×

NMB BANK
NIC ASIA

कस्तो छ रजनीकान्तको नयाँ फिल्म 'काला' ?

जेठ २४, २०७५

NTC
Premier Steels

काठमाडौं, २४ जेठ – तिरुनेलवलीको एक ग्यांगस्टर पछि गएर मुम्बईको धारावीको किङ बनेको अनि उसले शक्तिशाली नेता तथा भूमाफियाबाट जमीनलाई सुरक्षित राख्नका लागि लडाईं लडेको कथा कालामा छ । 

यसपाली निर्देशक पा रञ्जीतले भूमिमा सामान्य मानिसको अधिकार छ भन्ने सन्देश दिन खोजेका छन् । यसका लागि उनले रजनीकान्तको स्टारडमको उपयोग गरेका छन् । 

कथा सरल छ । तमिलनाडुबाट आएका एक प्रवासी मुम्बईको प्रसिद्ध झोपडपट्टी धारावीमा बस्छ र त्यसलाई राम्रो बनाउने प्रयास गर्छ । त्यसका साथै ऊ शहरलाई पनि चलाउने प्रयास गर्छ । त्यतिखेरै एक भूमाफिया समेत रहेको दुष्ट
नेताको नजर उसको जमीनमा पर्छ र त्यसलाई पाउनका लागि संघर्ष शुरू हुन्छ । 

फिल्म शुरू हुन्छ एनिमेटेड स्टोरी भन्ने डिभाइसबाट । ठ्याक्कै बाहुबलीमा जस्तै । त्यसमा जमीनको महत्त्वका साथसाथै शक्तिका भोकाहरूले कसरी गरीबको दमन गर्छन् भन्ने बताउँछ । त्यसपछि फिल्मको कथा तुरुन्तै वर्तमान
समयमा आइपुग्छ । दुष्ट र भ्रष्ट नेताले धारावीलाई ध्वस्त पारेर त्यसलाई डिजिटल धारावी र मुम्बईको मुख्य स्थानमा परिणत गर्न चाहन्छन् । 

सुपरस्टार रजनीकान्तको काला नामबाट मीठो परिचय दिइन्छ । पात्रको पूरा नाम कारीकालान हो । 

इन्टरभलअघिको भाग मसला स्टन्ट सिक्वेन्सले भरिएको छ । मुम्बईका फ्लाइओभरहरूमा फाइट सिक्वेन्स मज्जाले देखाइएको छ । दुष्ट हरि दादा (नाना पाटेकर) ले कालासँग संघर्षका क्रममा उनको प्रेमलाई हरण गरेपछि रजनीकान्तले
आफ्नो टिपिकल धमाल स्टाइल देखाउन थाल्छन् । 

फिल्ममा नाना पाटेकर र रजनीकान्तको संघर्ष हेर्न लायक छ । दुवैको संघर्षले पैसावसूल मनोरञ्जन दिन्छ ।

फिल्मको क्लाइमेक्स गजबको छ । 

रजनीकान्तका टेक्निकल क्रू सिनेमाटोग्राफर मुरली, संगीत निर्देशक सन्तोष नारायण, एडिटर श्रीकर प्रसाद र आर्ट डाइरेक्टर रामालिंगमले राम्रो काम गरेका छन् । 

रजनीकान्तको फ्यान वा एक्स फिल्म हेर्ने रुचि छ भने काला तपाईंका लागि राम्रो खुराक हो ।

नवभारत टाइम्समा प्रकाशित सुब्रमण्यम सूर्यनारायणनको समीक्षाको भावानुवाद
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

बैशाख ६, २०८१

यतिबेला भारतमा बलिउडका स्टार अभिनेताहरूमाथि सुरक्षा खतरा बढेको छ । सलमान खानपछि शाहरख खानमाथि पनि सुरक्षा खतरा बढेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।  केही दिनअघि मुम्बईस्थित सलमानको घरबाहिर फ...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x