रणवीर सिंह र दीपिका पादुकोणको बिहेलाई रोकिरहेछन् रणवीर कपूर ?

जेठ २२, २०७५

काठमाडौं, २२ जेठ – दीपिका पादुकोण र रणवीर सिंहको बिहेको हल्ला लामो समयदेखि चलिरहेको छ । 

उनीहरूले नोभेम्बरमा स्विट्जरल्यान्डमा बिहे गर्न सक्ने समाचारहरू आइरहेका छन् । तर यो खबर कन्फर्म गरिएको छैन । 

हुन त भर्खरै प्रकाशित एक समाचारअनुसार, रणवीर र दीपिकाको तत्कालै विवाह हुने छाँट छैन । रणवीर त बिहेका लागि उत्साहित छन् तर दीपिका चाहिँ कमिटमेन्ट गर्न डराएको समाचारमा लेखिएको छ । 

उनीहरूका एक निकट मित्रले दीपिका केही समयअघि त रणवीर कपूरसँग बिहे गर्न उत्सुक रहेको अनि करीयरमा पनि सम्झौता गर्न तयार रहेको बताएका थिए ।

तर रणवीर कपूर र दीपिकाबीचको सम्बन्ध लामो समय टिकेन । दुवैको ब्रेकअप हुँदा रणवीरलाई खासै मतलब भएन तर दीपिकालाई धेरै चोट लाग्यो । त्यसैले रणवीर सिंह पूर्ण प्रतिबद्ध भएपनि दीपिका उनीसँग वैवाहिक सम्बन्ध गाँसिहाल्न डराइरहेकी छन् । 

दीपिकाको मनबाट यो डर निकालेर रणवीर सिंहले उनलाई बिहेका लागि मनाउन सक्लान् कि नसक्लान्, समयले नै बताउला ।

एजेन्सी 


ADVERTISEMENT

जेठ २२, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस