×

NMB BANK
NIC ASIA

पुस्तक चर्चा

साप्ताहिक ‘सही रास्ता’ को नेपाली रूपान्तरण: समाज दैनिक

जेठ १२, २०७५

NTC
Premier Steels

अक्षरकर्मी

Muktinath Bank

अहिलेका सम्पादक र उहाँमा फरक छ...अखबारको मालिकले जति स्वतन्त्रता दिएको छ त्यत्ति लेख्छ, छाप्छ अहिलेको सम्पादकले । मणिबाबुको यिनीहरूसँग तुलना हुँदैन’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हालै प्रकाशित मणिराज उपाध्याय स्मृतिग्रन्थमा माथिको उध्दरण भेटिन्छ । यो कथन राजनीतिज्ञ विश्वबन्धु थापाको हो । थापा आफैं पाको उमेरका राजनीतिक व्यक्तित्व, तर उहाँले समकालीन नेपालको पत्रकारितालाई समेत नजिकबाट नियालिरहेको देखियो । थापाको यो अवधारणा चरितार्थ गराउने एक जल्दोबल्दो घटना फागुनको आरम्भमा भएको थियो : फागुन ७ गते वार्षिकोत्सव मनाउने क्रममा एक सम्पादकले ट्वीटर मार्फत के कुरा सार्वजनिक गरे भने उनी प्रकाशकले दिएको स्वतन्त्रता उपयोग गर्दैछन् र त्यस बापत उनैप्रति कृतज्ञ छन् । अर्थात् सम्पादक भएर पनि संविधानले दिएका स्वतन्त्रता,हक र अधिकारलाई भन्दा बढी महत्व प्रकाशकबाट प्राप्त स्वतन्त्रतालाई दिने गरेका छन् !


Advertisment
Nabil box
Kumari

यस्तै प्रवृत्तिलाई देख्दा मलाई बराबर ‘साहुका सम्पादक’ को सम्झना हुने गर्छ । जो देशको मूल कानूनले प्रदान गरेको अधिकार पनि प्रयोग गर्ने हिम्मत राख्दैन त्यस्ताबाट साँच्चिकै आँटिला काम कसरी हुन सक्ला ? भन्नै परेन,यस्ता सम्पादक पाठकप्रति उत्तरदायी हुने आशा गर्नु निरर्थक हुन्छ । रेडियोका श्रोता, टेलिभिजनका दर्शक र अन्लाइनका उपभोक्ता बहुधा यस्तै सञ्चारकर्मीको निशानामा परेका हुन्छन् । अग्रज पत्रकार भैरव रिसालको चिन्ता पनि यहाँछेउ सान्दर्भिक देख्छु । ​

Vianet communication

*****

मणिराज उपाध्याय ( वि.सं. १९८०-२०७३) को पत्रकारितालाई चिन्ने वरिष्ठ पत्रकार आदित्यमान श्रेष्ठको आलेख पढ्दा यस्तो जानकारी पाइन्छ : नेपालको पानी भारतको लागि कति महत्वपूर्ण छ भन्ने कुरा आजभन्दा ६० वर्षअगाडि मणिराजजीको अखबारमा प्रकाशित सामग्रीले देखाएको छ ।...६० वर्षपछि हाम्रा जल विशेषज्ञ भन्दैछन् कि भारतको स्वार्थ नेपालमा उत्पादन हुने विद्युत् होइन, नेपालको पानी हो । यही कुरा केही महिनाअघि इजरायल पुगेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले समकक्षी बेञ्जमिन नेतन्याहुसित गरेछन् ।

कीर्तिनिधि बिष्ट दिवंगत भैसक्नु भएको छ । निधन हुनुअघि दिएको अन्तर्वार्तामा उहाँले मणिबाबुलाई ‘पायोनियर पत्रकार’ मान्नु भएको छ । ‘नलेखिएको इतिहास’ पुस्तक लेखेर हालै चर्चामा रहेका वामपन्थी नेता राधाकृष्ण मैनालीलाई निज वीरगञ्ज कारागारका बन्दी रहँदा ‘समाज’ पत्रिकाका सम्पादक मणिराजजीले भेट्नु भएको रहेछ । मैनाली : उहाँ वामपन्थी कार्यकर्ता पनि होइन र नेपाली काँग्रेसको सदस्य पनि होइन । तर उहाँमा समाज र देश विकासको प्रगतिशील सोच थियो, त्यसैले उहाँ मलाई भेट्न आउनु भयो ।

मणिराजजीलाई नजिकबाट चिनेका, बुझेका नेपालीले उहाँ संवैधानिक मर्यादामा रहेको राजसंस्था सहितको प्रजातन्त्र नेपालको लागि आवश्यक ठान्ने एक निर्भीक पत्रकार भन्न रुचाउँछन् । यो दृष्टिकोण स्मृतिग्रन्थमा छापिएका कतिपय संस्मरणबाट पुष्टि हुन्छ । २००७ सालको परिवर्तनपछि नेपालमा निजीक्षेत्रमा पत्रकारिताको जग हाल्ने ८-१० जना पत्रकारमा मणिराजजी पर्नुहुन्छ । गोपालदास श्रेष्ठ, चन्द्रलाल झा, मदनमणि दीक्षित, गोविन्द वियोगी यस क्रममा सम्झना गरिने केही नाम हुन्; अहिले दीक्षित मात्र हामीबीच हुनुहुन्छ । >आधा शताब्दीको कठोर संघर्ष< शीर्षकमा रघु मैनालीद्वारा लिखित ३६ पृष्ठको आलेखले मणिराज उपाध्यायको असाधारण साहस र धैर्यसित पाठकलाई परिचित गराउँछ । शासक प्रशासकलाई बिझाउने समाचार, टिप्पणी, अग्रलेख आदि लेखे/छापे बापत दर्जनौं पटक   थुनछेक बेहोरेका उपाध्यायका बारेमा घमराज लुइँटेल र ब्रजेशराज शर्माबाट विस्तृत जानकारी आएको छ । उहाँको फूटबल खेलाडीको चिनारी पनि रोचक रहेछ ।

स्मृतिग्रन्थ पाँचशयभन्दा बढी पृष्ठमा छ, र यसलाई ११ अध्यायमा बाँडिएको छ । उपाध्यायको व्यक्तित्व झल्काउने संस्मरणात्मक विवरणका अतिरिक्त यस ग्रन्थमा सातसालपछिको लामो कालखण्डमा नेपाली पत्रकारिता कुन ढङ्ग र बेगले विकसित हुँदै आयो त्यसको तथ्यगत जानकारी पाइन्छ । ग्रन्थको सम्पादन र प्रकाशनमा पत्रकार र ‘समाज’ पत्रिकाका व्यवस्थापक नै संलग्न भएको हुनाले २०५३ साल पौषमा कस्तो परिस्थितिमा त्यो पत्रिका सदाको लागि बन्द गरियो त्यसको आधिकारिक सूचना समावेश भएको छ । त्यसैले मैले प्रेस स्वतन्त्रता र पत्रकारिताबारे अन्वेषण गर्नेहरूको लागि यो संग्रहणीय पुस्तक  मानेको हुँ । ग्रन्थको आवरणमा मुद्रित ‘सतिसाल’ लाई बृहत् शब्दकोशले ‘ चुरो खुब बलियो हुने एक जातको रूख ’ भनेर अर्थ्याएको छ । उपाध्यायलाई सुहाउँदो चिनारी गराउने लवज हो यो ।

*****

कृति : पत्रकारिताका सतिसाल

सम्पादकमण्डल: ब्रजेशराज शर्मा, रघु मैनाली, घमराज लुइँटेल र जीवनाथ खनाल

प्रकाशक: ब्रजेशराज शर्मा, काठमाडौं । ९८५१००४७०८  

 संस्करण : प्रथम; २०७४

पृष्ठ : ५१५ +

सहयोग रकम (मूल्य): पाँचशय रुपिञा

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक ८, २०८०

असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...

असोज १०, २०८०

गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...

चैत ३०, २०८०

लोकान्तर डट्कमका स्तम्भकार कमल रिजालसहित २२ जना साहित्यकार तथा प्रतिभालाई नइ पुरस्कार प्रदान गरिएको छ । गोरखापत्रका पूर्वप्रधान सम्पादकसमेत रहेका साहित्यकार रिजाललाई संस्कृतिमा प्राज्ञिक योगदानका लागि ’नइ...

असोज ६, २०८०

सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...

कात्तिक २८, २०८०

गोपी मैनाली   कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् ।  ...

बैशाख ७, २०८१

दिवंगत साहित्यकार प्रकट पङ्गेनी (शिव) का प्रकाशन हुन बाँकी कृति गण्डकी प्रज्ञा–प्रतिष्ठानले प्रकाशन गरिदिने भएको छ ।  प्रतिष्ठानका कुलपति सूर्य खड्का विखर्चीको अध्यक्षतामा बिहीबार बसेको बैठकले गजलकार ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x