गरिमा विकास बैंकको दम्पती बचत खाता सञ्चालनमा

जेठ २४, २०७५

काठमाडौं, २४ जेठ -‘सर्वोच्च सम्पत्ति, सुखी दम्पती’ भन्ने नाराका साथ गरिमा विकास बैंक लिमिटेडले गरिमा दम्पती वचत खाता’ सञ्चालनमा ल्याएको छ ।

प्रदेश नं. १ अन्र्तगत झापा, मोरङ र सुनसरी जिल्लाका विभिन्न स्थानमा स्थापित ८ वटा शाखा कार्यालयको औपचारिक समुदघाटनको पूर्वसन्ध्यामा झापाको मेची पुलबाट यस बैंकका अध्यक्ष चन्द्रकान्त बरालले बुधबार उक्त खाताको शुभारम्भ गरे ।


उक्त खाता खोल्ने ग्राहकहरूले वार्षिक ९ प्रतिशत ब्याज प्राप्त गर्नुका साथै एटीएम कार्ड, मोबाइल बैंकिङ सुविधा, सि–आश्वा सुविधा र एबीबीएस सुविधा समेत निःशुल्क प्राप्त गर्ने गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले जानकारी दिए ।

जेठ २४, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस