असार २, २०७५
काठमाडौं, २ असार– विफा विश्वकपको समूह बी अन्तरगत अहिले स्पेन र पोर्चुगल बीचको खेलमा जारी छ । १–१ गोलमा चलिरहेको खेलमा स्पेनको लागि डिएगो कोष्टाले २४ औं मिनेटमा गोल गरे ।&nbs...
रुसमा अहिले २१ औं संस्करणको विश्वकप फुटबल जारी छ । विश्वभर नै विश्वकपको चर्चा भइरहेको छ । करोडौं दर्शकले विश्वकप फुटबललाई हेरिरहेका छन् ।
खेलाडीका फ्यानहरुले आफूलाई मन पर्ने खेलाडीको जस्तै हेयर स्टाइल, ट्याटु बनाउन थालेका छन् ।
विश्वका करोडौं दर्शकले पछ्याउने यस्ता खेलाडीको जीवन शैली कस्तो होला भन्ने चासो राख्नु स्वभाविक हो ।
क्रिस्टियानो रोनाल्डो, मेसीजस्ता खेलाडीको लाइफस्टाइल सामान्य छैन । उनीहरुको हैसियत निजी विमानमा यात्रा गर्ने खालको छ ।
क्रिस्टियानो रोनाल्डो
फुटबलरमध्ये सबैभन्दा महँगो जेट विमान पोर्चुगी तथा रियल म्याड्रिडका स्टार क्रिस्टियानो रोनाल्डोसँग छ । गल्फस्ट्रिम जी ६५० सिरिजको जेट किन्न रोनाल्डोले ६५ मिलियन डलर खर्च गरेका छन् ।
दुई इन्जिन जडित जी ६५०ले दिनमा २९ सय ५० किलोमिटर माइल्स दूरी तय गर्न सक्छ । यो विमानको प्रतिघण्टा ६१० माइल्स स्पिड क्षमता छ । १८ व्यक्ति सहजै अटाउन सक्ने जेट विमानलाई रोनाल्डोले सिआर सेभेन नाम दिएका छन् । उनी महंगा खालका कारका पनि शोखिन हुन् ।
लियोनल मेसी
विश्वका सवैभन्दा चर्चित फूटबलर लियोनल मेस्सी अर्जेन्टिनाका खेलाडी हुन् । मेसीसँग दोस्रो सर्वाधिक मूल्यको जेट विमान छ । इब्राएर लेगासी ६५० सिरिजको यो विमान किन्न उनले २५.९ मिलियन डलरमा किनेका हुन् ।
प्रतिघण्टा ५ सय २८ माइल्स स्पिडमा उड्ने लेगासी ६५०ले दिनमा ११ सय ३४ किलोमिटर उडान भर्न सक्छ । १४ यात्रु बस्न सक्ने यो विमानले १० वर्षमा १० हजारपटक उडान भर्न सक्ने कम्पनीको दाबी छ । मेसी परिवार जहाँ जाँदा पनि यही विमान प्रयोग गर्छन् ।
जाल्टन इब्राहिमोभिच (स्विडेन)
स्ट्राइकर जाल्टन इब्राहिमोभिचले सेस्ना सिटासन लङगिच्युड विमान प्रयोग गर्छन् । सिटासनको नयाँ सिरिज २०१६ मा लन्च भएको थियो । सन् २०१७ को लङच्युड सिरिज आउँदा इब्राहिमोभिचले २७ मिलियन डलरमा यो विमान खरिद गरेका हुन् ।
पाउल पोग्वा (फ्रान्स)
फ्रान्सका सुपरस्टार पाउल पोग्वा पनि आफ्नै निजी विमानमा यात्रा गर्छन् ।
म्यानचेस्टर युनाइटेडमा कीर्तिमानी रकममा अनुबन्ध भएका पोग्वासँग गल्फस्ट्रिम जी २८० नामको निजी जेट छ । उनले यो जेटका लागि २४.५ मिलियन डलर खर्चेका छन् । प्रतिघण्टा ५ सय ५९ माइल्स स्पिडमा उड्ने गल्फस्ट्रिम जी २८० ले दिनमा ३६ सय माइल्स दूरी तय गर्न सक्छ । लक्जरी क्याबिनको सुविधा भएको जेटमा १० यात्रु सहजै अटाउन सक्छन् । पोग्वाले जेटभित्र बेड पनि राखेका छन् । यात्रा गर्दा त्यही बेडमा बस्छन् ।
गेराथ वेल (वेल्स)
सन् २०१३ मा जब वेल स्पेनिस महारथी रियल म्याड्रिडसँग आबद्ध भए, तब उनको कमाइ र चर्चा दुबै बढ्न गयो । जसका कारणा वेलको लाइफस्टाइल बदलियो । उनले सेस्ना सिटासन एक्सएल प्लस जेट विमान किनेका छन् । वेलले यसका लागि ८६ लाख पाउन्ड खर्चेका छन् । यो काकाकै जेट विमानजस्तो हो । तर, वेलको केही फरक छ । यो प्रतिघण्टा ५ सय ७ माइल्स स्पिडमा उड्न सक्छ भने दिनमा २१ सय माइल्स उड्ने क्षमता राख्छ । वेल रियल म्याड्रिडबाट वेल्स जाँदा यही जेट प्रयोग गर्छन् ।
नेमार जुनियर (ब्राजिल)
