×

NMB BANK
NIC ASIA

आर्थिक सर्वेक्षण : सामाजिक सुरक्षा कर रु २० अर्ब ११ करोड संकलन

जेठ १३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel


–कृष्णराज गौतम / रासस 
काठमाडौँ, १३ जेठ - चालु आवको प्रथम आठ महिनासम्म सामाजिक सुरक्षा कर रु २० अर्ब ११ करोड संकलन गरिएको छ । 

Muktinath Bank

अर्थमन्त्री डा युवराज खतिवडाले आज संघीय संसद्मा पेश गर्नुभएको आर्थिक वर्ष २०७४÷७५ को आर्थिक सर्वेक्षणमा आव २०७३÷७४ ९गत वर्ष० मा रु १६ अर्ब ९० करोड संकलन भएकामा प्रथम आठ महिनामा अहिले करीब २५ प्रतिशतले वृद्धि भएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चालु आवको आठ महिनासम्ममा ८२ प्रतिशत सरकारी क्षेत्र र १८ प्रतिशत गैरसरकारी क्षेत्रका करीब तीन हजार बढी संगठित संस्था सामाजिक सुरक्षा करको दायरामा आएका छन् । 


Advertisment
Nabil box
Kumari

उक्त करमा योगदान गर्नेको संख्या २० लाख पुगेको छ । सामाजिक सुरक्षा योजना सञ्चालन गर्नका लागि स्थापना भएको कोषमा चालु आवको प्रथम आठ महिनासम्ममा रु ६७ करोड पुगेको छ । प्रतिवर्ष करीब पाँच लाख व्यक्ति श्रम बजारमा थपिने गरेका छन् । 

Vianet communication
Laxmi Bank

श्रमिक सचेतना कार्यक्रम सञ्चालन 

चालु आवको आठ महिनामा कूल १३ हजार ५९ जनालाई शीप विकास तालीम प्रदान गरिएको छ । 

अर्थमन्त्री डा युवराज खतिवडाले आज संघीय संसद्मा पेश गर्नुभएको आर्थिक वर्ष २०७४÷७५ को आर्थिक सर्वेक्षणमा तीन हजार ५०९ महिला र नौ हजार ५५० पुरुषलाई व्यावसायिक तालीम उपलब्ध गराइएको उल्लेख छ । आव २०७३÷७४ मा तालीम लिनेको कूल संख्या २० हजार ६६ थियो । 

देशमा रोजागारीको अवसर पर्याप्त नभएका कारण वैदेशिक रोजगारको आकर्षण बढेको पाइएको छ । वैदेशिक रोजगारीमा गएकामध्ये दक्ष कामदार १।५ प्रतिशत, अर्धदक्ष २४ प्रतिशत र अदक्ष ७४।५ प्रतिशत रहेका छन् । संस्थागतरुपमा ११० वटा देशलाई वैदेशिक रोजगारीका लागि खुला गरिएको जनाइएको छ । चालु आवमा जोर्डनसँग आप्रवासन श्रमसम्बन्धी सम्झौता भएको छ । 

पछिल्लो श्रमशक्ति सर्भेक्षणअनुसार नेपालमा बेरोजगारी दर २।३ प्रतिशत र अर्धबेरोजगारी दर ३० प्रतिशत रहेको अनुमान गरिएको छ । हाल दैनिक करीब एक हजार युवा वैदेशिक रोजगारीका सिलसिलामा विदेशिने गरेका छन् । 

आव २०७३÷७४ मा एक हजार २४५ गैरनेपाली नागरिकलाई श्रम स्वीकृति प्रदान गरिएकामा चालु आवको आठ महिनामा एक हजार ३५ लाई स्वीकृति दिइएको छ । 

त्यस्तै वैदेशिक रोजगारमा जाने कामदारलाई अभिमुखीकरण तालीम दिने १५८ संस्था रहेकमा काठमाडौँ उपत्यकामा मात्र सो संख्या ११६ छन् । 

आव २०७३÷७४ मा ५७१ जनाको श्रम स्वीकृति नवीकरण गरिएकामा चालु आवको आठ महिनामा ५८८ जनालाई नवीकरण गरिएको छ । वैदेशिक रोजगारसँग सम्बन्धित आर्थिक कारोबार गर्ने प्रयोजनका लागि हालसम्म आठ वटा बैंक विद्युतीय प्रणालीमा आबद्ध भएका छन् । वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने संस्थाको संख्या २३४ पुगेको छ । 

आव २०७३÷७४ सम्ममा वैदेशिक रोजगारमा जानेको संख्या ४० लाख तीन हजार ४७४ पुगेको छ, यसमध्ये ३८ लाख २८ हजार १७२ पुरुष र एक लाख ७५ हजार ३०२ महिला छन् । 

त्यसैगरी चालु आवमा मलेसिया र खाडी मुलुकमा १० वटा श्रमिक सचेतना कार्यक्रम सञ्चालन गर्नका साथै विदेशमा मृत्यु भएका श्रमिकको क्षति क्षतिपूर्ति दाबीका लागि कानूनी र प्रक्रियागत सहजीकरण भएको छ । 

गत आवमा वैदेशिक रोजगारका क्रममा विदेशमा निधन भएका ७५५ जना मृतकका परिवारलाई आर्थिक सहायता रकम उपलब्ध गराइएकामा चालु आवको प्रथम आठ महिनासम्म सो संख्या ५५२ रहेको छ । 

गत आवमा विदेशमा बिरामी तथा अंगभंग भएका कामदारको संख्या २०६ रहेकामा चालु आवको प्रथम आठ महिनासम्म सो संख्या २२४ पुगेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x