचमा केही समय विमानस्थल सञ्चालनमा आए पनि २०६२ सालदेखि पूर्णरूपमा बन्द विमानस्थल गौचरणमा परिणत भएको थियो । निर्माण जिम्मा पाएको अमर कन्स्ट्रक्सनले निर्माणको काम करिब पुरा भएको बताएको छ । 

केपीएलः रुपन्देही–११ फाइनलमा
सुर्खेतमा जारी कर्णाली प्रिमियर लिग (केपीएल) टि–ट्वेण्टी क्रिकेटको उपाधिका लागि त्रिभुवन आर्मी क्लबले रुपन्देही–११ सँगको भेट पक्का गरेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा धनगढी क्रिकेट एकेडेमीलाई ८ विकेटले पराजित गर्दै विनोद भण्डारीको कप्तानीमा रहेको आर्मीले शक्ति गौचनको कप्तानीमा रहेको रुपन्देहीसँगको भेट पक्का गरेको हो ।

टस जितेर पहिले ब्याटिंग गरेको धनगढीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर एक सय ३१ रन बनायो । एक सय ३२ रनको लक्ष्य आर्मीले १७ ओभरमा मात्र २ विकेट गुमाएर भेटायो । 

शुक्रबार भएको पहिलो खेलमा मध्यपश्चिम क्रिकेट क्लबलाई पराजित गर्दै रुपन्देही–११ फाइनल प्रवेश गरेको छ । फाइनल खेल शनिबार विहान साढे ९ बजेदेखि सुर्खेत रंगशालामा शुरु हुनेछ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x