मूल्यवृद्धिको विरोध गर्दै नेकपाका विद्यार्थी भातृसंगठन

जेठ ३१, २०७५

काठमाडौँ, जेठ ३१ - तत्कालीन एमालेको विद्यार्थी भातृ संगठन अनेरास्ववियू र माओवादी केन्द्रको अनेरास्ववियू क्रान्तिकारीको संयुक्त बैठकले सरकारले पेट्रोलियम पदार्थमा गरेको मुल्यवृद्धिको विरोध गरेको छ ।
बागबजारस्थित अनेरास्ववियु क्रान्तिकारीको कार्यालयमा बसेको संयुक्त बैठकले विद्यार्थीलाई सहुलियतपूर्ण रुपमा खाना पकाउने ग्यास सिलिण्डरको वितरण गर्नुपर्ने, विद्यार्थीलाई प्रमाणपत्र धितो राखेर ऋण दिनको लागि बजेटको व्यवस्था गर्नुपर्ने, विद्यालय तहको शिक्षालाई नि:शुल्क बनाउनको लागि थप बजेटको व्यवस्था गर्नुपर्ने, मुलुकलाई अनावश्यक आर्थिक भार पर्ने गरी पूर्वविशिष्टहरुको लागि सेवा सुविधा बढाउने प्रक्रिया तुरुन्त रोक्नुपर्ने लगायतका मागहरु राखेको छ ।

 
उल्लेखित माग पूरा गराउनका लागि आन्दोलनका कार्यक्रम चलिरहेको र माग पूरा नभएमा आन्दोलनलाई थप कडा बनाउने चेतावनी दिइएको छ  ।


बैठकपछि अनेरास्ववियूकी अध्यक्ष नविना लामा र अनेरास्ववियू क्रान्तिकारीका अध्यक्ष रञ्‍जित तामाङले एक विज्ञप्ती जारी गर्दै माग पूरा गर्न सरकारलाई दवाव दिएका हुन् ।

जेठ ३१, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार