×

NMB BANK
NIC ASIA

सुन समितिको म्याद एक महिना थपियो, ‘ठूला माछा’ फेला पर्लान् ?

असार ३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ३ असार– तस्करीको ३८ कि्वन्टल सुन र मोरङका सनम शाक्य हत्या प्रकरणको छानबिनका लागि गृह मन्त्रालयका सह–सचिव इश्वर पौडेलको नेतृत्वमा गठित समितिको म्याद पुनः एक महिनाका लागि थपिएको छ । 

Muktinath Bank

गत चैत २० गते बसेको मन्त्रिपरिषद बैठकले गठन गरेको समितिले सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा छानबिन गरी ६३ जनाविरुद्ध मुद्दा दर्ता गरिसकेको छ । गत माघ ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करी गरेर ल्याइएको सोढ ३३ किलो सुन हराइएको भन्ने चर्चाका बीच सुन तस्करीमा भरियाको काम गर्दै आएका सनम शाक्यकको हत्या भएपछि सुन प्रकरण बाहिरिएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सुन प्रकरणका मुख्य अभियुक्त चूडामणि उप्रेती (गोरे)देखि प्रहरीका बहालवाला वरिष्ठ अधिकारी मुद्दाको पुर्पक्षका लागि थुनामा छन् । 


Advertisment
Nabil box
Kumari

सनमका आफन्तको जाहेरीपछि सरकारले ४५ दिनको म्यादसहित समिति गठन गरेको थियो । त्यसपछि जेठ मसान्तसम्मका लागि एक महिना म्याथ थप गरिएको समितिको म्याद पुन असार मसान्तसम्मका लागि थप गरिएको हो । 

Vianet communication
Laxmi Bank

‘ठूला माछा’ फेला पर्लान् ?

सुन तस्करी प्रकरणको छानबिनका लागि गठित समितिले २०४५ सालदेखि नै नेपालमा सुन तस्करी हुने गरेको तथ्य फेला पारी जिल्ला अदालत मोरङमा ६३ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ । 

सुन तस्करी प्रकरणका मुख्य अभियुक्त बनाइएका गोरेसमेत पक्राउ पर्दा तस्करीमा संलग्न ठूला व्यक्ति (ठूला माछा)को भने अझै पनि खोजी जारी छ । थुनामा रहेका गोरले सुन तस्करीमा आफू भरिया मात्रै रहेको र तस्करीमा धेरै ठूला व्यक्तिको संलग्नता रहेको बयान अदालतमा दिएका थिए । 

गोरेको बयानसँगै समितिले सुन तस्करीमा संलग्न ठूला व्यक्तिको खोजी तीब्र रुपमा अगाडि बढाएको जनाएको छ । 

गत जेठ ८ गते (मंगलवार) गोरे पक्राउ परेयता समितिले सुन तस्करीका मुख्य लगानीकर्ता भनिएका एमके भनिने मोहन कुमार अग्रवालको घर, सुन तस्करी प्रकरणमा थुनामा रहेका सुन व्यापारी राजेन्द्रमान शाक्यको आरेक ज्वेलर्स र सुन तस्करीका फरार प्रतिवादी चेतन भण्डारी सञ्चालक रहेको बाजेको सेकुवामा छापा मारेको छ । 

समितिले एमके अग्रवालको घरबाट ३ वटा, ३० लाख रुपैयाँ नगद, १० तोला र २ किलो चाँदी बरामद गरेको थियो । अग्रवालको घरबाट सुन तस्करीमा प्रयोग हुने ज्याकेट, सुन राख्ने बट्टा र केही महत्वपूर्ण कागजात समेत बरामद गरिएको समितिले जनाएको छ । 

यस्तै आरके ज्वेलर्सबाट समितिले ठूलो परिमाणमा सुनका गहना नियन्त्रणमा लिएर पसल सिल गरेको थियो । 

बाजेको सेकुवामा भने सुन र गहना फेला नपरे पनि समितिले पसल सिल गरिको थियो ।   
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

असोज २६, २०८०

नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x