ब्राजिलयन नेमार जुनियर विश्वकै महँगा फुटलबर हुन् । गत सिजनमा नेमार बार्सिलोनाबाट पिएसजीमा १९ करोड ९० लाख पाउन्डमा अनुबन्ध भएका थिए । चुलबुले युवा फुटबलर नेमारसँग पनि सानदार निजी जेट छ । प्रेमिका ब्रुना माक्विजिनलाई साउ पोब्लोमा भेट्न जाँदा उनी बार्सिलोनाबाट इब्राएर लेगासी ४५० नामको जेटमा गएको खबर निकै चर्चामा रह्यो । १ करोड ८ लाख पाउन्ड मूल्यको उनको जेटको स्पिड प्रतिघण्टा ५ सय ३१ किलोमिटर छ । प्रतिदिन यो विमानले २९ सय माइल्स यात्रा गर्न सक्छ । नाइट भिजन क्यामरा र फ्लाइट भिजन सिस्टम जहाजको खास विशेषता हो । नेमारको जहाजमा नौजना यात्रु सहजै बस्न सक्छन् ।
वाइन रुनी (इंग्ल्यान्ड)
इंग्लिस फुटबलर वाइन रुनी गत वर्ष मात्रै म्यानचेस्टर युनाइटेडबाट एभर्टनमा आबद्ध भए । इंग्लिस प्रिमियरका बेलायती फुटबलरमध्ये रुनीसँग महँगो जेट विमान छ । फाल्कोन ९०० एक्सएल नामको विमान किन्न उनले १ करोड ४० लाख पाउन्ड खर्चेका छन् । यो ६६ फिट लामो र २४ फिट अग्लो छ । युनाइटेडबाट एभर्टन जाँदा रुनीले यही विमान प्रयोग गरेका थिए । गत वर्ष दुबईमा बिदा मनाउन जाँदा पनि उनले फाल्कोन ९०० नै प्रयोग गरेका थिए ।
डेभिड बेकह्याम (इंग्ल्यान्ड)
डेभिड बेकह्यामले फुटबलबाट सन्न्यास धेरै अगाडि लिए पनि उनको लाइफस्टाइल वर्तमान स्टार फुटबलरको भन्दा कम छैन । अहिले पनि बेकह्याम बेलायताबाट अरू राष्ट्रको भ्रमण वा लामो दूरी यात्रा गर्दा निजी सेटमा सवार हुन्छन् । त्यसो त उनीसँग दुई विमान थिए, तर एउटा बेचिसकेका छन् । गएको दशकमा उनले बोम्ब्राडिएर सिरिजकै जेट प्रयोग गरे । हाल उनी बोम्ब्राडिएर च्यालेन्जर ३५० जेट प्रयोग गर्छन् । यसको मूल्य १ करोड ९० लाख पाउन्ड हो । विमानलाई थप आकर्षक बनाउन उनले थप १० लाख पाउन्ड खर्चेका छन् । बेकह्याम परिवार विदेश यात्रा गर्दा च्यालेन्जर ३५० नै प्रयोग हुुन्छ । यो विमान प्रतिघण्टा ५ सय २८ माइल्स र दिनमा ३२ सय माइल्स उड्न सक्छ ।
करिम बेन्जिमा
रियल मड्रिडका खेलाडी करिम बेन्जिमासँग पनि आफ्नै जेट विमान ५ । विजनेश एयरक्राफ्ट जेटमा १० जना अट्छन् । बेन्जिमाले यो विमान ११ मिलियन डलरमा किनेका हुन् ।
काठमाडौं, २ असार– विफा विश्वकपको समूह बी अन्तरगत अहिले स्पेन र पोर्चुगल बीचको खेलमा जारी छ । १–१ गोलमा चलिरहेको खेलमा स्पेनको लागि डिएगो कोष्टाले २४ औं मिनेटमा गोल गरे ।&nbs...
काठमाडौं, ४ असार - फिफा विश्वकप फूटबल प्रतियोगिता रुसमा जारी छ । समूहमा पहिलो चरणको खेल जारी रहँदा उपाधिको दाबेदार मानिएका अधिकांश टीमले जीत दर्ता गर्न सकेका छैनन् । उपाधिका शीर्ष ४ दाबेदार ब्राजिल, जर्...
विश्वकप शुरु हुनुभन्दा पहिला अर्जेन्टिनाका स्टार लियोनल मेस्सीले न्यूयोर्कको एक पत्रिकाका लागि फोटोशूट गरेका थिए । पेपर पत्रिकाका लागि गरिएको यो फोटोशूटमा मेस्सी एक बाख्रासँग देखिएका थिए । साथै उक्त म्य...
सूर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गत चौथो प्रतियोगिता सूर्य नेपाल वेस्टर्न ओपनको दोस्रो दिन साविक विजेता एमेच्योर खेलाडी सुवास तामाङ ४-अन्डर ६५ को सानदार कार्ड तयार पार्दै शीर्ष स्थानमा उक्लिएका छन्। ...
काठमाडौं, २५ जेठ – रुसको कानूनले समलैंगिकतालाई प्रवर्द्धन गर्न प्रतिबन्ध लगाएका कारण विश्वकप हेर्नलाई केही समलिंगीहरू त्यहाँ नजाने भएका छन् । अघिल्लो विश्वकपमा अमेरिकी प्रशंसकहरूका लागि यात्राको प्...
काठमाडौं, ७ असार – अर्जेन्टिनाका प्रशिक्षक जर्ज साम्पाओली कप्तान लियोनल मेस्सीको आलोचना गर्ने समर्थकमाथि खनिएका छन् । सानै उमेरमा स्पेन पुगी त्यहीँबाट क्लब फूटबल खेलिरहेका मेस्सीलाई कतिपय अर्जेन्टाइनले नै आलो...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...